समाचार

    Showing २५१-२६० of १२,८१८ items.
  • सप्तकोशीका सहायक नदीमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

    इटहरी। सप्तकोशीका माथिल्लो क्षेत्रमा रहेका सहायक नदीमा पानीको बहाव बढेपछि कोशी क्षेत्रमा स्थानीयलाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार सूचना जारी गर्दै सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढिरहेको जानकारी दिँदै बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो ।प्रहरीले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउनेजस्ता जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राखी नागरिकलाई सचेत रहन तथा आवश्यक सुरक्षाका उप

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ४८ पटक पढिएको
  • ऋषिदेव समुदायबाट स्नातक पढ्ने एक्ली बुहारी

    इटहरी। मोरङको तराईमा बसोबास गर्ने अति विपन्न समुदायकी चन्द्रिका ऋषिदेव ९मुसहर० स्नातक तह पढ्ने समुदायकी एक्ली बुहारी हुनुहुन्छ । मोरङको कानेपोखरी–२, दलेलीको ऋषिदेव बस्तीकी २३ वर्षीय चन्द्रिका हाल रमाइलो बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र सङ्कायमा स्नातक तह दोस्रो वर्ष अध्ययन गरिरहनुभएको छ । विद्यालय पढ्दापढ्दै पाँच वर्षअघि बिहे भएपछि चन्द्रिकाको पढ्ने इच्छा खोसिन लागेको थियो तर सासू श्रीदेवी र ससुरा धुनीरामले घरायसी काम सघाएर चन्द्रिकालाई क्याम्पस जान रोक्नुभएन । श्रीमान्को पनि भरपुर साथ पाउनुभयो । आफू नपढे पनि श्रीमान्ले पढ्न नरोकेको चन्द्रिका बताउनुहुन्छ । विद्यालयमा प्राथमिक तह पढ्दा चन्

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ३३ पटक पढिएको
  • बाढीपीडितलाई एसियन थाइ फुड्सको ६० लाखको राहत

    इटहरी। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सर्वसाधारणका लागि जाजु ग्रुप तथा शारडा ग्रुपले करिब ६० लाख रुपियाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ।जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाइ फुड्स लिमिटेडका प्रबन्ध निर्देशक महेश जाजुले बाढीपीडितका लागि राहत सामग्री स्थानीय प्रशासनसँग समन्वय गरी सोमबार पठाउने जानकारी दिनुभयो । पूर्वी नेपालको अग्रणी औद्योगिक घरानाको रूपमा रहेको जाजु ग्रुप र शारडा ग्रुपले सञ्चालन गर्दै आएको सुनसरीको सोनापुरस्थित  एसियन थाइ फुड्स लिले एक लाख प्याकेट रमपम चाउचाउ, एक लाख प्याकेट गुडलाइफ बिस्कुट र एक लाख प्याकेट जुस गरी करिब ६० लाख रुपियाँ बराबरको राहत सा

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • २४ पटक पढिएको
  • रसुवा बाढी प्रभावितलाई धरानको मितेरी डेभलपमेन्ट बैंकद्वारा १० लाख सहयोग

     : रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानले १० लाख रुपैयाँ सहयोग गरेको छ। बैंकका सञ्चालक तथा कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकमको चेक शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई हस्तान्तरण गरिएको बैंकका किसन मास्केले जानकारी दिए।  बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले सञ्चालक समिति तथा कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रदान गरिएको मास्केले बताए।&n

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ८९ पटक पढिएको
  • विपत्तिमा सहयोग अग्रपङ्क्तिमा निजी क्षेत्र

    करिब ६० लाख रुपियाँ बराबरको राहत सामग्री राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमार्फत हस्तान्तरण गर्नुहुँदै नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष पवनकुमार शारडा ।विराटनगर, भदौ १४ गते । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको सङ्कटमा सहयोग गर्न विराटनगरका उद्योगी व्यवसायी अग्रसर भएका छन् । व्यावसायिक संस्थाले राहतका लागि नगद र सामग्री सहयोग गर्न थालेका छन् भने आफ्ना सदस्यलाई पनि सहयोगका लागि आग्रह गरेका छन् ।   उद्योग सङ्गठन मोरङले बाढीपीडितको राहतका लागि १५ लाख रुपियाँ सरकारलाई उपलब्ध गराएको छ । नेपाल उद्योग परिसङ्घ कोशीले करिब ६० लाख रुपियाँ बराबरको राहत सामग्री राष्ट

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ४२ पटक पढिएको
  • भोटेकोशी बाढीः ७३४ को मृत्यु, दुई हजार ४९८ सम्पर्कविहीन

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले प्रभावित पारेको क्षेत्र ।काठमाडौँ, भदौ १४ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य जारी रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजेसम्मको अपडेट सार्वजनिक गर्दै बाढीबाट ठुलो मानवीय क्षति भएको जनाएको छ।  प्राधिकरणका अनुसार विभिन्न जिल्लामा गरी ७३४ जनाको शव फेला परेको छ। सबैभन्दा धेरै मानवीय क्षति चितवनमा भएको छ भने नवलपरासी पूर्व, गोरखा, धादिङ, नुवाकोट, रसुवा, तनहुँ र नवलपरासी पश्चिममा समेत ठुलो क्षति भएको छ।  चितवनमा २५९, रसुवामा १२, नुवाकोटमा ५२, धादिङमा ५०, ग

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ५३ पटक पढिएको
  • रोटर्याक्ट क्लब अफ सुनसरीको पाँचौँ पदस्थापना, निशा नायडुको नेतृत्वमा नयाँ कार्यसमिति

    इटहरी । रोटर्याक्ट क्लब अफ सुनसरीको पाँचौँ पदस्थापना कार्यक्रम इटहरी आइएसएमटी कलेज इटहरीमा सम्पन्न भएको छ। समारोहबाट रोटा वर्ष २०२६/२७ का लागि  निशा नायडुको अध्यक्षतामा भएको नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष श्रीचा पराजुली, उपाध्यक्ष शृष्टिका घिमिरे, सचिव मनिला ढकाल र कोषाध्यक्ष आस्मा दुलाल रहनुभएको छ।त्यस्तै कञ्चन निरौला सह सचिव तथा क्लब फाउन्डेसन चेयर, श्रेस्ता भट्टराई आइटि अफिसर तथा सर्जेन्ट एट आर्म्स , प्रेक्ष्या आचार्य क्लब सर्भिस चेयर, डेनिला ढकाल क्लब प्रोफेसनल चेयर, प्रकृति भटवाल इन्टरनेसनल सर्भिस चेयर, अग्रिमा पराजुली क्लब मेम्बरसिप चेयर  तथा रोडट्र्याक युगल लिडर्स कन्ट्या

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ६८ पटक पढिएको
  • फिफा यू–१५ विश्वकपका लागि कोशी प्रदेशमा खेलाडी छनोट आजदेखि, धरानमा २७२ प्रतिभाको प्रतिस्पर्धा

    इटहरी । अजरबैजानमा आयोजना हुने फिफा यू–१५ विश्वकप एन्ड फेस्टिभल २०२६ का लागि नेपाली टोली छनोट प्रक्रिया अन्तर्गत कोशी प्रदेशस्तरीय खेलाडी छनोट धरानमा सुरु भएको छ । देशभरका जिल्ला छनोटबाट छनोट भएका युवा फुटबल खेलाडीमध्ये कोशी प्रदेशबाट २७२ जना  खेलाडी प्रदेशस्तरीय छनोटमा सहभागी भएका छन्। उनीहरूबीच धरानस्थित एन्फा एकेडेमीमा शनिबार सुरूभएको छनौट  प्रतियोगिता आइतबार  सम्म चल्ने छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४९ जिल्लामा सञ्चालन गरेको खुला छनोटबाट उत्कृष्ट खेलाडीलाई प्रदेशस्तरीय छनोटमा पठाएको हो। कोशी प्रदेश अन्तर्गत सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, ध

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • २३६ पटक पढिएको
  • भदौरे पूर्णिमा मेलामा अध्यक्ष तिगेलाको घोषणा: एक महिनाको सेवा–सुविधा भोटेकोसी बाढीपीडितलाई सहयोग गर्ने

    इटहरी । भदौरे पूर्णिमा मेला तथा सातौँ छथर गाउँपालिका अध्यक्ष कप सांस्कृतिक तथा सांगीतिक कार्यक्रम–२०८३ भव्य रूपमा सञ्चालन भइरहेको छ । छथर गाउँपालिकाको आयोजनामा भदौ १ गतेदेखि सुरु भएको मेला भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । मेलाका अवसरमा आयोजित कार्यक्रममा छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला लिम्बुले आफ्नो एक महिनाको सेवा–सुविधा बापत प्राप्त हुने रकम भोटेकोसीमा आएको भीषण बाढीका कारण विपद्मा परेका नागरिकको सहयोगका लागि जम्मा गर्ने घोषणा गर्नुभएको छ । भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरू प्रभावित भइरहेका बेला अध्यक्ष तिगेलाले आफ्नो सेवा–सुविधाको रकम विपद्

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • १७४ पटक पढिएको
  • ताप्लेजुङमा सापारु प्रदर्शनसहित गाईजात्रा पर्व मनाइयो

    इटहरी । ताप्लेजुङमा शनिबार गाईजात्रा पर्व मनाइएको छ । यहाँका नेवार समुदायको आयोजनामा सापारु ९ख्याग० प्रदर्शनसहित गाईजात्रा पर्व मनाइएको हो ।जिल्लास्थित नेपाल भाषा तथा सांस्कृतिक समाजको आयोजनामा सदरमुकाम फुङ्लिङमा गाईजात्रा पर्व मानइएको हो । पछिल्लो वर्ष निधन भएको आफन्तको सम्झानामा सापारु प्रदर्शन गरी गाईजात्रा पर्व मनाइएको समाजका जिल्ला अध्यक्ष शङ्कर श्रेष्ठले बताउनुभयो ।अध्यक्ष श्रेष्ठका अनुसार यसवर्ष दिवंगत हुनुभएका फुङ्लिङ नगरपालिका–४ का पर्शुराम श्रेष्ठ, वडा ४ कै धीरेन श्रेष्ठ र वडा ५ का किशोर श्रेष्ठको सम्झानामा सापारु निकालिएको हो । दिवंगत भएकाहरूको मृतआत्माको चीरशान्ति तथा सहज बैकु

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • १२४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]