काठमाडौं / सरकारले शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुन नपाउने व्यवस्थाको कार्यान्वयन गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।शिक्षण पेसामा रहेका शिक्षक प्राध्यापक तथा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कार्यान्वयन गरिने जानकारी दिनुभयो ।
नेकपा एमाले सुनसरीको आगामी जेठ ५, ६ र ७ गते हुने अधिवेशनका लागि एमाले सुनसरीले आधिकारिक 'प्रतीक चिह्न' लोगो सार्वजनिक गरेको छ । इटहरीमा सोमबार पत्रकार सम्मेलन गर्दै एमाले जिल्ला कमिटी सुनसरीले 'लोगो' सार्वजनिक गरेको हो । लोगोले सुनसरी जिल्लाको समावेशिता, बहुधार्मिकता, पर्यावरणीय सुन्दरता, बहुआयामिक भौगोलिक विविधता, जैविक विविधतायुक्त पर्यटकीय क्षेत्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, कृषिको आधुनिकीकरण र उद्यमशीलतालगायतका सुनसरी जिल्लाको बहुआयामिक पहिचानलाई देखाउने प्रयास गरेको जिल्ला उपाध्यक्ष निलम खनालले बताउनुभयो। 'पार्टी अधिवेशनले नेतृत्वको पुस्तान्तरण र हस्तान्तरण मात्र नभएर
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन् । कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ । ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए । विश्वासको मतका लागि सरकारको सिफारिसमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभा बैठक आह्वान गरेका थिए।वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले विश्वासको मत पाएका हुन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । कार्कीलाई एमालेका ३९, माओवादीका १३, एकीकृत समाजवादीका ३ र जसपाका १ जना प्रदेश स
इटहरी : नेकपा एमाले सुनसरीको आठौँ अधिवेशन आउने वैशाख ५,६ र ७ गते इटहरीको पचरुखी स्थित लायन्स क्लबको सभाहलमा हुने भएको छ । गएको वैशाख १६ गते बसेको जिल्ला कमिटीको बैठकले इटहरीमा आठौँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । १६ वैशाखको जिल्ला कमिटी बैठकले अधिवेशनमा प्रतिनिधि छनोट कार्यविधि तय गरेको छ ।अधिवेशन प्रतिनिधिहरू मूलभूत रूपमा भूगोल र जन सङ्गठनहरूबाट चुनिने छन् । भूगोलबाट प्रतिनिधि चयन गर्दा ३५ जना सङ्गठित सदस्य बराबर १ अधिवेशन प्रतिनिधि छनोट हुनेछ । भने, दलित सदस्यहरू प्रतिनिधि छनोट गर्न २० बराबर १ अधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ। यसरी छनोट गर्दा प्रतिनिधिको सङ्ख
इटहरी / नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) कोशी प्रदेशको अध्यक्षमा डिल्लीराम घिमिरे सर्वसम्मतले चयन भएका छन्इटहरीमा नेपोनले दोस्रो अधिवेशन आयोजना गरि अध्यक्षमा डिल्लीराम घिमिरे चयन भएका छन् भने उपाध्यक्ष इन्द्र बहादुर कार्की र भिम बहादुर चौहान ,सचिव कृष्ण नेपाली ,सहसचिव कल्पना पाण्डे र उमेश डांगि , सल्लाहकार संयोजकमा राधेश्याम घिमिरे, सदस्यमा कुमार कार्की ,दुर्गा प्रधान ,कुल बहादुर अधिकारी गरी ३३ जम्मा जनाको प्रदेश कमिटी गठन गरिएको छ ।संगठनलाई विस्तार गर्दै जाने अझ् मजदुर बनाउने अध्यक्ष डिल्लीराम घिमिरेले बताए । अधिवेशनमा भुतपुर्व सैनिक रविलाल पौडेल,गजराज कटुवाललाई स
प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेशको राजधानी तोकिए पनि नामाकरणको विषय टुंगिन सकेको थिएन । प्रदेशसभाको पहिलो कार्यकालको तेश्रो अधिवेशनले मोरङको विराटनगरलाई प्रदेशको राजधानी तोकेको थियो । भने पहिलो कार्यकालमा टुंगिन नसकेको नामाकरणको विषय प्रदेश सभाको दोश्रो कार्यकालको पहिलो अधिवेशनले यस प्रदेशलाई कोशी प्रदेश नामाकरण गरेको हो । प्रदेश सभाको प्रमुख कार्य सरकार निर्माण गर्नु, प्रादेशिक कानून बनाउनु, प्रदेश सरकारको काम कारवाहीको निगरानी गर्नु र प्रादेशिक जनसरोकारका विषय प्रदेश सभामा छलफल गर्नु हो । आफ्ना प्रमुख कार्यहरू, सरकार निर्माण र कानून निर्माणमध्ये कोशीले सरकार निर्माणमा अलि बढि समय खर्
काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको छ । एप्पल इन्टरनेशनल स्कुल तीनकुनेले शनिबार आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । विद्यालय शिक्षण सिकाइको मन्दिर भएको भन्दै मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाई अपनाउन आग्रह गर्नुभयो ।संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको भन्दै उहाँले अबको शिक्षण सिकाई बालबालिकामैत्री हुनुपर्ने बताउनुभयो । 'संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको छ ।
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापति सन्तोष लिम्बूमाथि शुक्रबार साँझ चिर्पट प्रहार भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार लिम्बूमाथि क्याम्पसको गेटनजिकै चिर्पट प्रहार भएको हो । चिर्पट प्रहारबाट घाइते भएका लिम्बूको अहिले विराटनगरको आर्या न्युरो अस्पतालमा उपचार भइरहेको बताईएको छ। लिम्बुलाई सोही क्याम्पसका अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) अध्यक्ष योगेश दाहालले चिर्पट प्रहार गरेको डीएसपी बस्नेतले बताए। अवस्था मध्यम रहे पनि उनको टाउको
इटहरी / नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) कोशी प्रदेशको दोस्रो अधिवेशन इटहरीमा सम्पन्न भएको छ ।इटहरी एक कार्यक्रम आयोजना गरि नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) कोशी प्रदेशको दोस्रो अधिवेशनले अध्यक्षमा खोज बहादुर लाय मगर अध्यक्ष भएका छन् भने सदस्यमा तिर्थराज घिमिरे ,कर्ण सुनावार भएका छन् ।नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय अध्यक्ष बिनोद पाण्डेको प्रमुख अतिथि तथा नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन कोशी प्रदेश कमिटीका संयोजक डिल्लीराम घिमिरेको सभा अध्यक्षमा कार्यक्रम गरिएको हो ।अधिवेशनमा भुतपुर्व सैनिक रविलाल प
सुनसरी / कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिएका छन् । आज (बिहीबार) मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गबाट शपथ लिएका हुन् । कार्कीले सानो आकारको मन्त्रिपरिषद पनि गठन गरेका छन् ।नेकपा (एमाले) का उपनेता समेत रामबहादुर राना र नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती ‘सुशील’ मन्त्री बनेका छन् ।उनीहरू दुवैले शपथ ग्रहण गरेका छन् । उनीहरू बिना विभागीय मन्त्री नियुक्त भएका थिए । बुधबार प्रदेश प्रमुख खापुङ्गले सरकार गठन गर्न आह्वान गरेका थिए । बिहीबार एमालेका संसदीय दलका नेता कार्कीले ५२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश सांसदहर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.