समाचार

    Showing १९१-२०० of १२,७८५ items.
  • पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

    इटहरी।ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर सडक अवरूद्ध भइरहँदा सिद्धिचरण लोकमार्ग भएर यात्रा गर्ने यात्रु सास्ती भोग्न बाध्य छन् ।

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ३२ पटक पढिएको
  • सिलिगुडी घुम्न निस्किएका भद्रपुरका मामा–भान्जाको भारतमा दुर्घटनामा मृत्यु

    इटहरी :  सिलिगुडी घुम्न मोटरसाइकलमा निस्किएका झापाको भद्रपुरका मामा–भान्जाको भारतको बतासीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ। भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीका २५ वर्षीय विजय सहनी र उनका मामा ३१ वर्षीय अशोक सहनीको दुर्घटनामा मृत्यु भएको हो।प्राप्त विवरणअनुसार विजयले भदौ ११ गते जन्मदिन मनाएका थिए। फुर्सदको समय सदुपयोग गर्दै उनी मामा अशोकसँगै सोमबार बिहान करिब ७ बजे मोटरसाइकलमा सिलिगुडी घुम्न घरबाट निस्किएका थिए। सिलिगुडी जाने क्रममा भारतको पश्चिम बंगालस्थित बतासी अधिकारी बाइपास रोडअन्तर्गत केलाबारी क्षेत्रमा तीव्र गतिमा आएको आर्टिका कारले उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ५४ पटक पढिएको
  • विपत्तिमा झापा गोल्डकपको साथ, भोटेकोसी बाढीपीडितलाई १ लाख १ हजार

    इटहरी : भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहतका लागि झापा गोल्डकपले १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।झापा गोल्डकप सचिवालयको बिर्तामोडमा बसेको बैठकले बाढीबाट प्रभावित नागरिकको राहतका लागि गोल्डकपको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै कैयौँ परिवार विस्थापित भएको अवस्थामा पीडितको राहतमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको गोल्डकपले जनाएको छ। देशकै प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा स्थापित झापा गोल्डकपले खेलकुद गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको छ। विपत्त

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ४७ पटक पढिएको
  • मोरङको मिक्लाजुङको जंगलमा लुकाइएका तीन थान भरुवा बन्दुक भेटिए

    इटहरी : मोरङको मिक्लाजुङ गाउँपालिका–६ लालमारीस्थित मयुर सामुदायिक वनबाट प्रहरीले तीन थान घरेलु भरुवा बन्दुकसहित बन्दुक बनाउन तथा प्रयोग गर्न आवश्यक सामग्री बरामद गरेको छ।चोरी–सिकार हुने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले आइतबार साँझ वन क्षेत्रमा गस्ती गरेको थियो। गस्तीका क्रममा झाडीभित्र शंकास्पद अवस्थामा एउटा बोरा फेला परेपछि प्रहरीले खोलेर जाँच गरेको थियो। बोराभित्र तीन थान घरेलु भरुवा बन्दुक, एक थान फलामको नाल, १९ ग्राम २४० मिलिग्राम बारुद, ९८ वटा फलामका बेरिङ र १३ वटा फलामका टुक्रा फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले ज

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ३४ पटक पढिएको
  • ग्यास लिक हुँदा भान्सामै सल्कियो आगो, श्रीमान–श्रीमती घाइते

    इटहरी :  मोरङको बूढीगंगा गाउँपालिकामा ग्यास लिक भएर आगलागी हुँदा एक दम्पती घाइते भएका छन् । सोमबार बिहान भएको घटनामा बूढीगंगा–४ प्रगति टोल बस्ने ४६ वर्षीया सुष्मा भण्डारी र उनका श्रीमान ५० वर्षीय केशव भण्डारी घाइते भएका हुन् ।प्रहरीका अनुसार बिहान करिब ६ बजेतिर सुष्माले घरको भान्सामा चिया पकाउन ग्यास बाल्ने क्रममा अचानक ग्यास लिक भएको थियो । ग्यास लिक भएर सल्किएको आगो उनको शरीरमा लागेको थियो ।  आगलागीबाट सुष्माको टाउको, अनुहार, बायाँ हात तथा दुवै खुट्टामा चोट लागेको छ । उनको शरीरको करिब ४० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको छ ।श्रीमतीको शरीरमा लागेको आ

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ३३ पटक पढिएको
  • विराटनगरको सडकमा गम्भीर अवस्थामा भेटिएका पुरुषको मृत्यु

    इटहरी। विराटनगरको सडकमा गम्भीर अवस्थामा भेटिएका एक जना पुरुषको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका–९ स्थित चुलाचुली मार्गमा सोमबार बिहान करिब ७ बजेतिर एक जना पुरुष बिरामी तथा गम्भीर अवस्थामा सडकमा रहेको जानकारी प्रहरीले प्राप्त गरेको थियो । जानकारी पाएलगत्तै सीआरभी घोघा पुलबाट असई रामकुमार यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनको उद्धार गरेको थियो । प्रहरीले उपचारका लागि ती पुरुषलाई कोशी अस्पताल पुर्‍याएको थियो ।तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतकको पहिचान खुल्न सकेको छैन । पहाडे समुदायका जस्तो देखिने अन्दाजी ४५ वर्षीय पुरुषको पहिचान खुलाउने प्रयास भइरहेको

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ३३ पटक पढिएको
  • मेला घुम्न गएका खोटाङका शिक्षकको हत्या, एउटै गाउँका ११ जना पक्राउ (नामावलीसहित)

    इटहरी : केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका ११ जनाको नामावली प्रहरीले सार्वजनिक गरेको छ ।भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेस्थित माबुमा लागेको भदौरे मेला घुम्न गएका ३९ वर्षीय शिक्षक राईको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका ११ जनाको नामावली जिल्ला प्रहरी कार्यालय भोजपुरले आइतबार सार्वजनिक गरेको हो । शिक्षक राईको हत्या आरोपमा पक्राउ पर्नेमा सुङ्देलका सागर कोयी राई, प्रतीक राई, निशान राई, सुशील राई, अमर राई, उमेश दुमीराई, तारादेवी राई, सुमिता राई, तेजकुमारी राई, देविका राई र चन्द्रकला राई र

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ६१ पटक पढिएको
  • भोटेकोसी बाढी स् मृत्यु हुनेको संख्या ९०० नाघ्यो, ४२ सय ४७ जना सम्पर्कविहीन

    इटहरी। चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएको संख्या ९०० नाघेको छ । सोमबार ९भदौ १५० बिहान ९ बजेसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।  सबैभन्दा धेरै शव चितवनमा भेटिएको छ । रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०मा २०७, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०मा १५१, तनहुँमा ३७ र चितवनमा २७२ ९विभिन्न मानव अंगसहित० शव फेला परेको प्राधिकरणले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ९० पटक पढिएको
  • दमक नगरपालिकाद्वारा सहयोगको निर्णय

    दमक नगरपालिकाद्वारा सहयोगको निर्णयइटहरी दमक नगरपालिकाले बाढीपीडितको राहतका लागि ३१ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । शनिबार बसेको नगर कार्यपालिकाको आपत्कालीन बैठकले उक्त रकम प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो । नगरप्रमुख रामकुमार थापाका अनुसार उक्त राहत रकमका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकले योगदान गर्ने छन् । नगरपालिकाको स्थानीय दैवीप्रकोप कोषमार्फत सहयोग गरिने जनाइएको छ । झापामा अहिलेसम्म सबैभन्दा बढी आर्थिक सहयोगको घोषणा गर्ने पालिका दमक बनेको छ । नगरप्रमुख थापाका अनुसार बैठकले बाढी प्रभावित क्षेत्रमा आवश्यकता अनुसार परिचालन गर्न स्वास्थ्यकर्मीको टोलीसमेत तया

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ५१ पटक पढिएको
  • रुद्राक्षखेतीप्रति किसानको आकर्षण बढ्दै

    इटहरी भोजपुरका किसानका लागि रुद्राक्षखेती  आम्दानीको राम्रो स्रोत बन्दै गएको छ ।  जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रम सुरु भएको छ । रुद्राक्षको विक्रीवितरण समेत सुरु भएको छ । रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार गत वर्ष भोजपुरबाट करिब रु एक अर्ब रुपियाँ बराबरको रुद्राक्षको कारोबार भएको थियो । जिल्लामा वार्षिक करिब ११ लाख किलोग्राम रुद्राक्ष उत्पादन हुने उहाँले जानकारी दिनुभयो । एउटै दानाबाट किसानले लाखौँ आम्दानी लिने गरेको उहाँको भनाइ छ ।  भोजपुरको षडानन्द नगरपालिकमा पर्ने दिङ्ला क्षेत्रका अधिकांश स्थानीयले रुद्रा

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ६७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]