नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मतपत्रको बाक्सा एकछीन पनी आखाँ अगाडीबाट हट्न नदीन एमालेका कार्यकर्तालाइ नीर्देशन दीनुभएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल नीर्वाचन परीचालन कमिटि सुनसरी ३ ले आयोजना गरेको वृहत संयुक्त जनसभालाइ सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओलीले बास्का साटीन सक्ने र धाँधली हुन सक्ने भएकाले एउटा आँखा चीम्लदा अर्को आँखा खुल्ला राख्न नीर्देशन दीनुभएको हो ।
नेकपा एमाले हुदाहुदै नीर्वाचनमा धाधली हुन नपाउने बताउँदै उहाँले मतपत्रको बाक्सा कोठामा ताला लगाएर,लाहा छाप लगाएर राख्छौँ भन्दापनी भर नपर्न आग्रह गनुभएको छ ।
“म नेकपा एमालेका कार्यकर्ता साथीहरु लाइ भन्न चाहान्छु नेकपा एमाले हुँदाहुदै तपाइहरुले बाक्सा आफ्नो आँखाबाट कोठामा ताला लाएर लाहाछाप लाएर राख्छौँ यस्ता कुरामा कुनै भर नपर्नु,उहाँले जोड्नुभयोेःआँखा अगाडीबाट बाक्सा एकछीनपनी आँखा झीमीक्क एकैचोटी नगर्नु एउटा आँखा चीम्लीदा अर्को खुला गरेर राख्नुस तर बाकस एकछीन पनी एक पल पनी नदेखीनु हुदैन अगाडी बाकस हुनुपर्छ । ”
यस अघीको नीर्वाचनमा सुनसरी ३ मा नेकपा एकालेको तर्फबाट प्रत्उक्ष तर्फकी उम्मेदवार भगवती चौधरीले जनताले हालेको मतका आधारमा नीर्वाचन जीतीसकेको भएतापनी धाँदली गरेर बाक्सा साटेर चुनाव हराइएको बताउनुभएको छ । यस्तै उहाँले यसपाली सुनसरीबाट नेपाली काङग्रेस धान कुटेर बढारेको जसरी बढारीने बताउनुभएको छ ।
उहाँले नेपाली काङग्रेसले उठाएका उम्मेदवार सेटीङबाट धरौटीमा छुटेको हुनाले सुनसरीमा काङग्रेसले एक सीट पनी नजीत्ने उहाँले दाबी गर्नुभएको छ । काङग्रेसले गठबन्धन गरेका दलहरुलाइ सनपाटको सन्ठीको संज्ञा दीदै उहाँले आफैमा कमजोर रहेका दलहरुसँग गठबन्धन गरेर काङग्रेसले चुनाव जीत्न नसक्ने दाबी गर्नुभयो । “यसपाली सुनसरीमा धान कुटेर बढारेको मात्र हैन त्यो भन्दा बढी काङग्रेस बढारीन्छ” ।
उहाँले भन्नुभयो “माओवादी केन्द्रै आफैले ५ ७ सीट ल्याउँछ ल्याउँदैन त्यस्ता सनपाटका सन्ठीको लौरो टेकेर काङग्रेस चुनावको खोलो तर्छु भनेर अगाडी बढेको छ ।” उहाँले माओवादी केन्द्रतर्फ इङकीत गर्दै अघील्लो नीर्वाचनमा माओवादीलाइ आफुले औला समातेर चुनावको खोलो तारीदीएको तर बीचमा आफ्नै घरमा आगो लगाएको बताउनुभएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीलाइ भौसीबाट ढाडीएर अघाएर झरेको कीर्नाको संज्ञा दीदै उहाँले नेकपा एमालेबाट फाइदा लीनुसम्म लीएर पछी गठबन्धनमा गएको बताउनुभएको छ । भैँसीमा कीर्ना भन्ने हुन्छ एउटा रगत खाने,त्यो जब पुटुक्क अघाउँछ,पुक्लुक्क झर्छ । उहाँले थप्नुभयो,नेकपा एमालेका आङबाट चुस्नुसम्म चुसेर ढाडीएर झरेका कीर्नाहरु भेला गरेर एउटा नक्कली पार्टी बनाएर के को पार्टी नक्कली पार्टी,नक्कली पार्टी बनाएर एउटा मोर्चाको गठबन्धनको एउटा घटक त्यही हो ।”
नेकपा एमालेबाट बीद्रोह गरेर गएको पर्टी नेकपा समाजवादीलाइ नक्कली पार्टी भएको बताउँदै उहाँले नेकपा एमालेबाट सक्दो फाइदा लीएर पछी गठबन्धनको एउटा घटक भएको दाबी गर्नुभएको छ । साथै उहाँले प्रधानमन्त्री तथा नेपाली काङग्रेसका सभापती शेर बहादुर देउवा ५ पटक प्रधानमन्त्री भइसकेता पनी देश र जनताका लागी काम नगरेको आरोप लगाउनुभएको छ ।
साथै प्रहरी प्रसासन गठबन्धनका नोकरचाकर नभइ राष्ट्रसेवक बएको बताउँदै उहाँले यसपाली देशमा शान्तीपुर्ण ढङगले नीर्वाचन गराउने कर्तव्य प्रसासनले नीर्वाह गर्ने वीस्वास व्यक्त गर्नुभयो ।
यसअघीको नीर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट नेकपा उमालेबाट प्रत्यक्ष तर्फकी उम्मेदवार रहनुभएकी भगवती चौधरीले चुनाव जीत्ने मत प्राप्त गरेको भएतापनी नेपाली काङग्रेसका तर्फबाट उम्मेदवार रहेका वीजय कुमार गच्छदारले धाधली गरेर जीतेको नेकपा बताउँदै उहाँले यसपटक एमाले हुदाहुदै त्यस्तो कार्य असम्भव रहेको जीकीर गर्नुभएको छ ।
मंसीर ४ को नीर्वाचनका लागी पनी पुन तेस्रो पटक भगवती चौधरी र वीजय गच्छदारबीच प्रतीस्पर्धा हुदैछ । यस्तो स्थितीमा भगवती चौधरीले सधौँ चुनाव जीत्ने तर सधैँ धाँधली गरेर बाक्सा साट्ने गरीएको उहाँको भनाइ थीयो ।


