इटहरी । आज फागुन १० गते विशेष कार्यक्रमका बीच “Big Master Syrah & Chenin Blanc” वाइनको औपचारिक शुभारम्भ गरिँदैछ। कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रका उत्कृष्ट थोक विक्रेताहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा विराटनगर तथा लहान, इटहरी लगायत स्थानका उत्कृष्ट थोक विक्रेताहरूलाई प्रथम, द्वितीय र तृतीय स्थान अनुसार सम्मान गरिनेछ।
ब्रान्ड, बजार अवस्था तथा भावी रणनीतिबारे राष्ट्रिय बिक्री तथा वितरण प्रबन्धक हरि बास्तोलाले प्रस्तुति दिने कार्यक्रम रहेको छ।
नयाँ उत्पादनको शुभारम्भ विशेष रूपमा चार मोडेलको आकर्षक प्रवेश तथा Jazz Music सहित गरिनेछ। संयुक्त रूपमा बोतल अनावरण, ३०–४५ एमएल वाइन टेस्टिङ तथा अतिथिहरूबाट प्रतिक्रिया संकलन गरिने आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि श्री नवीन तामाङ रहनुहुनेछ भने सभाध्यक्षको रूपमा गणेश प्रसाद चापागाईंले अध्यक्षता गर्ने कार्यक्रम तय गरिएको छ। यसैगरी लक्की ड्र कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ।


