राजनीति

    Showing ७८१-७९० of २,३०० items.
  • इटहरीमा एमालेले बृहत जनजागरण सभा गर्दै

    इटहरी / नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरी जिल्ला कमिटिले इटहरीमा बृहत जनजागरण सभा गर्ने भएको छ ।पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार पार्टीको केन्द्रिय सर्कुलरले चैत २० गते बुधबार सुनसरीको इटहरीमा एमालेले बृहत जनजागरण सभा गर्ने तयारी गरेको हो ।अस्ति चैत्र १५ गते पूर्व राजा ज्ञानेन्द्र साहको उक्साहटमा पूर्व राजावादीहरुको अराजक समुहले काठमाडौ तीनकुने, कोटेश्वर र जडिवुटी लगायतका क्षेत्रमा देखाएको उदण्डता, अराजकता र हिंसाको नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी घोर भत्र्सना एवंम् विरोध गर्दै जनतालाई सचेतना र जागरणका लागि इटहरीमा बृहत जनजागरण सभा गर्ने जनाएको छ ।पा

    • प्रकाशित मितिः चैत १९, २०८१
    • ५९८ पटक पढिएको
  • पाँचथरबाट पत्रकारले पठाए प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

    इटहरी । पाँचथरका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र पठाउँदै पत्रकार हत्यामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ पाँचथर शाखा मार्फत पत्रकारहरूले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पत्र पठाएर प्रेस स्वतन्त्रता गतिविधि विरुद्व गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् । गत चैत १५ गते पूर्व राजाका समर्थकहरूको प्रदर्शनमा रिपोर्टिङ गरिरहेकै स्थानमा आगो लगाएर हत्या गरेका पत्रकार सुरेश रजकको हत्या गम्भीर प्रकृतिको अपराध भएकाले दोशीलाई न्यायिक कारबाही गर्नुपर्ने माग महासङ्घले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । नेपाल पत्रकार

    • प्रकाशित मितिः चैत १८, २०८१
    • ३९५ पटक पढिएको
  • हिंसात्मक आन्दोलन लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि प्रहार: मुख्यमन्त्री कार्की

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौंमा शुक्रबार भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आज बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् । उनले पत्रकार महासङ्घले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन  पत्रकारहरूलाई आग्रह गरे । उनले पत्रकारहरूको सुरक्षा र क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरक

    • प्रकाशित मितिः चैत १८, २०८१
    • ३४३ पटक पढिएको
  • जागरण अभियानमा एमाले विराटनगरद्वारा सरसफाई

    इटहरी । नेकपा एमाले विराटनगर महानगर कमिटीले ११ चैत देखि सञ्चालन गरेको जागरण अभियान अन्तर्गत सरसफाई कार्यक्रम गरेको छ । विराटनगरको तीनपैनीमा भेला भएका नेकपा एमालेका नेता कार्यकर्ताहरुले सडकमा रहेको फोहोर उठाउँदै झाडु लगाएर सफा गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्यहरु जीवन घिमिरे, रामलाल साह, नैनकला ओझा, प्रदेश कमिटी सदस्य एवम् विराटनगर महानगरका इन्चार्ज पर्शुराम बस्नेत, जिल्ला उपाध्यक्ष सागर थापा लगायतका नेताहरुको सहभागितामा भएको कार्यक्रममा विराटनगर महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको समेत उपस्थिती थियो । सरसफाई कार्यक्रम महानगरपालिकाको कार्यालय अघि पुगेर सम्पन्न भएको थियो । कार्यक्

    • प्रकाशित मितिः चैत १७, २०८१
    • ३८८ पटक पढिएको
  • कोशी प्रदेश सरकारद्वारा प्रदेश स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न

    इटहरी । आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि प्रदेश स्तरिय  योजना तर्जुमा गर्ने उद्येश्यका साथ सुनसरीको इटहरीमा  गोष्ठि सम्पन्न भएको छ । कोशी प्रदेश सरकार प्रदेश योजनका आयोगको आयोजनमा आइतबार प्रदेशस्तरिय आयोजना पहिचान तथा आयोजना तर्जूृमा गोष्ठि सम्मपन्न भएको हो ।  कोशी प्रदेश स्तरीय योजना तथा कार्यक्रम बजेट तर्जुमा गोष्ठीमा सुनसरी संघीय निर्वाचन  क्षेत्र नम्बर १ क र ख तथा संघीय निर्वाचन  क्षेत्र नम्बर ३ क र ख का प्रदेश संसदहरुले सहजीकरण गरेका थिए । गोष्ठिमा दुवै क्षेत्रमा पर्ने स्थानिय तहका प्रमुख ,उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरु सगै सरोकारवालहरुको उपस्थिती रहेको&n

    • प्रकाशित मितिः चैत १७, २०८१
    • ४१७ पटक पढिएको
  • केबुलकार निर्माण यथास्थितिमा राख्न सर्वोच्चको आदेश

    इटहरी । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा केबुलकार निर्माण भइरहेको कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरू यथास्थितिमा राख्न आदेश दिएको हो । केबुलकार निर्माण कार्य रोक्न अन्तरिम आदेशको समेत माग गरिएको हुनाले विषयवस्तु प्रकृति र गम्भीरतालाई हेरी हालसम्म भए गरेका कारबाहीहरू यथास्थितिमा राख्न आदेश दिइएको छ । अन्तरिम आदेश जारी गर्ने, नगर्ने सन्दर्भमा छलफल गर्न सर्वोच्च अदालतले चैत २६ गते दुबै पक्षलाई झिकाउने भएको छ । यता पाथीभरामा क्षेत्रमा केबुलकार निर्माणक

    • प्रकाशित मितिः चैत १७, २०८१
    • ३७१ पटक पढिएको
  • कोशी प्रदेशमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सम्पन्न

    इटहरी । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सम्पन्न भएको छ । बैठकमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी र प्रदेश सचिव रामप्रसाद आचार्यको उपस्थितिमा विपद् व्यवस्थापनका विभिन्न विषयमा छलफल गरिएको थियो । बैठकमा विपद् न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापना सम्बन्धी योजनाहरूलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो । मन्त्री भण्डारीले विपद् व्यवस्थापनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको भन्दै सबै स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रदेश सचिव

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ५०५ पटक पढिएको
  • सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न समिति गठन

    काठमाडौँ । नेपाल पत्रकार महासंघले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ। महासंघको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो। समितिमा महासंघका सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन सदस्य छन्। पूर्वराजा समर्थित समूहहरुले शुक्रबार तीनकुने क्षेत्रमा आगलागी, तोडफोडलगायत अराजक गतिविधिमा उत्रेका थिए। प्रदर्शनकारीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ३६२ पटक पढिएको
  • काठमाण्डौ तीनकुनेमा भएको घटनाको निन्दासहित क्षतिपूर्ति माग

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग तथा व्यवसाय महासङ्घले तीनकुनेमा भएको घटनाको निन्दासहित क्षतिको परिपूर्ति हुनुपर्ने माग गरेका छन् । दुवै महासङ्घले बेग्लाबेग्लै विज्ञप्ति निकालेर आन्दोलन तथा प्रदर्शनबाट सर्वसाधारण एवम् उद्यमी व्यवसायीको पेशा व्यवसाय, निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनीहरुले दोषीमाथि कारबाही हुनुपर्ने मागसहित यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गरेका छन् । महासङ्घले गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सबै उद्योगी व्यवसायीलाई सक्रिय रहन अनुरोध पनि गरेको छ

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ३६४ पटक पढिएको
  • पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनीविरुद्ध विरोध सभा

    काठमाडौं । पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनी लगायतका ज्यादतीविरुद्ध नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाले बनेपामा विरोध सभा गरेको छ । चैत १५ गते काठमाडौंमा राजावादी शक्तिले गरेको आन्दोलन अराजक र हिंस्रक हुँदा भएको पत्रकार सुरेश रजकको हत्या तथा सञ्चारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध महासङ्घले बनेपामा सभा गरेको हो । विरोध र्‍याली बनेपाको चारदोबाटो हुँदै चाँदनीचोक पुगेर सभामा परिणत भएको थियो । सभामा महासंघका पूर्व अध्यक्षहरू भोजराज तिमल्सिना, भोला थापा, महेशराज पौडेल, मोतीराम तिमल्सिना, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ३०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]