इटहरी । सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार भगवती चौधरीप्रति मतदाताको आकर्षण क्रमश बढ्दै गएको छ । उहाँको शालीन अभिव्यक्ति संयमित प्रचार शैली तथा विकासमुखी छविका कारण स्थानीय तहमा सकारात्मक प्रतिक्रिया देखिएको बताइन्छ। चौधरीले आफूले गर्न नसक्ने झुट आश्वासन नदिने प्रतिस्पर्धी उम्मेदवारको व्यक्तिगत आलोचना नगर्ने भ्रष्टाचार नगर्ने तर सुशासनका पक्षमा दृढ रुपमा उभिने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ । उहाँका अनुसार राजनीति सेवा र परिणामसँग जोडिनुपर्ने विषय भएकाले व्यवहारमै देखिने कामलाई प्राथमिकता दिएको हो। उम्मेदवार चौधरीले अघिल्लो निर्वाचनमा विजयी भएपछि तीन वर्षको अवधिमा करिब ३ अर्ब २१ कर
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ । शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा ओलीले चुनावलाई निष्पक्ष, धाँधली रहित बनाउन सरकार गम्भिर नदेखिएको आरोप लगाउदै कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पार्नुभएको हो । उहाले प्रचार–प्रसार र निर्वाचनका क्रममा कुनै अनुचित क्रियाकपाल भए त्यसलाई रोक्नुपर्ने बताउनुभयो । ओलीले असंवैधानिक तरिकाले नभइ लोकतान्त्रिक र संवैधानिक बाटोबाट देशको समस्याको समाधान होस् भन्ने एमालेले चाहेको धारणा राख्नुभयो । उहाले मुलुकमा भइरहेको संसद भंग गरेर आगो लगाउने र
इटहरी । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशको नेपालसंग जोडिएको भारत र चीनको सिमानाकाहरुमा दुबै देशका सुरक्षा अधिकारीहरुले सुरक्षा सतर्कता बढाउने भएका छन् । भारततर्फ जोडिएको करिब ४ सय २८ किलोमिटर सिमा क्षेत्रमा दुबै देशका सुरक्षा अधिकारीहरुले संयुक्त गस्ती गर्ने सहमति भएको छ । यसैगरी ७२ घण्टा अगाडि अर्थात फागुन १८ गते देखि मतदान भएको राती १२ बजे सम्म नेपाल भारत सिमा सिल गर्ने सहमति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । कोशी प्रदेशको चीनसंगको करिब २ सय ५८ किलोमिटर सिमानामा त्यति समस्या नभएपनि
इटहरी । सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सुजन लामा ९३८ वर्ष० ले आफूलाई दोस्रो पुस्ताको एमाले नेताका रूपमा प्रस्तुत गरेका छन्। उनले बाल्यकालदेखि नै राजनीतिमा चासो राख्दै २०५४ सालको स्थानीय तह निर्वाचनमा आमाबुवासँगै पहिलो पटक एमालेको झण्डा बोकेर प्रचारप्रसारमा सहभागी भएको स्मरण गरेका छन्।उनी २०६५ सालदेखि सक्रिय राजनीतिमा लागेका हुन्। हाल उनी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को जिल्ला कमिटि सदस्यका रूपमा कार्यरत छन्। यसअघि २ नं। क्षेत्रीय कमिटि सदस्य, नगर कमिटि सचिवालय सदस्यजस्ता जिम्मेवारी सम्हालिसकेका छन्। साथै युवा संघ नेपाल मा जिल्ला अध्यक्ष हुँदै अहिले प्रदेश कम
इटहरी । मोरङ० स् ६० वटा मतदान स्थल र १ लाख २८ हजार ५४५ मतदाता रहेको मोरङ क्षेत्र नम्बर १ यसपटकको निर्वाचनमा अत्यन्त रोचक प्रतिस्पर्धाको केन्द्र बनेको छ। विगतका तीन निर्वाचन ९२०७०–२०७९० सम्म निरन्तर प्रतिस्पर्धा हुँदै आएको दुई प्रमुख पात्र — डिगबहादुर लिम्बू ९नेपाली कांग्रेस० र घनश्याम खतिवडा ९नेकपा एमाले० — मध्ये यसपटक लिम्बू मैदानमा छैनन्। यसले चुनावी समीकरणलाई नयाँ मोड दिएको विश्लेषकहरू बताउँछन्।कांग्रेसले पुरानो अनुहार हटाउँदै नयाँ नेतृत्वलाई अघि सार्ने रणनीति अपनाएको छ। सोहीअनुसार पार्टीले उर्लाबारी नगरपालिका का पूर्वप्रमुख खड्ग फागो लाई उम्मेदवार बनाएको छ। उनी स्थानीय तहको अनुभव र संगठनात
इटहरी । प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा सुनसरीमा उम्मेदवारहरू आ–आफ्ना एजेण्डा र प्रतिबद्धतासहित मतदाताको घरदैलोमा सक्रिय बनेका छन् । यही क्रममा सुनसरी क्षेत्र नम्बर ४ का जगदिश कुसियत (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) ले गाउँ–गाउँ पुगेर जनतासँग प्रत्यक्ष भेटघाट तथा संवादलाई तीव्रता दिनुभएको छ । यसपटक कुसियतले ‘स्थानीय उम्मेदवार’को पहिचानलाई मुख्य मुद्दा बनाउनुभएको छ । प्रदेशमन्त्री हुँदा सुरु गरिएका कोशी रिफ्रेसमेन्ट सेन्टर, पार्क निर्माण, सीमा जोड्ने सडक लगायतका योजनालाई उपलब्धिका रूपमा प्रस्तुत गर्दै उहाँले स्थानीयताको भावनालाई मतदातामाझ बलियो बनाउने प्रयास गरिरहनुभएको छ ।
इटहरी । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङ–१ मा सुरक्षा व्यवस्था उच्च सतर्कताका साथ कडा पारिएको छ। क्षेत्रका सबै मतदानस्थललाई संवेदनशील सूचीमा राखेर बहुस्तरीय सुरक्षा रणनीति लागू गरिएको सुरक्षा निकायले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेतको समन्वयमा सुरक्षा परिचालन तीव्र बनाइएको हो। इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन केन्द्र–केन्द्रमा सुरक्षा घेराबन्दी गरिएको छ। मोरङ–१ मा कुल १ लाख २८ हजार मतदाता रहेका छन्, जसमा लेटाङ नगर क्षेत्रमा करिब २८ हजार मतदाता छन्। लेटाङ नगरपालिकाभित्र
इटहरी । आगामी २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार मतदातालाई आफ्नो पक्षमा पार्न व्यस्त भइरहँदा मतदाता स्वयंसेवक भने मतदाता शिक्षा दिन व्यस्त छन् । मतदान प्रव्रिmयालाई सहज, सरल बनाउन, बदर हुने मत घटाउनका लागि आयोगले गत ३ गतेदेखि सुरु गरेको स्वयंसेवक १७ गतेसम्म परिचालन हुने छ । स्वयंसेवक टोल टोल÷घर घर पुगेर मतपत्रमा सही चिह्न कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी जानकारी दिइरहेका धनकुटा नगरपालिका–१ को स्वयंसेवक रोजिना राई बताउनुहुन्छ । विशेष गरी न
सुनसरी । प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्र पौडेल ले आफू विजयी हुने दाबी गरेका छन्। लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनले देशमा राजनीतिक अस्थिरताकै कारण सामाजिक, आर्थिक, भौतिक तथा राजनीतिक क्षेत्र कमजोर भएको बताएका छन्।सुनसरी–२ मा उनको चुनाव चिन्ह ‘ह्विलचेयर’ रहेको छ। फरक क्षमता भएका व्यक्ति स्वयं पौडेलले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, शिक्षा र अवसर सुनिश्चित गर्नु आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन्। उनले छात्रावास सुविधासहित अपाङ्ग विद्यालय स्थापना गरी त्यसलाई क्रमशः विश्वविद्यालयसम्म विस्तार गर्ने अवधारणा अघि सारेका
इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जथाभावी ड्रोन नउडाउन आग्रह गरेको छ । अनुमति लिएका ड्रोन समेत यो समयमा उडाउन नपाइने जिल्ला प्रशासन कार्यालय पाँचथरले सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको हो । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले विज्ञप्ति मार्फत फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सुरक्षाको दृष्टि संवेदनशीलतालाई ख्याल गर्दै यस्तो निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार प्रशासनबाट सञ्चालन अनुमति लिएका ड्रोनहरू फागुन १८ गतेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.