सुनसरी - राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)को अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन् । एशोसिएनको प्रथम साधारणसभा तथा महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

   सभाले एशोसिएसनको बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउतलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्ष (पुरुष) मा बालगोपाल श्रेष्ठ, उपाध्यक्ष (महिला) मा सरिता भण्डारी, उपाध्यक्ष (कोशी प्रदेश) मा डा.सञ्जिव कुमार यादव, उपाध्यक्ष (मधेस प्रदेश) मा संजय कुमार प्रसाद, उपाध्यक्ष (बाग्मती प्रदेश) दिल बहादुर श्रेष्ठ, उपाध्यक्ष (गण्डकी प्रदेश) मा डा.प्रफुल्ल चन्द्र यादब, उपाध्यक्ष (लुम्बिनी प्रदेश) मा शालिक राम भुसाल, उपाध्यक्ष (कर्णाली प्रदेश) मा डा. शंकर प्रशाद रिजाल, उपाध्यक्ष (सुदुरपश्चिम प्रदेश) मा लोकराज भट्ट चयन भएका छन् ।

       त्यसैगरी महासचिवमा हृदय नारायण चौधरी, सचिब (पुरूष) मा नारायण खतिवडा, सचिब (महिला) जयन्ती सिवाकोटी, कोषाध्यक्षमा सपना खत्री र सह–कोषाध्यक्षमा राम बाबु यादव चयन भएका छन् । सभाले खुल्ला सदस्यहरुमा किरण न्यौपाने, डा. विवेक गुप्ता, डा. राम पुकार यादव, सदस्य (खस आर्य) मा गीता देबी दाहाल, सदस्य (मधेसी) मा ईन्द्रजित कुमार यादव, सदस्य (महिला) मा आरती कुमारी चौधरी, सदस्य (दलित) मा धर्विन्द्र बहादुर सार्की, सदस्य (जनजाती) मा ओमराज लिम्बू रहेका छन् ।

        क्रान्ती भट्टराई संयोजक तथा डा. शंकर गौतम, नरबहादुर ठकुरिब, डा. चन्द्रनारायण झा र महेन्द्रराज बज्राचार्य सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयनको भूमिका निर्वाह गरेको थियो ।

     रान आयुर्वेद क्षेत्रको राष्ट्रियस्तरको छाता संस्था हो । यसमा देशभरकै आयुर्बेदिक चिकित्सक, स्वास्थ्यकर्मी, उत्पादक कम्पनी तथा आयुर्वेदिक औषधी ब्यबसायीहरु समेटिएका छन् । हाल रानमा १००० को हाराहारीमा सदस्य रहेका छन् भने यो संख्यालाई बृद्धि गर्दै देशैभरका आयुर्वेदकर्मीलाई समेट्ने लक्ष्य राखेको छ ।

     कार्यक्रममा ४०० को हाराहारीमा आयुर्बेदकर्मीहरुको उपस्थिति रहेको थियो । सभाका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधबकुमार नेपालको हातबाट प्रा.डा. देब बहादुर रोका, प्रा.डा. श्याममडी अधिकारी, डा.देवकला भण्डारी, प्रा.डा. बिनोद कुमार सिंह, प्रा.डा. धनिकलाल भरखेर र डा. टेकराज पन्थीलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो भने सम्मानार्थ डा.जनकराज अधिकारी, डा.सन्जय कुमार यादव, डा.शंकर प्रसाद रिजाल, डा. बिजेन्द्र साह, डा. प्रफुल्ल चन्द्र यादव र डा. रामआधार यादवलाई प्रदान गरिएको थियो ।

     कार्यक्रममा पत्रकार रोशन राउत र संजय कुमार प्रसाद लगायत आयुर्वेद क्षेत्रमा योगदान पु-याउने ब्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो । त्यसैगरी प्रथम महाधिवेशन सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाता हरुलाइ कदर पत्र द्वारा सम्मानित गरियो ।

      कार्यक्रममा आयुर्वेदक्मृतानामः स्मारिका विमोचन गरिएको थियो भने जागौं जागौं आयुर्वेदकर्मी... बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरिएको थियो ।

       सभामा रान स्थापनाको उद्देश्य र रानले गर्ने गतिविधिहरुको बारेमा बरिष्ठ उपाध्यक्ष कृष्णबहादुर राउतले प्रकाश पारेका थिए भने स्वागत मन्तव्य रानकै केन्द्रीय उपाध्यक्ष बाल गोपाल श्रेष्ठले गरेका थिए। त्यस्तै कार्यक्रमको सहजीकरण लुम्बिनी प्रदेश उपाध्यक्ष शालिक राम भुसालले गरेका थिए भने कार्यक्रम सञ्चालन केन्द्रीय महासचिव हृदय नारायण चौधरीले गरेका थिए ।