मोरङ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा आफ्नो कार्यभार ग्रहण गरेकै दिन सरकारको तर्फबाट गरेको पहिलो निर्णयले आम जनसमुदाय तथा खेलकुद क्षेत्रमा यो सरकारप्रति आशा र विश्वासको अत्यन्तै सकारात्मक सन्देश प्रवाह भएको नेपाल खेलकुद महासंघ अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव कृष्ण बस्नेत(पर्सुराम)ले बताउनुभएको छ ।
बाढीपहिरोका कारण ज्यान गुमाउनुभएकाहरूको परिवारलाई राहत एवं क्षतिपूर्तिको घोषणा गर्नुका साथसाथै ३०० दिनमा सम्पन्न हुनेगरि किर्तिपुरमा रहेको क्रिकेट रंगशालालाई फ्लड लाईट सहित अत्याधुनिक सुबिधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा स्तरोन्नति गर्ने घोषणा
नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको उचाईलाई अवगत गराउँदै भौतिक पूर्वाधारको विकासका लागि सरकारलाई पटकपटक नेपाल खेलकुद महासंघले गराएको ध्यानाकर्षण र गरेको पहलकदमीको मागलाई सम्बोधन गरेकोमा प्रधानमन्त्री लगायत नयाँ मन्त्री मण्डललाइ महासंघ परिवार र खेलकुद विकास बोर्डको तर्फबाट हार्दिक आभार ब्यक्त गर्नुभएको छ ।
खेलप्रेमी एवं विकासप्रेमी राजनेता केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको सरकारको यो कार्यकालमा खेलकुद क्षेत्र तथा समग्र मुलुकको विकास-निर्माणमा नयाँ आयाम थपिनुका साथै समृद्ध नेपाल सुखी नेपालीको रास्ट्रीय आकांक्षा पूरा हुनेमा समेत विश्वस्त रहेको नेपाल खेलकुद महासंघ अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव बस्नेतले बताउनुभएको छ ।

