सुनसरी - राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)को अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन् । एशोसिएनको प्रथम साधारणसभा तथा महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सभाले एशोसिएसनको बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउतलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्ष (पुरुष) मा बालगोपाल श्रेष्ठ, उपाध्यक्ष (महिला) मा सरिता भण्डारी, उपाध्यक्ष (कोशी प्रदेश) मा डा.सञ्जिव कुमार यादव, उपाध्यक्ष (मधेस प्रदेश) मा संजय कुमार प्रसाद, उपाध्यक्ष (बाग्मती प्रदेश) दिल बहादुर श्रेष्ठ, उपाध्यक्ष (गण्डकी प्रदेश) मा डा.प्रफुल्ल चन्द्र यादब, उपाध्यक्ष (लुम्बिनी प्रदेश) मा शालिक राम भु
खोटाङ / कोशी प्रदेशको नाम खारेजीको मागमा आन्दोलन चर्काउनका लागि खोटाङमा एक हजार २०३ सदस्यीय पुन: नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको छ ।कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दबाबमुलक आन्दोलनलाई सशक्त बनाउनका लागि किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातको संयोजकत्वमा पुन: नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको हो ।आइतबार ज्येष्ठ अगुवा पर्खनबहादुर राईको अध्यक्षतामा बसेको आदिबासी जनजाती महासंघ, यायोक्खा, जातीय संगठन, पहिचानपक्षधर दल, सामाजिक संघसंस्था, नागरिक समाज लगायत सम्मिलित बैठकले पुःन नामांकन संयुक्त संघर्ष समिति गठन गरेको हो । बैठकको निर्णय सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गर
इटहरी । सुनसरीको इटहरीस्थित एपेक्स हस्पिटल नयाँ व्यवस्थापनमा विभिन्न योजना सहित सञ्चालन भएको छ । अस्पतालमा सञ्चालक देखि व्यवस्थापकीय समूह सबै परिवर्तन भई नयाँ योजना सहित सञ्चालन हुने भएकाे हाे । बिगत लामाे समयदेखी सेवाग्राहीहरूको मन जित्दै आएको यस अस्पतालमा लेखी सुब्बाको प्रवेश सँगै नयाँ योजना तथा व्यवस्थापनमा सञ्चालन हुने भएको जनाइएकाे छ । विगतमा निश्चित समय तोकेर सेवा दिँदै आएको अस्पतालले अब २४ सै घण्टा सेवा दिने भएकाे छ । सबै प्रकारका रोगहरूसँग सम्बन्धित वरिष्ठ चिकित्सक राखेर अस्पताल सञ्चालनमा ल्याइनुका साथै नयाँ उपकरणहरू जडान गर्ने कार्य भइरहेकाे अध्यक्ष सुब्बा बताउछन् ।अस्पताल
वि.सं. २०७९ चैत्र २९ गते बुधवार तदनुसार ई. सं. २०२३ अप्रिल १२ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४२, किरातवर्ष ५०८१, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३८ बजे र सूर्यास्त : साँझ ०६:१८ बजे, चन्द्रास्त : दिउँसो १०:५१ बजे र चन्द्रोदय : बेलुका १०:४७ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०६:२६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त : साँझ ०६:३३ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे, वैशाख कृष
इलाम । दमक फुटबल एकेडेमीलाई हराउँदै फिक्कल युनाइटेड तेश्रो सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सातखाल्डे खेलमैदानमा जारी प्रतियोगितामा पहिलो सेमीफाइनलमा फिक्कलले दमकलाई ३—२ गोल अन्तरले हराएको हो । पहिलो हाफमा २—० गोल अन्तरको अग्रता बनाएको फिक्कलले दोश्रो हाफमा थप १ गोल गर्न सफल रहयो । खेलको छैटौ मिनेटमा शेखर राईले फिक्कललाई सुरुवाती अग्रता दिलाए । २ मिनेट नवित्दै शेखरले अग्रता दोब्बर बनाए ।४५ औ मिनेटमा निश्चल बस्नेतले अग्रता कम बनाए । फिक्कलका कप्तान सचिन योल्मु दोहोरो पहेलो कार्ड खाँदै ६५ औ मिनेटमा मैदान बाहिरिए । १० खेलाडीमा सिमित बनेको फिक्कलका लागि नयन प्रधानले इन्जुरी समयमा अग्रता
विराटनगर । विराटनगर - ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ’पाईका एन्युरीज्म क्लिपिब’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिबको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो ।झापाको हल्दीबारी गाउँपालिका -१ गोलधापस्थित ३३ वर्षीया मन्जु कटुवालको मस्तिष्कको पछाडी भागमा रहेको पाईका एन्युरीज्म क्लिपिबको सफल शल्यक्रिया भएको अस्पतालका डाइरेक्टर दिनेश ठाकुरलले जानकारी दिए ।तीन हप्ता अगाडी टाउँको दुखाइ भएर पिडा भएपछि कटुवाल झापाको मेची र पाथीभारा हस्पिटल गइन् । उक्त हस्पिटलमा उपचार सम्भव नभएपछि वि
मोरङ, २०७९ चैत्र २८ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले आज जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गति
बर्जु / सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिका स्थित पुलचोकबाट सोमबार नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएका थिए ।
वि.सं. २०७९ चैत्र २८ गते मङ्गलवार तदनुसार ई. सं. २०२३ अप्रिल ११ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४२, किरातवर्ष ५०८१, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३९ बजे र सूर्यास्त : साँझ ०६:१७ बजे, चन्द्रास्त : बिहान ०९:५७ बजे र चन्द्रोदय : बेलुका १०:०० बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४६ बजे र सूर्यास्त : साँझ ०६:२६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०६:३२ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:०६ बजे र सूर्यास्त : साँझ ०६:४७ बजे, वै
इटहरी / इटहरीमा नेपाली परम्परागत खाना महोत्सव हुने भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी र होटल तथा लज व्यवसायी समिति इटहरीको संयुक्त आयोजनामा चैत २९ देखि वैशाख १० गतेसम्म महोत्सव आयोजना हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।पर्यटन बोर्डको सहयोग हुन लागेको महोत्सवमा विभिन्न जातीय खानालाई प्राथमिकतामा राखिने जनाइएको छ । महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथ दर्शकले चाहेको खानाका परिकारहरु रोजेर खान पाउने सुबिधा मिलाइएको होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी महासचिव सफल पौडेलले बताउनु भयो। परापूर्वकालदेखि चलिआएको र पुस्तौंपुस्ताले अनुशरण गर्दै आएका खानेकुरा जीवनका लाग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.