विराटनगर । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एमालेका रेवतीरमण भण्डारीले शपथ लिएका छन् । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमा नियुक्त गरेसँगै कोशी प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराए । सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारी यस अघि संविधान सभा सदस्य समेत थिए । नेकपा एमालेको भागमा परेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा रहेका लीलावल्लभ अधिकारी जापान जाने विषयमा विवादित भएपछि राजीनामा दिएका थिए ।
बिराटनगर / संखुवासभाबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य बिदुर लिङ्थेप नेकपा एमाले कोशी प्रदेशको प्रमुख सचेतक नियुक्ति हुनुभएको छ । नेकपा एमालेका संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज उहाँलाई नियुक्त गर्नुभएको हो ।संचेतक लिङ्थेप प्रदेश सभामा निर्वाचित हुनुअघि संखुवासभाको मादि नगरपालिकाको मेयर हुनुहुन्थ्यो । बिद्यार्थी राजनीतिबाट उहाँ सक्रिय राजनीतिमा आउनुभएको हो। प्रमुख संचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि खाली भएको संचेतकमा मुख्य मन्त्री कार्कीले उहाँलाई नियुक्त गर्नुभएको हो ।
भोजपुर | नेपाल तरुण दल भोजपुरले मंसिर २९ र ३० गते कोशी प्रदेशस्तरीय भेला आयोजना गर्ने भएको छ। यो भेला ट्याम्के मैयुम गाउँपालिकामा सम्पन्न हुने र यसमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङको प्रमुख आतिथ्य रहने छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा तरुण दल भोजपुरले यस महत्वपूर्ण कार्यक्रमको घोषणा गरेको हो।पत्रकार सम्मेलनमा तरुण दल भोजपुरका जिल्ला अध्यक्ष सरोज बस्नेतले यो भेला युवाका हकहित, बृत्ति विकास, रोजगारी, सम्मान, र सुरक्षाका सवालमा गहन बहस गर्नका लागि आयोजना गरिएको बताए। उनका अनुसार, कार्यक्रमले तरुण युवाहरुको आवाजलाई सशक्त बनाउन र तिनका आवश्यकतामा केन्द्रित नीतिगत पहललाई बलियो बना
विराटनगर । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एमालेका रेवतीरमण भण्डारीलाई नियुक्त गर्ने तयारी गरिएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा भण्डारीलाई नियुक्त गर्न लागेका हुन् । कोशी प्रदेश सभामा नेकपा एमालेको प्रमुख सचेतक रहेका भण्डारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गर्नंं लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारीको अहिले साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको छ। नेकपा एम
मोरङ । मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् ।माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५३३३ मत ल्याएर दोस्रो भए । यहाँ एमालेका तुलसीराम विश्वासले ४१५९ मन ल्याएका छन् ।यस्तै राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत पाए ।ग्रामथानमा यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए । माओवादीका विजयकुमार सरदार तेस्रो भएका थिए ।
सुनसरी / सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा साहुले ८ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले ७ सय ९४ मत प्राप्त गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार शन्तु उरावले ७ सय ७० मत प्राप्त गरेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कबिताकुमारी उरावले ८७ गरेकी थिइन् ।वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले ३३, जनमत पार्टीका सिताराम यादवले ३०, समावेशी समाजवाद
इटहरी । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्य सूचीमा राखेर वर्गीकरण गरेको छ । जिल्ला सुरक्षा समितिले ग्रामथानमा उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएकोमा ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको प्रजिअ भट्टराईले बताए । विगतका निर्वाचनमा भएका झगडा, विवाद र मत
काठमाण्डौं : नेपाल खेलकुद महासंघले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई राष्ट्रिय खेलकुद प्रतियोगिता लगायतको मिति तोक्न माग गर्दै ध्यानाकर्षण पत्र पठाएको छ । आज महासंघको कार्यवाहक अध्यक्ष धर्मकुमार श्रेष्ठको नेतृत्वमा गएको महासंघको टोली मन्त्री चौधरीको ध्यानाकर्षण गराएको हो ।त्यस्तै , महासंघले राष्ट्रिय खेलकुद प्रतियोगिता अगाडी प्रदेशहरूमा पठाउनु पर्ने बजेट अविलम्ब पठाउनु पर्ने , राष्ट्रिय खेलकुद परिषद्को बैठक बोलाउनु पर्ने , राखेपमा रिक्त पदमा यथासिध्र नियुक्ति गर्नु पर्ने लगायत बिषयमा मन्त्रीको ध्यानाकर्षण गराएको हो । त्यस्तै , महासंघले खेलाडीको विदेश पलायनलाई र
तेह्रथुम / नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिव ढुंगाना निर्वाचित भएका छन् । तेह्रथुमको १२ औं जिल्ला अधिवेशनमा संस्थापन पक्षका गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै ढुंगाना निर्वाचित भएका हुन् ।४ मंसिरबाट सुरु अधिवेशनमा नेतृत्वका लागि बिहीबार भएको मतदानमा ढुंगाना २३६ मतसहित विजयी हुँदा अध्यक्षका उम्मेदवार श्रेष्ठले २०४ मत ल्याएका थिए । अध्यक्ष निर्वाचित भएका ढुंगाना पूर्व जिल्ला समन्वय समिति प्रमुख हुन् ।एमाले तेह्रथुमको उपाध्यक्षमा सन्तोष तिगेला निर्विरोध निर्वाचित भए । सचिव तारा मादेन विजयी भए । उपसचिवमा यादव खापुङ निर्वाचित भए । महिला उपसचिव तारा ढकाल १७५ मतसहित निर्वाचित भइन् ।&nb
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।प्रहरीले आइतबार पाँचौं पटक लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश हेमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभएको छ । सहकारी बचत अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरेर प्रहरीले लामिछानेलाई पोखरा पुर्याएपछि आज पाँचौं पटक म्याद थ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.