सुनसरी, । कृष्ण कुँवरलाई अहिले गढी गाँउपालिकामा पर्ने औरावनीमा कुँवर सर भनेर जन जनले चिन्छन । नचिनुन पनि किन ? उहाँले त्यहाँको सरस्वती उच्च माविमा ३८ बर्ष पढाउनुभयो । त्यहि स्कुलवाट पढाउन सुरु गर्नुभएको ३८ बर्ष पछि त्यहि स्कुलबाटै रिटायर्ड हुनुभयो । सुनसरी क्षेत्र नम्वर ३ की एमाले उम्मेदवार भगवती चौधरीलाई कुँवर सरले सरस्वती स्कुलमा कक्षा ८ देखि १० सम्म पढाउनुभयो । भगवती चौधरीले चुनावी अभियान सञ्चालन गरिरहदा कुँवर सरले कक्षा ८ देखि १० सम्म पढाउदाको वेला झल्झली यसरी सम्झनुभयो- भगवती औरावनीमा कक्षा ८ मा पढथिन,मधेशाको स्कुलमा गएर एक दिन अग्रेँजीमा फरर भाषण गरिछिन, अँग्रे
इटहरी । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा सुनसरी क्षेत्र नं. ३ को चुनावी माहौल गर्मिलो हुँदै गएको छ ।नेकपा एमालेकी प्रभावशाली नेत्री भगवती चौधरीको पक्षमा उत्रिएको जनलहरले यसपटक सुनसरी ३ मा मतदाताले परिवर्तनको पक्षमा मत खसाल्ने बताइएको छ ।३० वर्षयता एकै किसिमको राजनीतिक नेतृत्व भएको र विकासका काम सुस्त भएको भन्दै प्रतिनिधिसभा सदस्यकी उम्मेदवार चौधरीले सामाजिक र आर्थिक विकासका लागि आफूलाई जिताउनुपर्ने बताइन् ।आर्थिक सवलीकरणका एजेण्डासहित चुनावी मैदानमा उत्रिएकी उनले आँफूलाई मत दिनका लागि जनता तयार रहेको बताइन् ।अहिले चुनावी घरदैलो अभियानका क्रममा
झापा । मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि ग्रामीण क्षेत्र अझ आदिवासी समुदायमा मतदाता शिक्षा पुग्न नसकेको सम्बन्धित क्षेत्रका नागरिकले गुनासो गरेका छन् ।आदिवासी समुदायलाई हरेक हिसाबले पछाडि पारिएको भन्दै समुदायका अगुवा महिलाहरुले मतदाता शिक्षाबाट समेत उनीहरु बञ्चित बन्नु परेको बताए । सोमवार बिर्तामोडमा भएको छलफलमा सहभागी आदिवासी समुदायका महिलाहरुले आफ्नो समुदायमा मतदाता शिक्षाको अवस्था न्यून रहेकाले प्रभावकारी रुपमा मतदाता शिक्षा प्रदान गर्न सरकार, राजनीतिक दल र अन्य सरोकारवालालाई अग्रह गरेका छन् ।चुनावताका राजनीतिक दल र उम्मेदवारहरुले आदिवासी समुदायका समस्या
इटहरी । सुनसरी क्षेत्र नं. ३ (क) बाट प्रदेशसभाका लागि उम्मेदवारी दिएका रोहित कार्की यतिबेला जनताको घरघर पुगेर उनीहरुको समस्या बुझ्न व्यस्त छन् । उनी जनताको घरदैलोमा पुगेर जनतासंग प्रत्यक्ष भेट गरिरहेका छन् । लामो समयदेखि राजनितिमा सक्रिय रोहित कार्की जनताले रुचाएका व्यक्तिमा पर्छन् । उनी खनार गाउँ पञ्चायतको पूर्व प्रधानपञ्च पनि हुन् । खनारमा रहेका हरेक भौतिक पूर्वाधार निर्माणमा कार्कीको निकै सहयोग छ । उनी खनारबासीले आफूलाई माया गर्नेमा विस्वस्त छन् । उनले यसअघि संसदिय निर्वाचन र स्थानिय निर्वाचन समेत लडेका थिए । तर उनी त्यस निर्वाचनमा पराजित हुन पुगेका थिए । २०४२ सालदेखि अहिलेस
इटहरी । नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ (क) का प्रदेशसभा उम्मेदवार रोहित कार्कीको जन्म २००८ सालमा धनकुटामा भएको हो । उनी ३० वर्षको उमेरबाट राजनितिमा सक्रिय छन् । २०४२ सालमा समाजिक काम गर्ने उद्देश्यले उनी खनारको प्रधानपञ्च बने । कार्की २०५२ सालमा खनार गाविसको अध्यक्ष समेत बने । उनले २०६९ सालको संघिय सांसद पदका लागि चुनाव लडे । तर सफल भएनन् । उनलाई विजयकुमार गच्छदारले हराए । उनले २०७४ सालमा इटहरी उपमहानगरपालिकाको मेयरका लागि पनि उम्मेदवारी दिए । तर एमाले र काँग्रेसपछि तेस्रो लोकप्रिय मत ल्याएर पराजित भए ।कार्कीले आफू प्रधानपञ्च र गाविस अध्यक्ष बनेको समयमा खनारमा महत्वपूर्ण आधारभूत सं
इटहरी । इटहरीको बाढी समस्या दीर्घकालिन रुपमा समाधान गर्नको लागि पुराना नाला तथा खोलाहरुको खोजी गर्नुपर्नेमा एमाले नेता रोहित कार्कीले जोड दिएका छन् । उनले पुराना ढल, नाला तथा खोलाहरु अतिक्रमणमा परेकोले इटहरीलाई बाढीले सताउने गरेको बताउँदै उनले त्यस्ता संरचनाहरु खोजेर मर्मत गर्नुपर्ने बताएका हुन् । सुनसरी क्षेत्र नं. ३(क) बाट प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका कार्कीले मास्टर प्लान बनाएर इटहरीको ढल निकासको समस्या समाधान गर्नुपर्ने बताएका छन् । ‘अहिलेसम्म बनाएका नालाहरु, ढलहरुबाट पानी पास हुँदैन,’ न्युजलयसँग कुरा गर्दै
सुनसरी । मंसिर ४ गतेको निर्वाचनको मिति नजिकिँदै जाँदा सुनसरी क्षेत्र नं. ३ को चुनाबी माहौल गर्मिलो हुँदै गएको छ । नेकपा (एमाले) की प्रभावशाली नेतृ भगबती चौधरीको पक्षमा उत्रिएको जनलहरले योपटक सुनसरी ३ लाल किल्लामय बन्ने निश्चित देखिएको हो । विगत ४० वर्षदेखि एकै खाले राजनीतिक नेतृत्व भएकाले विकासको गती सुस्त हुँदा सामाजिक, आर्थिक रुपमा पछि परेको क्षेत्र हो सुनसरी ३ । आर्थिक सवलीकरणका एजेण्डासहित चुनाबी मैदानमा उत्रिएकी एमाले केन्द्रीय सदस्य तथा लघुवित्त अभियानकर्मी भगबती चौधरीलाई मत दिन जनता आतुर रहेको पाइएको छ । इटहरीका विभिन्न वडाहरुको घरदैलोमा नेतृ चौधरी
सुनसरी । नेकपा एमाले तथा जसपा नेपालको संयुक्त उम्मेदवार परशुराम बस्नेतको चुनावी घरदैलो अभियानले तीव्रता पाएको छ । सुनसरी क्षेत्र नं. ४ क बाट प्रदेश सभा सदस्य उम्मेदवार बस्नेतले सोमबार रामधुनी नगरपालिकाको वडा नं ४ को लालपुर, रामपुर र इक्राईका विभिन्न टोलमा चुनावी भेला तथा घरदैलो अभियान गरेका छन् । प्रतिनिधि सभा सदस्य जगदिश कुसियैतसहितको संयुक्त टोलीले मतदाताहरूसँग आफना चुनावी एजेन्डा प्रस्तुत गदै भोट मागेका थिए । बस्नेतले आफ्नो प्रमुख एजेन्डा भ्रष्टाचार र कुसंस्कारको अन्त्य गदै विकास र समृद्धि रहेको प्रस्ट पारे । पहिलो पटक निर्वाचनमा सहभागी हुन पाउँदा आफू
इटहरी । सुनसरी क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यको उम्मेदवार नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरीले सुनसरीलाइ बिकाशको राजधानी बनाउनेमा कुनै कसरत बाकि नराख्ने बताउनुभएको छ ।सुनसरीको इटहरी उपमहानगर वडा नं ६ का मतदाताहरूमाझ भोट माग्न पुग्नुभएकि नेतृ चौधरीले अब इटहरी वासिको समस्या पनि आफ्नै भएको बताउदै इटहरीवासिले वर्षौदेखि भोग्दै आएको डुबानको समस्या आफु निर्वाचन जितेर गए लगत्तै प्रदेश र संघिय सरकारको समन्वयमा सामधान गर्ने तर्फ तल्लीन रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । नेतृ चौधरीले भन्नुभयो–‘मेरो उम्मेदवारी यहाँका जनताको आर्थिक समृद्धि, विकास र जनजिविकाका सवालमा हो । यो क्षेत्रमा विकास र स
इटहरी, एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार भगवती चौधरीले एक गाँउ एक उद्योग स्थापना गरिने बताउनुभएको छ । सुनसरी क्षेत्र नम्वर ३ का प्रत्येक एक गाँउमा एक उद्योग स्थापना गरेर बेरोजगारको समस्या हल गर्न सकिने उहाँको भनाई छ । चौधरीले भन्नुभयो “हामीले लगाउने लुगाको टाँक समेत बिदेश बाट ल्याउनुपर्ने अवस्था छ,लुगा कपडा,ज्याकेट लगायत बिदेश बाट ल्याइन्छ,हामी हाम्रै गाँउमा किन उत्पादन नगर्ने ?”। एक गाँउ एक उद्योग स्थापना गर्दा मजदुर,सर्वसाधारण महिला,युवा र पढेलेखेका जनशक्तिले समेत रोजगार बन्न सक्ने उहाँको भनाई छ । भिजनरी नेतृका रुपमा परिचित चौधरीले फरवार्ड माइक्रोफाइनान्स मार्फत देशभरका तीन लाख
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.