इटहरी / काठमाडौँ र पोखरा र कोशी प्रदेशको बिर्तामोड पछी प्रमुख सहर इटहरीमा पनि ‘गाँजा स्टोर’ को शाखा सञ्चालनमा आएको छ। इटहरीको संगीत चोकमा स्थापना गरिएको नयाँ शाखाबाट गाँजाबाट उत्पादन गरिएका विभिन्न सामग्रीहरू बिक्री वितरण सुरु गरिएको सञ्चालक उमेश थाापाले जानकारी दिएका छन्।‘गाँजा स्टोर’ मा गाँजाको रेशाबाट निर्मित कपडा, झोला, लुगा, जुत्ता, चप्पल, बेल्ट लगायतका सामग्रीहरू सजिलै उपलब्ध छन्। साथै, सौन्दर्य सामग्री, तेल, साबुन लगायतका गाँजाबाट तयार पारिएका उत्पादनहरू पनि उपभोक्तालाई उपलब्ध गराइएको छ।स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ स्टोरको स्थापना गरिएको सञ्चालक थापा बताउँछन्।
इटहरी । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् विसं २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । राजापानीको बेलडाँडास्थित पावर हाउस ९विद्युत्गृह०बाट उत्पादन गरिएको जलविद्युत् दुई दशमलव पाँच किलोमिटरमाथि राजापानीकै पर्ने पुरानो गाउँमा निर्माण गरिएको सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । करिब रु एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा पर्ने स
इटहरी । खोटाङको वराहपोखरी गाउँपालिकाले गाउँ फर्किने परिवारलाई एक लाख रुपियाँ प्रदान गरेको छ । गाउँबाट बसाइँ सरेर गएको १८ वर्षपछि पुनः गाउँमै फर्किएका परिवारलाई गाउँपालिकाले एक लाख रुपियाँ दिएको हो । वराहपोखरी गाउँपालिका–६, मौवाबोटेका बोदबहादुर खड्काको परिवार २०६३ सालमा सप्तरी बसाइँसराइ गरेर गएका थिए । गाउँबाट गएको १८ वर्षपछि उनीहरू पुनः गाउँ फर्किएका हुन् । पछिल्लो समय बसाइँसराइले गाउँ खाली हुँदै गएको छ । गाउँ छाडेर जानेको सङ्ख्या वृद्धि भइरहेको अवस्थामा गाउँ फर्किनेलाई प्रोत्साहनका लागि गाउँपालिकाले रकम प्रदान गरेको जनाएको छ । केही महिनाअघि गाउँ फर्किएका खड्काको परिवारलाई गाउँपालिका अध्यक्ष श
इटहरी । झापा जिल्लाको चालु आर्थिक वर्षको नौ महिनामा पुँजीगत खर्च ३७।५ प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ १० अर्ब ७० करोड विनियोजन भएकामा चैत मसान्तसम्म चार अर्ब एक करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । समग्रमा जिल्लामा १५ अर्ब २१ करोड २५ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । चालु आवको चैत महिनासम्म १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ रुपैयाँ राजस्व संकलन भएको छ ।
इटहरी । सुनसरीको कोशी गाउँपालिका–६ मा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो ९घुरा० ले आगलागी हुँदा पाँच परिवारका १० वटा घर जलेर नष्ट भएको छ । स्थानीयवासी बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुशीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता एवम् प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो । हिजो बाबुनन्दको घरबाट आगलागी शुरू भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको दमकलको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जन
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरोपीडित परिवारलाई स्थायी पुनर्वासका लागि प्रक्रिया अगाडि बढाइएको छ । करिब १८ महिनाअघिदेखि अस्थायी टहरामा बसोवास गर्दै आइरहेका ६५ परिवारका लागि गाउँपालिकाले स्थायी पुनर्वासको पहल सुरु गरेको हो । स्थायी एकीकृत आवास केन्द्र निर्माण गर्न पालिकाको ३ नम्बर वडा लुकुवामा करिब ७० रोपनी जग्गाको टुङ्गो लगाइएको प्रवक्ता चन्द्र तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सो जग्गाको माटो परीक्षणका लागि पठाइएको छ । रिपोर्ट प्राप्त हुनासाथ जग्गा प्राप्तिका लागि थप प्रक्रिया अघि बढाइने प्रवक्ता तामाङको भनाइ छ । पीडितलाई प्रतिपरिवार एकरएक रोपनी जग्गा प्रदान गरिने ग
विराटनगर।कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा भएको छ। सम्मेलनको तयारीबारे आज आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मेलनको तयारी पुरा भएको जानकारी दिनुभयो । सोकेस गर्ने आयोजना, लगानीका लागि रहेको बाधा हुने खालका कानुन संशोधन गर्ने प्रकृया लगायतका सबै विषयमा तयारी पूरा भएको उहाँले बताउनुभयो।लगानी सम्मेलनमा मुख्य गरी पर्यटन क्षेत्रका योजनाहरु समेटिएको र त्यसबाहेक उद्योग र आइटी क्षेत्रलाई पनि समेटेको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो। मुख्यमन्त्री कार्कीले संघीय सरकार सँगको समन्वयमा कानुन संशोधन र आवश्यक पर्ने नीतिहरू संशोधन गर्न बताउनुभयो। उह
इटहरी । आगामी आर्थिक वर्ष २०८२ र ८३ का लागि कोसी प्रदेश सरकारले स्थानीय तहमा बाँडफाँट हुने सवारीसाधन करको हिस्सा र अनुमानित सीमा सार्वजनिक गरेको छ । आइतबार कोसी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले त्यससम्बन्धी विवरण सार्वजनिक गरेको हो । प्रदेश मन्त्रिपरिषद्को निर्णय तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएको बाँडफाँट हिस्सासम्बन्धी सिफारिसअनुरुप विवरण सार्वजनिक गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले सवारी कर अनुमानित आय र बाँडफाँटको विवरण सबै स्थानीय तहलाई पठाएको छ । कोसी प्रदेशमा १३७ स्थानीय तह रहेका छन् । आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षका लागि को
धनकुटा/ धनकुटाको छथर जोरपाटी का बिभिन्न स्वास्थ्य सेवा केन्द्रहरू बाट गर्भवती भत्ता तथा शिशु पोषण वितरण कार्यक्रम गरिएको छ २०७९ सालको निर्बाचनमा होमिदै गर्दा गरिएका बाचा पुरा गर्न निति तथा कार्यक्रममा समाबेस गरेर मातृ मृत्युदर र बाल मृत्युदर कम गराउने उदेश्य ले यो उपाध्यक्ष सग सग गर्भवती भत्ता तथा सुशु पोषण कार्यक्रम लागू गरिएको छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गीता गुरुङ खेवा ले बताउनुभयो । स्थानीय स्वयंसेवी स्वास्थ्यकर्मी साथै जनप्रतिनिधि हरूसँगको सहकार्यमा लक्षित वर्गका गर्भवती महिलाहरू तथा साना बालबालिकाका आमाहरुलाई पोषणसम्बन्धी भत्ता तथा सामाग्री वितरण गर्नुभएको हो । स्वास्थ्य त
इटहरी । कोष तथा लेखा नियन्त्रक कार्यालय कोलेनिका ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका साथ महालेखा नियन्त्रक डा। गणेशप्रसाद पाण्डेयद्वारा नवनिर्मित भवनको उद्घाटन गरिएको हो । ताप्लेजुङको फुङलिङ नगरपालिका(३ मा दुई करोड २८ लाख ९१ हजार १८६ को लागतमा उक्त भवनको निर्माण सम्पन्न भएको कोलेनिका ताप्लेजुङका कोष नियन्त्रक यमनाथ गिरीले बताउनुभयो । उहाँका अनुसार कार्यालयको भवन निर्माणका लागि सुरुमा तीन करोड ६४ लाख ९७ हजार २०९ रुपियाँको लागत लाग्ने अनुमान गरिएको थियो । विसं २०७७ साल चैत १९ गते दुई करोड ४७ लाख ९ हजार १८६ रुपियाँमा भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । ठेक्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.