खेलकुद

    Showing १११-१२० of ७७१ items.
  • एन्फा महिला च्याम्पियनसिप उपाधि एपिएफको पोल्टामा

    इटहरी । एन्फा महिला च्याम्पियनसिपको उपाधि विभागीय टोली एपिएफ क्लबले जितेको छ ।उदयपुरको गाईघाटस्थित थरूहट रङ्गशालामा सम्पन्न च्याम्पियनसिपमा एपिएफले विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।एपिएफलाई उपाधि जिताउन गीता राना‌ र रेनुका नगरकोटेले गोल गर्नुभयो । आर्मीका लागि जेनिफर राईले सान्त्वना गोल गर्नुभयो । उपाधिसहित एपिएफले सात लाख ५० हजार रुपियाँ पुरस्कार पायो ।उपविजेता आर्मीले पाँच लाख रुपियाँ प्राप्त गरेको छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको थियो ।

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • २६३ पटक पढिएको
  • इटहरीमा तेस्रो सगरमाथा खुल्ला राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता सुरू

    इटहरी । सुनसरी ब्याडमिन्टन एकेडेमीको आयोजनामा इटहरीमा आज देखि तेस्रो सगरमाथा खुल्ला राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता  सुरु भएको छ । देशका विभिन्न जिल्लाबाट आएका खेलाडीहरूको सहभागितामा प्रतियोगिता सुरू भएको  हो । प्रतियोगितामा कुल २ सय २ जना खेलाडी सहभागी रहेका छन्। विभिन्न उमेर समूह र प्रतिस्पर्धात्मक तहलाई समेट्दै १३ वटा विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । समग्रमा २ सय ५३ वटा खेल सञ्चालन हुनेछन् भने प्रतियोगिताको फाइनल खेल आगामी फागुन ९ गते आयोजना गरिनेछ । विजेता तथा उपविजेताहरूलाई विधागत रूपमा गरी कुल साढे ६ लाख रुपैयाँ बराबरको नगद पुरस्कार प्रदान गरिनेछ । स

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • २४१ पटक पढिएको
  • इतिहास रच्दै आयोजक केराबारी एफसी चौथो अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि चुम्न सफल

    इटहरी । उच्च मनोबल सहित घरेलु मैदानमा प्रवेश गरेको आयोजक केराबारी एफसी चौथो अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि चुम्न सफल भएको छ । प्रस्तावित खदम रंगशालामा हजारौं दर्शकको साथ पाएको आयोजक केराबारी एफसी र झापा ११ विच भएको अत्यन्तै कडा प्रतिस्पर्धात्मक खेलमा झापा ११ लाई हराउँदै केराबारीले इतिहास रच्दै उपाधि चुमेको हो ।  उपाधि संगै आयोजक केराबारी एफसीले नगद ४ लाख सहित मेडल ट्रफि र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको झापा ११ ले नगद २ लाख प्राप्त गरेको छ । विजेतालाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले पुरस्कार हस्तान्तरण गर्नुभयो । मध्यान्तर अघि दुवै टिमले गोल गर्न नसकेपनि

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • ३८० पटक पढिएको
  • फुजिसन सगरमाथा बोर्डिङ स्कुलमा ‘फुजिसन खेलकुद प्रतियोगिता’ सुरू

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा रहेको फुजिसन सगरमाथा बोर्डिङ स्कुलको आयोजनामा ‘फुजिसन खेलकुद प्रतियोगिता’ मंगलबारदेखि सुरू भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव विष्टको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालयका खेलाडीहरूबीच फुटबल, भलिबल, दौड ९रन०, तेक्वान्दो, टेबल टेनिस, डोरी तान, एथलेटिक्स, बास्केटबल, कबड्डी लगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुने  छ।यसैगरी प्रतियोगितामा अभिभावकहरूबीच पनि भलिबल, फुटबल र डोरी तान जस्ता खेलहरू

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २४२ पटक पढिएको
  • इटहरीमा तेस्रो कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता समापन

    इटहरी । इटहरीमा भएको तेस्रो कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता समापन भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति सुनसरीको आयोजनामा आइतबार देखि भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ५ सय बढी खेलाडीहरूको सहभागितामा तेस्रो कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता समान्न भएको छ । प्रतियोगितामा  इटहरी  सुनसरी टिम  प्रथम , मोरङको सुन्दरहरैंचा वडा न. १० मा रहेको हिमालय इङलिस स्कुल दोस्रो र मोरङको विराटनगर टिम तेस्रो भएको हो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ८४५ पटक पढिएको
  • कोल्टारमा आयोजित वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न

    इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका ९ स्थित कोल्टारमा आयोजित वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । माघ २९ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता आइतबार गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा समापन भएको हो । हसनपुर युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा पुरुष तर्फ हसनपुर भलिबल टिम विजेता बनेको हो । आमचोक गाउँपालिका ८ हैखाराङ भलिबल टिम उपविजेता बनेको हो । त्यस्तै महिला तर्फ हतुवागढी ५ होम्ताङ महिला भलिबल टिम विजेता र धनकुटाको साँगुरी गढी गाउँपालिकाबाट सहभागी टाङ्केरा महिला भलिबल टिम उपविजेता बनेको हो । प्रतियोगितामा पुरुषतर्फ विजेता

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २३९ पटक पढिएको
  • भोजपुरमा राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्र बन्दै

    इटहरी । भोजपुर नगरपालिका–४, दावाँमा अवस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोट्र्स कम्प्लेक्सलाई भलिबल तथा अन्य इन्डोर्स खेलको लागि प्रशिक्षण केन्द्रका रूपमा विकास गरिने भएको छ । करिब १२ वर्षअघि निर्माण सुरु गरिएको उक्त कम्प्लेक्सलाई राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्रका रूपमा अघि बढाउने तयारी गरिएको हो । करिब रु दुई करोडको लागतमा निर्माण गरिएको यस कम्प्लेक्सलाई व्यवस्थित रूपमा सञ्चालन गरी भलिबल प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने योजना रहेको नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार राज्यको ठूलो लगानीमा निर्माण भएको संरचनालाई प्रभावकारी रूपमा उपयोग गर्दै राष्ट्रि

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • २६८ पटक पढिएको
  • रेडस्टार मावि पथरी शनिश्चरे नगरकै च्याम्पियन ,बुद्ध मावि ’फस्र्ट रनरअप’

    इटहरी । मोरङको पथरी शनिश्चरेको रेडस्टार अङ्ग्रेजी मावि सातौँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता –२०८२ को च्याम्पियन बनेको छ । बिहीबार सम्पन्न भएको उक्त प्रतियोगिताको विभिन्न खेलकुद प्रतियोगिताहरूमा रेडस्टार माविले १९ स्वर्ण, ५ कास्य र ४ रजत सहित कुल २८ वटा पदक जितेर नगर– च्याम्पियन बन्न सफल भएको हो।यो सँगै रेडस्टार मावि संस्थागत विद्यालयहरूको तर्फबाट पथरी शनिश्चरे नगरपालिकामै सबैभन्दा बढी स्वर्ण सहित धेरै पदक जितेर रनिङ सिल्ड उचाल्ने विद्यालय पनि बन्न सफल भएको छ । यसैगरी, सोहि प्रतियोगितामा पथरी शनिश्चरे वडा नं ०८ को बुद्ध माविले ७ स्वर्ण, ७ कास्य र ६ रजत सहित कुल २० वटा पदक जित्दै ’फ्रष

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १९० पटक पढिएको
  • २६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप चर्च ब्याइज युनाइटेड फाइनलमा

    इटहरी । चर्च ब्याइज युनाइटेड काठमाडौ २६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा  प्रवेश गरेको छ । बुधबार भएको खेलमा झापा–११ लाई ट्राइबेकरमा ३–१ गोलले पराजित गर्दै चर्च ब्याइजले फाइनल यात्रा तय गरेको हो ।  निर्धारित समयसम्म खेल २–२ बराबरीमा सकिएपछि निर्णय ट्राइबेकरबाट गरिएको थियो । उपाधिका लागी चर्च ब्याइजले अव शनिबार प्लानिङ ब्वाइज युनाइटेडको सामना गर्ने छ ।  ट्राइबेकरमा चर्च ब्याइजका गोलरक्षक प्रमिजय गच्छदार नायक बने । उनले झापाका रोहन थापा मगर, राजेश दाहाल र गौरभ धिमालका प्रहार रोक्दै आफ्नो टोलीलाई फाइनल पु¥याए । झापाका लागि प्रसान्त लक्समले

    • प्रकाशित मितिः माघ २९, २०८२
    • २१८ पटक पढिएको
  • हिसान सुनसरी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि इटहरीको सुष्मा गोदावरी कलेजले जित्यो

    इटहरी । हिसान सुनसरी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि इटहरीको सुष्मा गोदावरी कलेजले जितेको छ । इटहरी तालतलैयास्थित बुढासुब्बा खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा गत वर्षको उपविजेता सुष्मा गोदावरीले विश्व आदर्श कलेजलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो । निर्धारित समयको १९ औं मिनेटमा विश्व आदर्शका दिनेश गौतमले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर ५५ औं मिनेटमा सुष्मा गोदावरीका शिव राईले गोल फर्काएपछि खेल बराबरीमा आयो । बाँकी समय दुवै टिमले गोल ग

    • प्रकाशित मितिः माघ २९, २०८२
    • २०४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]