पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी नेपालमा नभएको दाबी गरेका छन् ।नेकपा एमालेको सोमबार(आज) पोखरामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गरे ।उनले भने, ‘मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजीवी छन् कि क्याहो भन्ने भयो । मैले शास्त्रका कुरा गर्छु, उनीहरु उखान टुक्का भन्छन् ।’ उखान टुक्का आफूले नभई कांग्रेसका नेताहरुले प्रयोग गर्ने उनको भनाइ थियो ।
इटहरी । इनरुवा नगरपालिकामा माओवादी पार्टीबाट उपमेयर पदको उम्मेदवारी दिएका ओके दाहालले इनरुवाको मुहार बदल्ने योजना आफूसँग रहेको बताएका छन् । दुई दशक लामो संघर्षमय राजनीतिक जीवन बिताएका दाहालले इनरुवालाई विकसित, व्यवस्थित बनाउने योजना आफूसँग रहेको बताएका छन् । उनले इनरुवावासीले आफूलाई मन पराएको र जित नजिक रहेको समेत दावी गरेका छन् । इनरुवामा उपमेयरसहित ३ वटा वडा जित्ने योजनामा आफ्नो पार्टी रहेको उनले बताएका छन् । कांग्रेस भित्रको अन्तरविरोध, गलत उम्मेदवार चयन, एमाले भित्रको गलत नेतृत्वको छनोट, जातिय सन्तुलनको असमझदारीलगायतका कारणले सबैभन्दा योग्य उपमेयर उम्मेदवार आफू नै रहेको उनल
इटहरी । इटहरी वडा नं.६ को वडा सदस्यका उम्मेदवार युवा व्यवशायी उमेश दाहालले आफूले जितेमा व्यवशायीक क्षेत्रको समस्या समाधान गर्ने बताएका छन् । होटल व्यवशायको क्षेत्रमा लामो समयदेखि सक्रिय दाहालले सबैको साझा हित र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।दुई दशकदेखि व्यवशायमा सक्रिय उनले आफूलाई सबै पार्टीका व्यवशायी र वडावासीको समर्थन रहेको बताएका छन् । उद्योग वाणिज्य संघमा तीन कार्यकालदेखि कार्यसमिति सदस्य रहेर नेतृत्वलाई सहयोग गर्दै आएका उनी लायन्स क्लबमार्फत् समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।उद्योगी व्यवसायि महासंघको जिल्ला उपसचिव, राष्ट्रिय वाणिज्य संघको नगरको सचिव हुँदै नेकपा एमालेक
धरान : नेकपा एमालेबाट धरान १४ का वडाध्यक्षका उम्मेदवार उत्तम आले मगरले वडालाई सुशासन, जनमैत्री र जबाफदेही बनाउँदै वडावासीको काम छिटो छरितो ढङ्गले गर्न र भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती अन्त्य गर्न आफ्नो वडाध्यक्षमा उम्मेदवारी भएको बताए । जनप्रतिनिधि शासक नभएर सेवक हो भन्ने अनुभूति वडावासीलाई दिलाउने समेत उनले दाबी गरे । आलेले धरानको धार्मिक पर्यटकीय स्थल विजयपुरको विकासमा सक्रिय भएर लाग्ने प्रतिबद्धता पनि जनाए । विजयपुरलाई धरानकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यकोरुपमा विकास गर्ने उनको योजना रहेको छ ।विजयपुरबासीले विश्वासका साथ मतदान गरी जनताको सेवकलाई विजयी बनाउन आफूलाई मतदान गर्न आग
काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नेता तथा कार्यकर्तालाई धम्क्याउन आफू भरतपुर नआएको बताएका छन् । भरतपुरमा आयोजित सभालाई आइतबार सम्बोधन गर्दै उनले स्थानीय तहको महत्वबारे धारणा राख्न भरतपुर आएको बताए ।म तपाईहरुलाई धम्क्याउको निम्ती यहाँ उपस्थित भएको छैन । म फकाउन र लोभ्याउनको लागि पनि उपस्थित भएको हैन । म सहयात्रीलाई घुक्र्याउन पनि उपस्थित भएको छैन,’ बादलले भने, ‘स्थानीय तह निर्वाचनको के महत्व छ भन्ने बारे धारणा राख्न चाहन्छु ।’अहिले देश ऐतिहासीक मोडमा आएको उनले जनाए । यो मोड नयाँ चुनौत र अवसर लिएर आएको उनले बताए । ‘आज हामीले स्थानीय तहको निर्वाचनबाट यी चुनौतीलाई कसरी स
सुनसरी | सुनसरीको गढी गाँउपालिकामा आश नारायण चौधरीको पक्षमा जनलहर देखिएको छ । नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार चौधरीको पक्षमा नेकपा एमालेका कार्यकर्ताको मात्र होइन अन्यदलका व्याक्तिहरुको पनि साथ सहयोग र समर्थन पाइएको छ । नेपाली काँग्रेस लगायत अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेशको लहरनै छाएको छ ।योग्य र कुशल व्यक्तिलाई एमालेले अध्यक्षमा उठाएको भन्दै उहाँको पक्षमा जनसर्मथम दिनदिनै अझ वलियो बन्दै गएको स्थानीयले वताएका छन् । अन्य दलका उम्मेदवारका लागि आशनारायण भारी बन्ने देखिएको छ । गढीमै जन्मे हुर्केर त्यहिँको माटोसँग गाढा सम्वन्ध बनाएका गरिबी निवारणको क्षेत्रमा दशक अघि देखि क्
चितवन / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताएका छन् । चितवनमा आइतबार आयोजित चुनावीसभामा बोल्दै अध्यक्ष ओलीले बजेट कसैको घरको सम्पत्ति नभएको बताएका हुन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने बताएका थिए ।उक्त कुराप्रति कटाक्ष गर्दै ओलीले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताएका हुन् । ‘बजेट दिन्न भन्ने कुरा तपाईंहरूले सुन्नु भएकै छ । के बजेट तिनको घरको सम्पत्ति हो ? तिनको गोजीको पैसा हो ? उनीहरूले दिन्न भनेर हुन्छ
इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा केही दिन देखि देखिएको यो दृष्यले धेरैको ध्यान आफु तर्फ तान्ने गरेको छ । सबैको ध्यान आफु तर्फ तान्ने काम एउटै मोटरसाईकलमा धेरै राजनैतिक दलका झण्डा र चुनाव चिन्ह लगाएर हिड्ने विनोद विश्वकर्माले गरिरहेका छन । सवैलाई अचम्मीत पार्दै हिड्ने विश्वकर्माले राजनैतिक दलका आस्थाका आधारमा समाजमा विवाद र झैझगडा गर्नु नहुने संदेश दिन आफुले धेरै दलहरुको झण्डा एकै ठाउँमा राखेको हिडिरहेको वताए । इनरुवा नगरपालिकाका विभिन्न ठाउँमा धेरै पार्टीको झण्डा मोटरसाईकलमा लगाएर कुदी रहने विश्वकर्माले सबै मिलेर गरिवी हटाउदै सुख शान्ती कायम गराउनु पर्ने तथा भष्ट्रचार अन्त
चितवन / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज चुनावी दौडाहमा छन् । आज बिहान काठमाडौंमा पत्रकार सम्मेलन सकाएर उनी रूपन्देहीमा आयोजित चुनावी सभामा सहभागी हुन पुगे । निर्धारित कार्यक्रमभन्दा निकै ढिलोगरी कार्यक्रममा पुगेका ओली यतिबेला चितवनको सभाका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।उनी रूपन्देहीको बुटवलबाट चितवनतर्फ लागेका हुन् । ओलीलाई लिनको लागि चितवनको कालिकाबाट पाँच सय मोटरसाइकलसहित युवाहरूको टोली भरतपुर विमानस्थल प्रस्थान गरेको छ ।भरतपुर विमानस्थलबाट स्कर्टिङ गरेर अध्यक्ष ओलीलाई कार्यक्रमस्थल नारायणगढको क्याम्पाचौरसम्म ल्याइनेछ । त्यसका लागि युवा संघका कार्यकर्ताहरू त्यसतर्फ प्रस्थान गरेका छ
बुटवल / एमाले अध्यक्ष केपी ओलीले २१औं शताब्दीको जनता कसैको धम्कीबाट नतर्सिने बताएका छन् । बुटवलमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीमा उत्रिएको भन्दै जनता कसैको धम्कीसँग नडराउने बताए।सत्ता गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएको ओलीको दाबी छ। जनतालाई थर्काएर र धम्काएर भोट नमाग्न गठबन्धनका नेतालाई आग्रह गर्दै भयरहित वातावरणमा निर्वाचन गर्नुपर्नेउनले बताए । एमाले युवादेखि वृद्धसम्म र किसानदेखि मजदुरसम्मको हित चिताउने पार्टी भएकाले कुनै अलमलमा नपरी एमालेलाई मतदान गर्न उनले आग्रह गरे । कांग्रेस नेतृत्वको सरकारले विकास निर्माणका कुनै आयोज
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.