इटहरी, ८ पुस । एकम्बा साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११ औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार संस्थाकाे कार्यालयमा इटहरी उपमहानगरपालिका उप प्रमुख संगीता चौधरी को प्रमुख आतिथ्यमा भएको साधारण सभामा सहकारीमा वर्षभरी भएका आयव्यय, कार्ययोजना, संस्थाको प्रगति, खर्चसहितका वार्षिक प्रतिवेदन पारित गरिएको छ ।

सहकारीले गर्दा महिला हरुलाई आफ्नो आयआर्जनका बाटो खुल्नुका साथै महिलाहरूलाई आत्मनिर्भर बनाएकोले सहकारी लाइ अझ मजबुत बनाउदै लानुपर्ने प्रमुख आतिथि चौधरीले बताइन् ।
सहकारीको बलियो आधार बचत भएकाले संस्थाको कोषमा बचत रकम बढाउने, नीतिगत कार्ययोजना, कर्मचारी तालिम, सेयर सदस्यको वृद्धि, समयमा बचत, लगानी र असुली हुन सके संस्थाको लक्ष्य प्राप्तिमा कुनै बाधा नहुने संस्थाका लेखा समिति संयोजक निशा कुमारी चाैधरीले बताइ ।
सानोसानो बचतबाट ठुलो कोषको निर्माण गरी अत्यावश्यक र जटिल समयमा सहयोग प्रदान गर्न संस्था सधै अग्रसर रहेको संस्थाकी अध्यक्ष ठकनि कुमारी चाैधरी ले बताइन् ।

सहकारीका प्रबन्धक भविशेक कुमार चाैधरीले संस्थाको सोच, सपना र लक्ष्य अझै पुरा नभएको र पूरा गर्न नयाँ सोच र प्रक्रियाबाट संस्थाको सञ्चालनमा अगाडि बढ्नेमा जोड दिए ।
संस्थाको ११ औ साधारण सभामा असल ऋणीको रुपमा धनमाया विश्वकर्मा का साथै जेष्ठ नागरिक र एकल बचत कर्ता लाइ दोसल्ला ओडाएर सम्मानित गरिएको छ । संस्थामा पुरानै कार्यसमितिमा पुन अध्यक्षमा ठकनि कुमारी चाैधरी , उपाध्यक्ष बदलि कुमारी थरुनि सदस्यमा साबित्रा चाैधरी, जमुना चाैधरी , सुमित्रा कुमारी चाैधरी, मुना देबि थरुनि, बिना कुमारी चाैधरी, सिता देबि ठाकुर, श्याम कुमारी चाैधरी सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यक्रममा अतिथिहरु इटहरी वडा नम्बर १५ का अध्यक्ष जय नारायण चौधरी, साना किसान लघु वित्त संस्था लिमिटेड इटहरी प्रवन्धक दिपकराज पाण्डे, अडिटर मोहन कुमार रौनियार लगायत समाजसेवी बुद्धिजीवी, जेष्ठ नागरिकको उपस्थिति रहेको थियो ।



