इटहरी । मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा रु एक करोड ४२ लाख ८१ हजार सङ्कलन भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न पाउ पाथिभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन भएको छ । समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१र८२ मा दान पेटिकाबाट रु ७४ लाख ७४ हजार, सहयोग रसिदबाट रु ४४ लाख ४१ हजार, जिन्सी सामान बिक्रीबाट रु १२ लाख ३८ हजार र आजीवन सदस्यताबाट रु ८८ हजार आम्दानी भएको बताउनुभयो । बैंकमा रहेको बचतको ब्याजबापत रु पाँच लाख ६० हजार, अनलाइनमार्फत आय रु दुई लाख ५४ हजार र विविध आम
सुनसरी । नेपाल व्यापार कर्मचारी सङ्घ (युनिकम नेपाल) सुनसरीले व्यापार तथा वाणिज्य क्षेत्रमा कार्यरत कामदारहरूको अधिकार संरक्षण र सामाजिक सुरक्षा सुनिश्चितताका लागि सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।सुनसरी जिल्ला अध्यक्ष कल्याण विक्रम दङ्गालको अध्यक्षता तथा युनिकम नेपाल केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा कोष विराटनगर कार्यालय प्रमुख दीपकराज भट्टले सहजीकरण गर्नुभएको थियो।"सामाजिक सुरक्षा कोषमा कामदारको अनिवार्य आवद्धता हाम्रो अधिकार मात्र नभई सुरक्षित भविष्यतर्फको कदम हो," सहजीकरण गर्दै प्रमुख भट्टले भन्नु
इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता हुने भएको छ । गाउँपालिका–१ कालिखोलामा अवस्थित तिम्बुङ पोखरीमा ट्रेल रन प्रतियोगिता हुने भएको हो । चार हजार ३५० मिटरको उचाइमा प्रतियोगिता आगामी भदौ २६ गते हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । तिम्बुङ पोखरी संरक्षण तथा अव्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको दूरी १५ किलोमिटर कायम गरिएको छ । ट्रेल प्रतियोगिताका लागि तिम्बुङ पोखरीदेखि पङ्दुवा पुगी फर्केर ठुलो भञ्ज्याङसम्मको रुट निर्धारण गरिएको छ । कार्यक्रमको समापन समारोह भञ्ज्याङमा हुने छ । प्रतियोगिताको खुल्ला तर्फका विजेताले न
इटहरी । राष्ट्रिय अविस्कार केन्द्रका संस्थापक वैज्ञानिक डा। महाबीर पुन अहिले इलामका विभिन्न क्षेत्रमा किताव बेच्ने दौरानमा हुनुहुन्छ । मेची महाकाली अभियानअन्तर्गत ४३औं जिल्लाका रुपमा इलाममा किताब बेच्न आइपुग्नु भएका डा। पुनले इलामका पाँचवटा पालिकामा किताब बेची सक्नु भएको हो ।वीरगन्जको कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नै आत्मकथा समेटिएको किताब र केहि सयगोगी लिएर डा। पुन इलामको माई नगरपालिकाबाट किताब बेच्दै इलाम प्रवेश गर्नुभएको एक साता भयो । उहाँले माई नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिकामा किताब बेचेर इलाम नगरपालिकामा शुक्रबार साझदेखि किताब बेच्दै हुनुहुन्छ ।
इटहरी । भारतको वाणिज्य विभागले नेपालबाट प्लाइउड बोकेर गएका नौ वटा ट्रक जफत गरेपछि पूर्वका दुई नाकाबाट यसको निकासीमा अवरोध भएको छ । विभागले भारतको डाइरोक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स ९डिआरआई० को मद्दतमा मेची र विराटनगर भन्सार कार्यालयबाट निकासी भएका प्लाइउड बोकेका नौ वटा ट्रक जफत गरेसँगै नेपाली उद्योगीले निर्यात बन्द गरेका हुन् । मेची भन्सार कार्यालयबाट निकासी भएका आठ वटा ट्रक भारतीय भन्सार कार्यालय पानीट्याङ्कीमा साउन दोस्रो हप्तादेखि रोकेर गत हप्ता जफत गरिएको थियो । यसै गरी विराटनगर भन्सार कार्यालयबाट गत शनिबार निकासी भएको एउटा ट्रक जोगबनी भन्सारमा रोकेर मङ्गलबार जफत गरिएको हो । मेची भन्सार
इटहरी । इलामको सूर्योदय नगरपालिका–३ का गोपाल आचार्यले व्यावसायिक गाईपालनबाट मासिक तीन लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । आचार्यले गाईपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक तीन लाखभन्दा बढी आम्दानी गरेको बताउनुभयो । आफ्नो र अन्य जमिन भाडामा लिएर उहाँले सञ्चालन गरिरहनुभएको ‘पञ्चामृत गाई फार्म’ बाट दैनिक १६० देखि दुई सय लिटरसम्म दुध उत्पादन हुन्छ । दुध डेरीमा पु¥याउँदा प्रतिलिटर ६० रुपियाँका दरले बिक्री हुने उहाँले जानकारी दिनुभयो । अन्य खेतीबालीबाट सधैँ दुःख मात्र भएपछि आचार्यले २०७० सालमा राष्ट्रिय वाणिज्य बैङ्कबाट १० लाख रुपियाँ ऋण लिएर दर्ता गरी गाई फार्म सुरु गर्नुभएको थियो । अहिलेसम्म आच
इटहरी । चालु आर्थिक वर्ष २०८२र ८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट रु तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । यो गत आव २०८१र८२ को सोही अवधिको तुलनामा रु १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा रु तीन अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको साउनमा रु एक अर्ब ५४ करोड २८ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ८० करोड ८२ लाखको
इटहरी । पाथीभरा क्षेत्र विकास समितिको बेरुजु झण्डै साढे ३६ लाख रुपियाँ देखिएको छ । पछिल्लो एक दशकको अवधिमा समितिको फर्स्योट हुन बाँकी रहेको बेरुजु ३६ लाख ३९ हजार २९८ रुपियाँ देखिएको हो । समितिले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा आर्थिक वर्ष २०७१(०७२ देखि आर्थिक वर्ष २०८०(०८१ सम्ममा उक्त रकम बराबरको बेरुजु फर्स्योट हुन बाँकी रहेको उल्लेख गरिएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार महालेखा परीक्षकले औँल्याएको बेरुजुमध्ये केही रकम फर्स्योट भएका छन् । हाङबाङ कार्यकारी निर्देशकको जिम्मेवारी नियुक्त हुनु भएपछि ४६ हजार रुपियाँको बेरुजु रकम फर्स्योट भएको समितिले जनाएक
इटहरी । नेपालका सोयाबिन तथा सनफ्लावर तेल उद्योगमा भारतको वाणिज्य विभागले अनुगमन गरेको छ । नेपालबाट सोयाबिन तथा सनफ्लावर तेल निकासी गर्दै आएका उद्योगले भारतीय ब्रान्डकै नाममा प्याकेजिङ गरेको आशङ्कामा विभागको टोलीले बुधबार निरीक्षण गरेको हो । सुनसरी–मोरङ कोरिडोरका पशुपती खाद्य आयल, क्वालिटी आयल, मारुती र बाबा ओयल इन्डस्ट्रिजको निरीक्षणपछि टोली फर्केको छ । भारतीय टोली नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वयमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत वस्तु उत्पत्तिको प्रमाणपत्र प्रमाणीकरण प्रयोजनका लागि आएको हो । यसअघि नेपालबाट भारत निकासी हुने प्लाइउडमा वि
इटहरी । ताप्लेजुङमा नयाँ अलैँचीको मूल्यले किसान उत्साहित भएका छन् । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेको र नयाँ अलैँचीले आकर्षक मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । भदौयता बजारमा आउन थालेको नयाँ अलैँची प्रतिमन (४) किलोग्राम ८८ हजार रुपियाँमा कारोबार हुन थालेको छ । गत वर्षभन्दा यसवर्ष सुरुमै प्रतिमन छ हजार रुपियाँ बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेपछि स्थानीय किसान तथा व्यवसायी उत्साहित भएका हुन् । अलैँचीको नयाँ उत्पादनले सुरुमै मनको ८८ हजार रुपियाँमा कारोबार हुनु आकर्षक मूल्य भएको अलैँची व्यवसायी सङ्घले जनाएको छ । गत वर्ष नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन ८२ हजार रुपियाँमा क
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.