इटहरी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) इटहरी नगर कमिटीको आयोजनामा २०७९ सालको बडा दशै तथा शुभदिपावालि को शुभकामना आदन-प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

                    इटहरीस्थित युवा विकास केन्द्र हलमा  नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका  नगर अध्यक्ष गणेश बुढाथोकि को अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख अतिथि पार्टी केन्द्रिय कमिटी उपाध्यक्ष घनेन्द्र बस्नेत, विशिष्ट अतिथि केन्द्रिय कमिटी सदस्य सुनसरी स-इन्चार्ज खेलकुद माहासंघ केन्द्रिय अध्यक्ष केशव कुमार बिष्ट,

309690386_179573037916521_8069838398435601403_n

केन्द्रिय कमिटी सदस्य सुन्सरी स- इन्चार्ज पिताम्बर तिम्सिना सुनसरी  जिल्ला अध्यक्ष गोबिन्द प्रसाद निरौला लगायत पदाधिकारीको उपस्तिथि रहेको थियो /  उक्त कार्यक्रममा   शुभकामना आदन-प्रदानका साथै  युवासंघ नेपाल इटहरी उप-महानगरको   पूर्ण कमिटि गठन गरेको छ  / सुमन खड्का  को अध्यक्षता मा गठन गरिएको कमिटि मा  उपाध्यक्ष सुभाष दाहाल , सचिव श्याम तामाङ, उपसचिव दीपक कटुवाल चुनिएका छन् ।

309933102_179573374583154_3626208120974136440_n