इटहरी। कार्यसम्पादन मूल्याङ्कनमा देशभरीका ११ वटा उपमहानगरपालिकामध्ये इटहरी सबैभन्दा अन्तिम भएको छ । मुलुकका उपमहानगरपालिकाहरुमध्ये बुटवल उपमहानगरपालिका पहिलो नम्बरमा आउँदा इटहरी सबैभन्दा कमजोर देखिएको हो ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार देशभरीका ११ वटा उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा सुनसरीको इटहरी ११ औँ नम्बरमा अर्थात् अन्तिममा परेको छ । अघिल्लो वर्ष छैटौँ नम्बरमा रहेको इटहरीको कार्यसम्पादन यस पटक झनै खस्किएको देखिएको छ । कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार बुटवल उपमहानगरपालिकाले ६४ दशमलव ४४ अङ्क प्राप्त गरेर अ
इटहरी । पूर्वी तराई क्षेत्रमा जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने उपकरणको प्रयोग गर्न थालेको छ । जुट अनुसन्धान केन्द्र इटहरीले अघिल्लो वर्ष मोरङमा उपकरण प्रयोग गरेर यसको सुरुवात गरेकामा यसपटक सुनसरीको देवानगञ्जमा उपकरण प्रयोग गरेको जानकारी दिइयो ।जुट धुने मानिसको अभाव हुँदा उपकरण किसानलाई प्रोत्साहन गर्नकै लागि प्रदर्शनमा राखेर आवश्यक ज्ञान दिई बोक्रा छोडाउने प्रयोग गरिएको केन्द्रका प्रमुख सन्तोषराज त्रिपाठीले जानकारी दिए । अनुसन्धान केन्द्रका अनुसार पूर्वको तराईका जिल्लामा सात हजार हाराहारी हेक्टरमा जुटखेती लगाउँदा दस हजार हाराहारी मेट्रिक टन उत्पादन हुने गरेको छ । कृषि विकास म
इटहरी । इलामको पश्चिमी क्षेत्रलाई लक्षित गरी निर्माण गरिएको नयाँ भवनबाट आजदेखि इलाका प्रशासन कार्यालय मङ्गलबारेले प्रशासनिक काम सुुरु गरेको छ ।भवन सघन सहरी तथा भवन निर्माण आयोजना झापाको प्राविधिक सहयोगमा सम्बन्धित कार्यालयको दुुई करोड रुपियाँ लगानीमा भर्खरै निर्माण सम्पन्न गरिएको भवनबाट काम सुुरु गरिएको कार्यालयका शाखा अधिकृत कमलप्रसाद भट्टराईले बताउनुभयो । यसअघि भाडामा रहेको कार्यालय अबदेखि आफ्नै भवनमा सरेको र जिल्लाका पश्चिमी क्षेत्रमा रहेका पालिकाहरू देउमाई नगरपालिका, माङ्गसेबुङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका सेवाग्राही प्रत्यक्ष सेवा पाउने जनाइएको छ । कार्यालयबाट नागरिकता बनाउन
इटहरी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशकै पहिलो तथा देशकै चौथो उत्कृष्ट स्थानीय तह भएको छ । आर्थिक वर्ष २०८१(८२ का लागि गरिएको मूल्याङ्कनमा ७५३ स्थानीय तह मध्ये सोलुदुधकुण्ड नगरपालिकाले ७८।५० अङ्क प्राप्त गर्दै प्रदेश तथा जिल्लामै उत्कृष्ट स्थानमा परेको हो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ को दफा ७ बमोजिम १७ वटा सूचकका आधारमा मूल्याङ्कन गरेको जनाएको छ । सोही मूल्याङ्कनमा थुलुङ दुधकोशी गाउँपालिकाले ६३।७९ अङ्क सहित दोस्रो भएको छ ।त्यस्तै, माप्य दुधकोशी गाउँपालिका
इटहरी । अज्ञात समूहले धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारमा एक कृषकको टमाटर खेती नष्ट गरिदिएको घटना बाहिरिएको छ । घटना यही माघ २१ गते रातिको हो । स्थानीय कृषक महेश कार्कीले ४ रोपनी जग्गामा लगाएको करिब ७ सय टमाटर बोट उखालेर नष्ट पारिएको हो । रातको समयमा अज्ञात व्यक्तिहरूले बोट उखेलेर क्षति पुर्याएको कार्कीको भनाइ छ । उत्पादन दिन थालेको अवस्थामा बाली नष्ट गरिएकाले ठुलो आर्थिक क्षति पुगेको कार्कीले गुनासो गर्नुभयो । उहाँले स्थानीय गणेश भण्डारीको बारी भाडामा लिएर व्यवसायिक रूपमा टमाटर खेती गर्दै आउनुभएको थियो । गोरखापत्र अनलाइनसँग कुरा गर्दै कार्कीले घटना भएको एक हप्ता बितिसक्दा पनि
इटहरी । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा १८ लाख बढी भेटी सङ्कलन भएको छ । माघ महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार माघ महिनामा भक्तजनहरूले १८ लाख ४७ हजार ५०० रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि पोकामा लाहा छाप लगाइ फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक साता सम्मको सङ्लकन गरी फुङलिङ रहेको
इटहरी । जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा अवरोध गरिरहेको महभिर फोड्ने काम सुरु भएको छ । महभिरमा ठूलो चट्टान भएकाले हालसम्म सडक जोड्न सकिएको छैन । सो चट्टान फोडेर सडक जोड्नका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भएर ठेक्का लागेपछि काम सुरु भएको हो । मन्त्रालयको निवर्तमान मन्त्री भुपेन्द्र राईका अनुसार मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२–८३ मा २ करोड बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा ठेक्का प्रक्रियाबाट श्री कमला कष्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले १ करोड ७ लाख ७७ हजार ८४७ रुपियाँमा निर्माण सम्झौता गरेको पूर्वाधार कार्यालय खोटाङ
इटहरी। खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक वंशिलाघाटबाट तराईसँग सिधा यातायातमा जोडिएको छ । वंशिलाघाटस्थित सुनकोसीमा निर्माण भएको अस्थायी बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्रलाई तराईसँग जोडेको हो।खोटाङको बराहपोखरी गाउँपालिका–५, पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने वंशिलाघाटस्थित सुनकोसीमा शनिबारदेखि बेलिब्रिज सञ्चालनमा आएको छ । वंशिलाघाटमा पहिलो पटक बेलिब्रिज जडान हुँदा जिल्लाको दक्षिणी क्षेत्र पनि पहिलो पटक तराईसँग सिधा यातायातमा जोडिएको हो । अस्थायी रूपमा जडान गरिएको बेलिब्रिजले केही महिनाका लागि खोटाङका दक्षिणी क्षेत्रका नागरिकलाई खुसी दिएको छ । जिल्लाको जन्तेढुङ्गा, बराहपोखरी र खो
इटहरी । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले गति लिएको छ । ठेकेदारको लापरवाहीले लामो समयसम्म अलपत्र परेको पुल निर्माणले गति लिएसँगै दक्षिणी क्षेत्रका नागरिकमा आशा जगाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहापोखरी गाउँपालिका–२ सुन्तले र छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोशी नदीमा २०० मिटर लामो पुल निर्माणका लागि २०७३ साल असार ३० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । नौ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पुल अलपत्र हुँदा दक्षिणी क्षेत्रका नागरिक निरास भएका थिए । विसं २०७४ भदौ ३१ गते तत्काली
इटहरी । विराटनगरका लागि आइक्योर सवारी साधनको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा. लि. ले बहुप्रतिक्षित लाइफस्टाइल इलेक्ट्रिक एसयूभी आइक्योर भी २३ आधिकारिक रूपमा विराटनगर बजारमा सार्वजनिक गरेको छ । विराटनगरस्थित ओमोडा एण्ड जेइको शोरुममा एक विशेष समारोहका कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अनावरण गर्र्नुभएको थियो । बोर्न टु प्ले भन्ने ट्यागलाइन अन्तर्गत डिजाइन गरिएको एसयूभी आइक्योर भी २३ एक रेट्रो–प्रेरित, पूर्ण–विद्युतीय अफ– रोड एसयूभी हो, जसले क्लासिक रग्ड लुक्स र आधुनिक प्रविधिको उत्कृष्ट मिश्रण प्रदान गर्दछ । ४९ लाख ९९ हजार रुपैयाँको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.