इटहरी । ताप्लेजुङमा एक सय २३ वटा मतदान केन्द्रको मतपेटिका सङ्कलन भइसकेको छ । एक सय २७ वटा मतदान केन्द्र रहेको ताप्लेजुङका एक सय २३ वटा मतदान केन्द्रको मतपेटिका सङ्कलन भइसकेको छ । मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठका अनुसार शुक्रबार बिहान करिब ३ बजेसम्म चार वटा केन्द्रका बाहेक सबै ठाउँका मतपेटिका आइसकेको हो । उहाँका अनुसार जिल्लाको उच्च हिमाली बस्तीका चार स्थानका मतपेटिका सङ्कलन हुन बाँकी रहेको छ ।फक्ताङलुङ गाउँपालिकाका ६ नम्बर वडा घुन्सा आधारभुत विद्यालय र ग्याब्ला प्रावि तथा ७ नम्बर वडाको ओलाङचुङगोला र जिल्लाको सबैभन्दा उच्च हिमाली बस्ती याङमा आधारभुत विद्यालयको मतपेटिका सङ्कलन हु
इटहरी । उदयपुर निर्वाचन क्षेत्र नम्बर १ को त्रियुगा मावि गाईघाटमा मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययका अनुसार मतपेटिका ढुवानी लगाएतका काम राति १२ बजेसम्म सकिएको र सर्वदलीय बैठक बसेर बिहान ३ बजेबाट मत गणना सुरू गरिएको हो । उदयपुर क्षेत्र नम्बर १ मा एकलाख ४२ हजार ८०४ कुल मतदाता मध्य ८० हजार ५९ मत खसेको छ ।उदयपुरको क्षेत्र नम्बर १ को त्रियुगा मावि गाईघाट र क्षेत्र नम्बर २ को उदयश्री क्याम्पस कटारी मा मतगणना स्थल तोकिएको छ । क्षेत्र नम्बर २ को पनि आज बिहान सम्म मतपेटिका आइसक्ने र बिहान १० बजेबाट गणना सुरू गर्ने तयारी गरिएको छ ।क्षेत्र न १ मा ४२० मत गणना गर्दा घण्टी १६३, सूर्य
इटहरी। झापा निर्वाचन क्षेत्र–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले सुरुआती अग्रता लिनुभएको छ ।जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई हजार ३०३ मत गणना हुँदा शाहले एक हजार ४७८ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका केपी शर्मा ओलीले ३८५ मत प्राप्त गर्नुभएको छ ।यसैगरी, क्षेत्र नं २ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगर अग्रस्थानमा हुनुहुन्छ । उहाँले एक हजार ५९९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका देवराज घिमिरेले २७५ मत प्राप्त गर्नुभएको छ ।
सुनसरी । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न मतदान पश्चात आज मतगण्ना सुरु गरिएको हो । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी, काँग्रेसका विजयकुमार गच्छादार र रास्वपाका अशोक कुमार चौधरीलाई प्रमुख प्रतिस्पर्धीको रुपमा हेरिएको छ । क्षेत्र नम्बर १ को मतगणनाका लागि सवर्दलीय बैठक बसेर गणना अघि बढाइने प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारीले जानकारी दिनुभएको छ । उहाँकाअनुसार क्षेत्र नम्बर २ र ४ मा सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकको सहमति पछि गणना सुरु हुने प्रजिअ अधिकारीले बताउनुभएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खोलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी हुनुभएको छ । ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी बन्नुभयो । अघिल्ला दुई निर्वाचनमा जितबाट झिनो मतान्तरले पराजित हुँदै आउनुभएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गर्नुभएको छ ।
इटहरी । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा देशभर करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । बिहीबार मतदान सम्पन्न भएपछि आयोगमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुल ६० प्रतिशत मतदान भएको आयोगको प्रारम्भिक अनुमान रहेको जानकारी दिनुभयो । उहाँले विस्तृत विवरण सङ्कलन जारी रहेको उल्लेख गर्दै छिटपुट घटना बाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक मतदान सम्पन्न भएको बताउनुभयो । उहाले दुर्गम १५ जिल्लाका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सङ्कलन गरिने जानकारी दिनुभयो । कार्यबाहक प्रमुख भण्डारीले मतपेटिका सङ्कलन भएपछि मतगणना तत्काल सु
इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगद्वारा निर्धारित समय अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो । मतदान सम्पन्न भएसंगै मतदान केन्द्रबाट मतपेटिकाहरु सम्बन्धीत क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा लगिएको छ । निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्र अन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ । आयोगले प्रत्यक्षतर्फको मतपरिणाम गणना सुरु भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने योजनाका साथ काम गरिएको जनाएको छ । प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि समानुपातिकतर्फको मतगणना सुर
इटहरी । ओखलढुंगाको मानेभन्ज्याङ ७ स्थित शहिद स्मृति आ।वि।सातसल्ले मतदान केन्द्रमा समानुपातिक तर्फ ४ मत खसेको छ ।प्रत्यक्ष तर्फ भने सो केन्द्रमा सून्य मत खसेको छ । प्रादेशिक अस्पताल बनाउने प्रक्रिया शुरु भएर पनि अस्पताल नबनेपछि त्यस मतदान केन्द्रमा मतदाता कसैले पनि मत हालेनन् ।बिहान ७ बजे देखि साँझ ५ बजेसम्म मतदान केन्द्र खुल्ला राखिएको तर एक जना पनि मतदान गर्न नआएको मतदान अधिकृत परवासी राईले बताइन् ।प्रादेशिक अस्पताल नबनेकोमा असन्तुष्टि जनाउँदै टोक्सेलका स्थानीयले मतदान बहिस्कार गरेको वडाअध्यक्ष विष्णु प्रसाद गौतमले बताए । निर्वाचन गराउन निर्वाचन केन्द्रमा खटिएका चार जना कर्मचारीले समानुपातिकत
इटहरी । झापा ५ मा ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार ६५ प्रतिशत मत खसेको छ ।५ का निर्वाचन अधिकृत विदुर कार्कीले दिएको जानकारीअनुसार ६५ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा एक लाख ६३ हजार ३७९ मतदाता थिए । झापा ५ यस निर्वाचनको ‘चुनावी इपिसेन्टर’ बनेको छ । उनका अनुसार आज नै सर्वदलीय बैठक बस्ने तयारी छ । सर्वदलीय बैठकपछि मात्रै मतगणनाको समय टुंगो लाग्नेछ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा लोकतन्त्रले जितेको बताएका छन् ।भदौ २३ र २४ गतको जेनजी बिद्रोहपछि फागुन २१ मा चुनाव गराउने जिम्मेवारीसहित प्रधानमन्त्री नियुक्त भएकी कार्की नेतृत्वको सरकारले तोकिएको समयमै निर्वाचन सम्पन्न गराएको हो ।बिहीबार देशभर एकाधबाहेक सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । मतदान गर्ने समय सकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका आगामी प्रधानमन्त्रीका प्रस्तावित उमेदवार बालेन शाहले प्रधानमन्त्री कार्कीको नेतृत्वमा लोकतन्त्रले जितेको बताएका हुन् ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.