राजनीति

    Showing १,७०१-१,७१० of २,३०२ items.
  • एमाले सुनसरी क्षेत्र नं. ३ (क) मा लिलम बस्नेतसहित १३ जना प्रदेशसभामा सिफारिस

    इटहरी : नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ (क) ले प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ लाई सरकारले निर्वाचनको मिति तोकेसँगै एमाले सुनसरी क्षेत्र नं. ३ (क) ले प्रदेशसभाको सदस्यका लागि प्रत्यक्षतर्फ लिलम बस्नेत सहित १३ जनालाई सिफारिस गरेको हो ।     प्रदेशसभाको सदस्य समेत रहेका बस्नेत  सहितका नेतालाई शनिबार सिफारिस गरिएको हो ।सिफारिसमा पर्ने अन्य उम्मेदवारहरूमा तैयव हुसैन, सागर सुवेदी, रेवती घिमिरे, ढण्डमाया भण्डारी, रुपेश बस्नेत, रोहित कार्की,एकराज दाहाल, सत्यनारायण चौधरी, हरि राई, मुस्ताक आलम र साविर हुसैन,समीर कार्की, रहेका छन् ।

    • प्रकाशित मितिः भदौ १८, २०७९
    • २५२ पटक पढिएको
  • नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ ले प्रतिनिधिसभाका लागि उम्मेदवार हरु सिफारिस

    इटहरी : नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ ले प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस सुनसरीका सचिव वीरेन्द्र साहका अनुसार क्षेत्र नं. २ ले उम्मेदवारको सिफारिस गरेको हो । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ राजीव कोइराला, राजीव ढुंगाना र सीताराम मेहताको नाम सिफारिस भएको साहले जानकारी दिए । यस्तै, समानुपातिकतर्फ भने दिलकुमारी राई र वीरेन्द्र कार्कीको नाम सिफारिस भएको छ ।कोइराला केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता छन् । यस्तै, ढुंगाना नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान सभापति हुन् । मेहता प्रतिनिधिसभाका वर्तमान सांसद तथा पूर्व राज्यमन्त्

    • प्रकाशित मितिः भदौ १८, २०७९
    • १९७ पटक पढिएको
  • निर्वाचनमा जुट्न एमाले अध्यक्ष ओलीको आग्रह

    नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीमा जुट्न सवै कार्यकताहरुलाई आग्रह गर्नुभएको छ ।शुक्रबार विराटनगरमा अनेरास्ववियुको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वाधिनता र अखण्डता मात्र नभई मुलुकको विकास र समृद्धिका लागि पनि एमालेले जित्नै पर्ने भएकाले निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुभयो । उहाँले निर्वाचन कुनै एउटा अदालतको फैसला नभई जनअदलतको फैसला भएकाले यसले सवैकुराको जवाफ दिने भएकाले यस्तो फैसला गर्न गराउन सवैलाई अगाडि बढ्न आग्रह गर्नुभयो ।उहाँले एक घर, एक सदस्य बनाउन युवा विद्यार्थीहरुला

    • प्रकाशित मितिः भदौ १८, २०७९
    • ११२ पटक पढिएको
  • इटहरीस्थित जनता क्याम्पसको आन्दोलनमा स्थानीयको पनि साथ

    इटहरी । इटहरीस्थित जनता क्याम्पसको शिक्षक छनोटमा अनियमितता भएको भन्दै आन्दोलनरत विद्यार्थी संगठनहरुलाई स्थानीयले पनि साथ दिएका छन् । मंगलबार भएको छलफलमा स्थानीयहरुले विवादित नियुक्ति रोकी बृहत छलफलबाट अघि बढ्न क्याम्पस प्रशासनसँग आग्रह गरेका छन्। क्याम्पसको शैक्षिक वातावरण सुधार गर्न विद्यार्थी संगठनहरुले गरेको आन्दोलन र मागलाई स्वागत गर्नपनि उनीहरुले सुझाव दिएका छन् । लामो समयदेखि कर्मचारी नियुक्ती प्रक्रिया खारेजीको माग गर्दै जनता क्याम्पसका नेपाली काँग्रेस सम्बद्ध नेविसंघबाहेकका ६ वटा विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् । क्याम्पस प्रशासनले बेवास्ता गरेपछि क्याम्पसभित्रका

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • १६३ पटक पढिएको
  • सप्तकोसी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

    सप्तकोसी । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधवार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानववस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन्् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ ।   मन्त्रालयले पीडितका लागि खाद्यान्न लगायत राहतका सामग्री पठाइसकेको मन्त्री केदार कार्कीले बताए । मन्त्री कार्की भन्छन्, हामी यहाँका नागरिकलाई खानले मर्न दिन्नौँ, सरकार उद्धार र राहतको काममा जुटिरहेको छ । स्था

    • प्रकाशित मितिः साउन २१, २०७९
    • २०१ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश १ कमिटिको विस्तारीत बैठक तथा सुभकामना कार्यक्रम सम्पन्न

    इटहरी । नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश १ कमिटिको विस्तारीत बैठक तथा सुभकामना कार्यक्रमको आयोजना गरीएको छ । सम्पुर्ण अग्रगामी खेलकर्मीहरु एक जुट हौँ,समृद्ध खेलकुद सहितको समाजवाद स्थापना गरौँ भन्ने मुल नारालाइ आत्मसाथ गर्दै शुक्रवार इटहरीमा कार्यक्रमको आयोजना गरीउको हो ।कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परीषद पुर्व सउदस्य सचिव एवम् नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष केशब कुमार बिष्टले नजिकीदै गरेको ९ औँ राष्ट्रिय खेलकुदमा कसरी प्रदेशले बढीभन्दा बढी मेडल जीत्न सक्छ भन्नेबारे सोच्न र सकेसम्म संगठनमा बसेर खेलकुदको बिकासकालागी अगााडी बढ्न उपस्थीतीलाइ आग्रह गरे । कार्यक्रमका प्रमु

    • प्रकाशित मितिः साउन २१, २०७९
    • १७५ पटक पढिएको
  • किराँत प्रदेश नामाकरण गर्न नसके राजिनामा दिन्छु भन्ने अभिव्यक्ति दिँदै आएका मुख्यमन्त्री राईलाई सगरमाथा नामाकरण गर्न माग गर्दै ज्ञापनपत्र

    विराटनगर । संयुक्त खस क्षेत्री नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने माग गरेको छ । प्रदेशको नामाकरणमा सबैलाई समेट्ने सगरमाथा नामको प्रस्तावसहित मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ ।किराँत प्रदेश नामाकरण गर्न नसके राजिनामा दिन्छु भन्ने अभिव्यक्ति दिँदै आएका मुख्यमन्त्री राईलाई सगरमाथा नामाकरण गर्न माग गर्दै ज्ञापनपत्र दिइएको हो । समितिका प्रदेश अध्यक्ष देशबन्धु कार्कीद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा ‘जातिको आधारबाट नामकरण हुँदा व्यापक अस्तित्व भएकालाई चित्त नबुझ्ने’ विज्ञप्तिमा उल्लेख छ। लोकतन्त्रमा बहुमतको कदर गर्नुपर्ने बताउँदै उनीहरूले विरो

    • प्रकाशित मितिः साउन १२, २०७९
    • २३९ पटक पढिएको
  • विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बुझाए सम्पत्ति विवरण

     विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्पत्ति विवरण बुझाएका छन् । उनले बजार क्षेत्रमा साढे चार बिघा जग्गा, ३ करोड ३० लाखको प्राडो, ८० तोला सुन र १० लाख नगद रहेको विवरण बुझाएका हुन् । कोइरालाले बुझाएको सम्पत्ती विवरणमा घर र व्यवसायबारे उल्लेख छैन । ४९ वर्षे कोइरालाले सबै सम्पत्तिको स्रोत पैतृक भएको उल्लेख गरेका छन् ।२०५४ देखि तरुण दल मोरङ हुँदै नेपाली कांग्रेसको राजनीति सुरु गरेका उनले आफूले केही कमाएको विवरण उल्लेख गरेका छैनन् । सम्पत्ति विवरणको एक ठाउँमा भाइको नाममा रहेको ११ कट्ठा जग्गा रहेको उल्लेख गरेकाछन् ।विराटनगर अस्पताल चोकमा कोइरालाको घरमा ग्रिन क्रस अस्पत

    • प्रकाशित मितिः साउन १२, २०७९
    • १६७ पटक पढिएको
  • प्रेस युनियन नेपालको अध्यक्षमा शिव लम्साल विजयी

    काठमाडौं । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी अनिता बिन्दूलाई पराजित गर्दै लम्समल अध्यक्ष पदमा विजयी भएका हुन् ।त्यस्तै महासचिवमा लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् ।अध्यक्षसँगै प्रेस युनियनको अधिकांश पदमा पनि लम्साल प्यानलका उम्मेदवारहरु विजयी भएका छन् ।लम्सालले शेखर–गगन समूहको तर्फबाट उम्मेदवारी दिएका थिए ।नेपाल प्रेस युनियन नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन हो ।

    • प्रकाशित मितिः साउन ९, २०७९
    • १३८ पटक पढिएको
  • देशी र विदेशी प्रतिक्रियावादीहरुले एमालेलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएका हुन् : ओलि

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले ) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशी र विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएकोदेशी र विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दाबी गरेका छन् । अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय विचारहरूका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरूले नै गराएको जिकिर गरेका हुन् ।शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट ) को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय शक

    • प्रकाशित मितिः साउन ९, २०७९
    • १५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]