ताप्लेजुङ । पाथीभरा याङ्वरक वडा नम्बर  ३ तिरिङ्गेमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

उक्त वडाको वडा अध्यक्षमा पूर्ण बहादुर तिवारी विजयी भएका हुन् । उनले ५२० मत ल्याएका छन् । 

त्यस्तै महिला सदस्य रन्जु लिम्बूले ५२३ मत प्राप्त गरेकी छन् भने दलित महिला सदस्य जसोदा नेपाली ले ४७० मत प्राप्त गरेकी छन् । 

साथै खुल्ला सदस्यहरुमा वीर बहादुर लिम्बुले ४४२ मत र धन बहादुर बस्नेतले ४९१ मत प्राप्त गरेका छन् ।