इटहरी । आगलागीका कारण करिब एक वर्षदेखि बन्द रहेको झापाको बिर्तामोडस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ।पुनर्निर्माण तथा आवश्यक व्यवस्थापनको काम पूरा भएपछि स्टोर आइतबारदेखि ग्राहकका लागि खुला गरिएको हो। गत वर्ष भदौ २४ गते भएको आगलागीबाट स्टोरमा क्षति पुगेपछि सेवा बन्द गरिएको थियो। लामो समयको पुनर्निर्माणपछि भाटभटेनीले पुरानै स्थानबाट कारोबार पुनः सुरु गरेको हो। भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले विज्ञप्तिमार्फत बिर्तामोड स्टोर पुनः सञ्चालनमा आएको जानकारी दिएका छन्। उनले ग्राहकको सुविधालाई केन्द्रमा राख्दै आधुनिक सेवा र गुणस्तरीय सामग्री उपलब्ध गराउ
इटहरी स् भोटेकोशीमा आएको बाढीपछि रोजगारीका क्रममा रसुवा पुगेका भोजपुरका चार जना सम्पर्कविहीन भएका छन्। बाढीपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा टेम्केमैयुङ गाउँपालिका–९ का ३१ वर्षीय प्रभाकर दङ्गाल, भोजपुर नगरपालिका–७ का ५९ वर्षीय गोविन्द राई, षडानन्द नगरपालिका–९ किमालुङका ४७ वर्षीय निमा लाक्पा शेर्पा र पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका ६६ वर्षीय गोपी राई छन्। दङ्गाल रसुवाको मैलुङस्थित सैनिक पोस्टमा कार्यरत थिए। राई र शेर्पा दुसन हाइड्रोपावर कम्पनीमा कार्यरत रहेको प्रहरीले जनाएको छ। त्यस्तै गोपी राई तु
इटहरी स् प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। समाजको आइतबार सम्पन्न बैठकले विपत्तिबाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सरकारको कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।समाजका अध्यक्ष महेन्द्र चम्लगाईंले सामाजिक सञ्जालमार्फत बैठकको निर्णय सार्वजनिक गरेका छन्। उनले विपत्तिबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहत, उद्धार र पुनर्स्थापनाको अभियानमा समाज ऐक्यबद्धताका साथ रहने प्रतिबद्धता जनाएका छन्। पछिल्लो समय देशका व
इटहरी स् मोरङको मिक्लाजुङमा कच्ची सडकबाट ट्याक्टर खस्दा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन्। मिक्लाजुङ गाउँपालिका–१ लोकडाँडास्थित शुके–जौवारी कच्ची सडकमा शनिबार राति करिब १० बजे दुर्घटना भएको हो। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ९१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।दुर्घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ हंशबारीका २६ वर्षीय ट्याक्टर चालक शुक्र दमाई गम्भीर घाइते भएका थिए। स्थानीयको सहयोगमा उद्धार गरी उनलाई उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पुर्याइएको थियो।अस्पताल पुर्याएको केह
इटहरी स् फक्ताङलुङ गाउँपालिकाका दुई वडालाई जोड्ने तमोर नदीमाथि मोटर गुड्ने बेल ब्रिज निर्माण सम्पन्न भएको छ। पुल तयार भएसँगै उत्तरी क्षेत्रका बस्तीमा यातायात आवागमन सहज हुने भएको छ। फक्ताङलुङ गाउँपालिका–५ तापेथोक र वडा–६ लेलेप जोड्ने गरी तमोर नदीमा पुल निर्माण गरिएको हो। तमोर इनर्जी प्रालिको पहलमा निर्माण भएको पुलको लम्बाइ ५४।८ मिटर र चौडाइ ४।५ मिटर छ।माथिल्लो तमोर जलविद्युत आयोजनाका अनुसार पुल निर्माणमा ७ करोड ८५ लाख १९ हजार १ सय ७६ रुपैयाँ खर्च भएको छ। मोटर गुड्न मिल्ने गरी निर्माण गरिएको पुलले जलविद्युत आयोजना क्षेत्रसँगै स्थानीय बस्तीलाई समेत सडक सञ्जालसँग जोड्न सहयोग पुग्ने अप
इटहरी स् विराटनगरमा मुसाले काटेको विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का अन्दाजी ४५ वर्षीय मनोजकुमार राजवंशी रहेका छन् ।राजवंशी विराटनगर महानगरपालिका–१३ स्थित साल्ट ट्रेडिङ नजिकै सुरेन्द्र थापाको घरमा डेरा गरेर बस्दै आएका थिए । कोठामा मुसाले काटेको वाइरिङको तार जोड्ने क्रममा उनलाई अचानक शनिबार राति करिब ११ः३० बजेतिर करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका राजवंशीलाई तत्काल उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा
इटहरी । सप्तकोशीका सहायक नदीहरूमा पानीको बहाव बढिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।प्रहरीले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो। प्रहरीले नदी तटीय क्षेत्रमा माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउनेलगायतका गतिविधि नगर्न आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहनसमेत प्रहरीले अनुरोध गरेको छ।
इटहरी। सप्तकोशीका माथिल्लो क्षेत्रमा रहेका सहायक नदीमा पानीको बहाव बढेपछि कोशी क्षेत्रमा स्थानीयलाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार सूचना जारी गर्दै सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढिरहेको जानकारी दिँदै बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो ।प्रहरीले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउनेजस्ता जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राखी नागरिकलाई सचेत रहन तथा आवश्यक सुरक्षाका उप
इटहरी। मोरङको तराईमा बसोबास गर्ने अति विपन्न समुदायकी चन्द्रिका ऋषिदेव ९मुसहर० स्नातक तह पढ्ने समुदायकी एक्ली बुहारी हुनुहुन्छ । मोरङको कानेपोखरी–२, दलेलीको ऋषिदेव बस्तीकी २३ वर्षीय चन्द्रिका हाल रमाइलो बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र सङ्कायमा स्नातक तह दोस्रो वर्ष अध्ययन गरिरहनुभएको छ । विद्यालय पढ्दापढ्दै पाँच वर्षअघि बिहे भएपछि चन्द्रिकाको पढ्ने इच्छा खोसिन लागेको थियो तर सासू श्रीदेवी र ससुरा धुनीरामले घरायसी काम सघाएर चन्द्रिकालाई क्याम्पस जान रोक्नुभएन । श्रीमान्को पनि भरपुर साथ पाउनुभयो । आफू नपढे पनि श्रीमान्ले पढ्न नरोकेको चन्द्रिका बताउनुहुन्छ । विद्यालयमा प्राथमिक तह पढ्दा चन्
इटहरी। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सर्वसाधारणका लागि जाजु ग्रुप तथा शारडा ग्रुपले करिब ६० लाख रुपियाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ।जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाइ फुड्स लिमिटेडका प्रबन्ध निर्देशक महेश जाजुले बाढीपीडितका लागि राहत सामग्री स्थानीय प्रशासनसँग समन्वय गरी सोमबार पठाउने जानकारी दिनुभयो । पूर्वी नेपालको अग्रणी औद्योगिक घरानाको रूपमा रहेको जाजु ग्रुप र शारडा ग्रुपले सञ्चालन गर्दै आएको सुनसरीको सोनापुरस्थित एसियन थाइ फुड्स लिले एक लाख प्याकेट रमपम चाउचाउ, एक लाख प्याकेट गुडलाइफ बिस्कुट र एक लाख प्याकेट जुस गरी करिब ६० लाख रुपियाँ बराबरको राहत सा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.