समाज

    Showing १०,७५१-१०,७६० of ११,३०१ items.
  • तामाङ समुदायकाले मनाउने सोनाम ल्होछारको अवसर पारेर सुनसरीको इटहरीमा कार्यक्रम आयोजना

    इटहरी । तामाङ समुदायका मानिसहरुले मनाउने सोनाम ल्होछारको अवसर पारेर सुनसरीको इटहरीमा एक कार्यक्रमको आयोजना गरियो ।            तामाङ घेदुङ इटहरी उपमहानगर समितिको आयोजनामा बाघ वर्गलाई विदा गरी बिरालो वर्गलाई स्वागत गरिएको हो ।  तामाङ समुदाायका मानिसहरुले ल्होछारलाई वर्षका रुपमा मनाउने गरेका छन । तिथी अनुसार ल्होछार मनाउने तामाङ समुदायले यस वर्ष सोनाम ल्होछार पर्व  भोली अर्थात आइतबार मनाउदै छन ।          तामाङ घेदुङ इटहरीले सोनाम ल्होछारको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान सहित सागितीक कार्यक्रम इटहरी उपमहानगरपालिका प्रमुख हे

    • प्रकाशित मितिः माघ ९, २०७९
    • ६५ पटक पढिएको
  • वराहक्षेत्र मा रूखमुनि नवजात शिशु फेला

    वराहक्षेत्र को वडा नम्बर २ मा बेवारिसे  अवस्थामा नवजात शिशु  भेटिएको छ । शुक्रबार दिउँसो करिब १२ बजे पुनर्वासस्थित पट्नाली खोला  नजिकै जङ्गलमा नवजात शिशु बालिका भेटिएको हो ।अस्पतालको कपडासहित रुख मुनि राखिएको अवस्थामा करिब ७ देखि १० दिनको शिशु भेटिएको इलाका प्रहरी कार्यालय चतराका प्रहरी नायब निरीक्षक पृथ्वी कार्कीले बताएका छन् ।कठ्ड्ग्रिएको अवस्थामा फेला परेको शिशुको हात र खुट्टाका तीन वटा औला जोडिएको र टाउको सुन्निएको अवस्थामा रहेको बताइएको छ । उद्धार पछि गरिएको स्वास्थ्य परीक्षणमा शिशुको  सुगर लेबल डाउन रहेको र मुखको तालुमा समेत दुलो रहेको देखिएको  चतरा अस्पतालका मेड

    • प्रकाशित मितिः माघ ६, २०७९
    • ६७ पटक पढिएको
  • सुस्मिता केसी हत्या प्रकरणमा ससुरासहित चार जनालाई जन्मकैद

    हेटौंडा । जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका–४ की २४ वर्षीया सुस्मिता केसीको परिवारबाटै हत्या गरेको ठहर गर्दै ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको छ ।             जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सुस्मिताकी सासूलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला गरेको हो ।             सुस्मिताको २०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका

    • प्रकाशित मितिः माघ ६, २०७९
    • ११६ पटक पढिएको
  • कम्बोडिया आगलागीमा परेका निराकारको शव आज राति नेपाल ल्याइने

    काठमाडौं । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो)मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार (आज) राति नेपाल आइपुग्ने भएको छ । क्यासिनोमा आगलागी हुँदा होटलको १२औं तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो ।कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो । तर शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले शवको प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्यान्ड हुँदै नेपाल ल्याइने बताइएको छ । निराकारका बुवा अग्नि पा

    • प्रकाशित मितिः माघ ६, २०७९
    • २०० पटक पढिएको
  • आजबाट धनकुटा महोत्सव शुरु

    धनकुटा । पाँचौँ प्रादेशिक औद्योगिक ब्यापार तथा कृषि मेला एवम् धनकुटा महोत्सव आजबाट शुरु भएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले महोत्सवको उद्घाटन गर्दै धनकुटाको गरिबी दर घटाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताए ।         गत वर्षमा धनकुटाको गरिबी घटाउन र जनताका आयश्रोत बढाउन लागिपरेको उनको भनाइ थियो । जिल्लाको १९ प्रतिशत गरिबीलाई विगतमा १३ प्रतिशतमा झारेको बताउँदै मन्त्री राईले अबको पाँच वर्षमा १० प्रतिशतमा झार्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । त्यसको लागि विगतमा आफ्नो पहलमा शुरु भएका विभिन्न सडक पूर्वाधार, भौतिक संरचना र कृषि क्षेत

    • प्रकाशित मितिः माघ ६, २०७९
    • १७१ पटक पढिएको
  • वैधानिकताको प्रश्न उठेपछि उद्योग वाणिज्य संघ इटहरीको चुनाव स्थगित

    इटहरी । निर्वाचनको कार्यतालिका समेत प्रकाशन भइसकेको समयमा वैधानिकतामाथि प्रश्न उठेपछि उद्योग वाणिज्य संघ इटहरीको चुनाव स्थगित गरिएको छ ।          निर्वाचन अधिकृत विश्व रिजालले सुचना जारी गर्दै तत्काललाई चुनाव स्थगित गरिएको जानकारी गराएका हुन् । उनले अब साधारणसभाले चुनावको म्याण्डेड दिएपछि मात्रै चुनावको कार्यतालिका फेरी प्रकाशन गर्ने गरी अहिलेलाई स्थगित गरिएको जानकारी दिएका छन् ।            अधिवक्ता आश्विनी भट्टराईकाअनुसार हालको कार्यसमितिले आफ्नो तीन वर्षे कार्यकाल र थपिएको ६० दिनको समय पनि गुजारिसकेकोले समितिले चुनाव गराउने हैस

    • प्रकाशित मितिः माघ ५, २०७९
    • १४८ पटक पढिएको
  • बिना सूचना मैदानमा हेलिकप्टर अवतरण गरेपछि,पाइलटमाथि कुटपिट

    पर्वत।फुटबल खेलको प्रतिस्पर्धा चलिरहेको बेलामा मैदानमा लगेर एकाएक हेलिकोप्टर ल्यान्ड गरेपछि हेलिकोप्टरका पाइलटमाथि कुटपिट भएको छ।         बिहीबार अपराह्न स्याङ्जाको वालिङ नगरपालिका–८ मा रहेको खेल मैदानमा प्रथम वालिङ गोल्ड कपमा दोस्रो सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो। मैदानमा खेल चलिरहेकै बेलामा प्रभु हेलिकोप्टर ल्यान्ड गरिएपछि हेलिकोप्टरका क्याप्टेन रमेश डङ्गोलमाथि हातपात भएको हो।         पोखराबाट चार्टर गरेर लगिएको हेलिकोप्टर ल्यान्ड गरेपछि आक्रोशित युवाले क्याप्टेन डङ्गोललाई हातपात गरेका हुन्। खेलको पहिलो हा

    • प्रकाशित मितिः माघ ५, २०७९
    • ८२ पटक पढिएको
  • ‘महिला, बालबालिका र जेष्ठय नागरिकका सवालमा देखिने गरी काम गर्छु’ मन्त्री भगबती चौधरी

    काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ्य नागरिक मन्त्री भगबती चौधरीले महिला, बालबालिका र जेष्ठ्य नागरिकका हक अधिकार संस्थागत गर्न तथा उनीहरुको सुरक्षणका लागि विशेष काम गर्ने बताएकी छिन् । आज राष्ट्रपति निवासमा मन्त्री पदको सपथ लिएसँगै मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले महिलालाई राज्यका सबै क्षेत्रमा समान पहुँच स्थापित गर्न, ग्रासरुटबाटै बालबालिकाहरुको वृत्ति विकास गर्न र बालअधिकार प्रत्याभूत गर्न ठोस योजना लिएर आउने बताइन् ।                    सरकारका मन्त्रालयहरुमा कम महत्वको मन्त्रालयका रुपमा विगतमा हेरिएपनि आफ्नो कार्यकालमा उद

    • प्रकाशित मितिः माघ ५, २०७९
    • १२७ पटक पढिएको
  • मोरङमा २३ वर्षीया युवती बलात्कृत, दुईजना पक्राउ

    विराटनगर । मोरङमा २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।                पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका–७ बर्गाची बस्ने २६ वर्षीय दिलीप जोगी र  सोही ठाउँ बस्ने ५० वर्षीय खगेन्द्र तामाङ रहेका छन् । ती युवतीलाई गत पुस ३० गते दिलीपले र माघ १ गते खगेन्द्रले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः माघ ५, २०७९
    • ५७ पटक पढिएको
  • सामाजिक सञ्जालबाट ब्ल्याकमेल र ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं । सामाजिक सञ्जालबाट डरधम्की दिएको र ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।           नेपाल प्रहरीको साइबर ब्यूरोले नुवाकोटका १९ वर्षका विवेक आचार्य र १७ वर्षका अर्का एक जनालाई पक्राउ गरेको छ । १७ वर्ष भन्दा कम उमेरको व्यक्ति भने बालिग नभएका कारण प्रहरीले नाम गोप्य राखेको हो ।            उनीहरुले चलचित्र क्षेत्रमा काम गर्नेहरुलाई आफू मोडलिङ क्षेत्रको व्यक्ति हो भन्दै नेपाली गीतहरुको लिंक सेयर गर्न लगाउने, भिडियो कलमा आफू नांगो भई कुरा गर्ने र त्यसको स्क्रिन सट राख्ने र उक्त भिडियो परिवारका सदस्यलाई पठाइदिन्छु भन

    • प्रकाशित मितिः माघ ५, २०७९
    • ५७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]