आर्थिक

    Showing २६१-२७० of १,२४६ items.
  • मेचीनगर–१० धुलाबारीमा १३ करोड लागतमा निर्माण भएको ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ केन्द्र, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा परिवारद्वारा मातापिताको स्मृतिमा जग्गादान

    इटहरी ।  मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गको धुलाबारी मोडबाट डेढ किलोमिटर उत्तर लीलाबस्तीमा रु १३ करोडको लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धामको निर्माण गरेको हो ।नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र उहाँका दाजु राज्यप्रकाश शर्माले स्वर्गीय मातापिता पर्शुराम शर्मा र सावित्रादेवीको स्मृतिमा निःशुल्क प्रदान गर्नुभएको पाँच कट्ठा जग्गामा धामको आकर्षक संरचना निर्माण भएका छन् । धामकी सञ्चालिका एवं बह्माकुमारी राजयोग सेवा केन्द्र धुलाबारीकी प्रमुख अनुसा दिदीका अनुसार तपस्याधाममा ध्यान कक्ष, तपस्यास्थल, प

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • २२७ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा सडक पहुँच विस्तारसँगै व्यावसायिक लसुनखेतीतर्फ किसानको आकर्षण बढ्दो, मनग्य आम्दानीले आत्मनिर्भरतातर्फ उन्मुख ग्रामीण अर्थतन्त्र

    इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान यतिबेला व्यावसायिक लसुनखेतीतर्फ आकर्षित हुँदै गएका छन् । विगतमा घरायसी प्रयोजनका लागि मात्र सीमित रहेको लसुनखेती अहिले आम्दानीको स्रोतका रूपमा विकास हुँदै गएको हो । ग्रामीण सडक सञ्जाल विस्तार भएसँगै उत्पादन गरिएको लसुन सहज रूपमा बजारसम्म पुग्न थालेपछि किसानले व्यावसायिक खेतीलाई प्राथमिकता दिन थालेका हुन् । मझौलेकी किसान विजया लुइँटेलले हाल करिब दुई रोपनी क्षेत्रफलमा लसुनखेती गरिरहनुभएको छ । सडक पहुँच सहज भएसँगै व्यापारी गाउँमै पुगेर लसुन सङ्कलन गर्न थालेपछि बजारको चिन्ता हटेको उहाँको भनाइ छ ।  उहाँका अनुसार गत वर्ष लसुन प्र

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • १५० पटक पढिएको
  • पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने

    इटहरी ।  भोजपुरको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा  सञ्चालन हुने भएको छ । जिल्ला करदाता सेवा कार्यालय हटेपछि नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धरानसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो । सरकारको २०८२ कात्तिक १७ को निर्णयअनुसार साविक करदाता सेवा कार्यालय भोजपुरबाट प्रदान हुँदै आएका केही सेवा अब स्थानीय तहबाटै उपलब्ध गराइने सहमति भएको छ । यस व्यवस्थासँगै सामान्य करसम्बन्धी कामका लागि सेवाग्राहीले टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । मझदारीअनुसार गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने प्रा

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • १७९ पटक पढिएको
  • धनकुटामा कार्यालय गाभिएपछि ११ सरकारी भवनको निर्माण अलपत्र

    इटहरी। धनकुटामा शहरी विकास तथा भवन निर्माण कार्यालय पूर्वाधार विकास कार्यालयमा गाभिएपछि निर्माणाधीन ११ वटा सरकारी भवनको काम अलपत्र परेको छ । ठेक्का लागेर निर्माण सुरु भएका ती भवनको काम पूरा नहुँदै कार्यान्वयन गर्ने कार्यालयको संरचना परिवर्तन भएपछि निर्माणकार्य अन्योलमा परेको हो ।निर्माणको ठेक्का लगाउने कोसी प्रदेशअन्तर्गतको शहरी विकास तथा भवन निर्माण कार्यालय गत साउनदेखि पूर्वाधार विकास कार्यालयमा गाभिएको थियो । कार्यालय गाभिए पनि अघिल्लो कार्यालयले सुरु गरेका योजनाको स्वामित्व लिएर अधुरा काम अघि बढाउन चालु आर्थिक वर्षमा बजेट तथा कार्यक्रम समावेश गरिएको छैन । पूर्वाधार विकास कार्यालय धनकुटाका

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • २६५ पटक पढिएको
  • भोजपुर वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरु

    इटहरी ।  भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । वडाले स्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि स्थानीय किसान सङ्गठित रूपमै यसतर्फ आकर्षित भएका हुन् । बाक्पा, भामला, माथिल्लो छापगाउँको दिङ्ला र चोक्ताङ क्षेत्रमा करिब एक हजार उन्नत जातका स्याउका बिरुवा विस्तार गरिएको छ । सोलुखुम्बुबाट ल्याइएका कलमी बिरुवा किसानलाई वितरण गरिएको हो ।  गत वर्ष साम्के र तामालुङ गाउँमा मात्रै १०० रोपनीभन्दा बढी क्षेत्रफलमा करिब एक हजार ८०० बिरुवा रोपिएको थियो। स्थानीयवासी पाण्डव राईका अनुसार साम्के र तामालुङका ३६ जना किसानले १०० रोपनी क्षेत्रफलमा

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • २२३ पटक पढिएको
  • कन्याममा बनेको चिया परीक्षण तथा अनुसन्धान केन्द्र सञ्चालनको तयारी सुरु

    इटहरी ।  इलामको सूर्योदय नगरपालिका–७, कन्याममा निर्माण भएको चिया परीक्षण प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनको पहल सुरु गरिएको छ । कोशी प्रदेश सरकारको ७५ प्रतिशत र सूर्योदय नगरपालिकाको २५ प्रतिशत गरी १८ करोड रुपियाँभन्दा बढी लागतमा नेपालमै पहिलो पटक निर्माण भएको चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले पहल थालेको हो । केन्द्रको भवन निर्माण भएर पनि उपकरण र प्राविधिक जनशक्त्किा कारण केन्द्र सञ्चालनमा आउन सकेको थिएन । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेप, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, हात्तीसार क्याम्पस धरानका

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • २२२ पटक पढिएको
  • आज “Big Master Syrah & Chenin Blanc” को औपचारिक शुभारम्भ हुँदै

    इटहरी । आज फागुन १० गते विशेष कार्यक्रमका बीच “Big Master Syrah & Chenin Blanc” वाइनको औपचारिक शुभारम्भ गरिँदैछ। कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रका उत्कृष्ट थोक विक्रेताहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।कार्यक्रममा विराटनगर तथा लहान, इटहरी लगायत स्थानका उत्कृष्ट थोक विक्रेताहरूलाई प्रथम, द्वितीय र तृतीय स्थान अनुसार सम्मान गरिनेछ।ब्रान्ड, बजार अवस्था तथा भावी रणनीतिबारे राष्ट्रिय बिक्री तथा वितरण प्रबन्धक हरि बास्तोलाले प्रस्तुति दिने कार्यक्रम रहेको छ।नयाँ उत्पादनको शुभारम्भ विशेष रूपमा चार मोडेलको आकर्षक प्रवेश तथा Jazz Music सहित गरिनेछ। संयुक्त रूपमा बोतल अनावरण,

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • २७१ पटक पढिएको
  • मेची भन्सारबाट आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

    इटहरी । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२र८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा आठ अर्ब ६१ करोड २० लाख सात हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । चालु आवको दश महिनाको अवधिमा चार हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१र८२ को सोही अवधिमा पाँच अर्ब ३८ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको उनले बताए ।  कार्यालयको तथ्याङ्क अनुसार चालु आवको दश महिनामा चियाको निर्यात २६ दशमलव ७० प्रतिशतले

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • २१२ पटक पढिएको
  • फाल्गुनन्द मार्ग तीन दशकदेखि अधुरै, निर्वाचनमा फेरि मुद्दा

    इटहरी ।  हरेक निर्वाचनमा चुनावी नारा बन्ने गरेको झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसापानी पञ्चमी जोड्ने ३३ किलोमिटर लामो फाल्गुनन्द मार्ग निर्माण सुरु भएको साढे तीन दशक बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक निर्माण अलपत्र पर्दा यस विषयमा राजनीतिक दल र उम्मेदवारहरूलाई मतदातालाई जवाफ दिन सकस हुने गरेको छ । पर्याप्त बजेट विनियोजन हुँदाहुँदै पनि सडक निर्माण सम्पन्न हुन नसकेको जनाइएको छ । झापा, इलाम र पाँचथरका उम्मेदवारहरूले प्रत्येक निर्वाचनमा यो सडकलाई प्राथमिकतामा राख्दै आएका छन् । दमकदेखि माङसेबुङ गाउँपालिका हुँदै चिसापानी पञ्चमी जोड्

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • १८८ पटक पढिएको
  • मेची भन्सारद्वारा नौ अर्ब बयानब्बे करोड राजस्व सङ्कलन

    इटहरी। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ ।उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा  १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो ।यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ । यो उक्त माघका लागि निर्धारित  लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो ।चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ । 

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • २४० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]