पथरी / लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा)अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै आज (बुधबार) सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सिन्धुलीका युवराज पौडेलले लामिछानेको नागरिकता विवाद र सांसद पदको सम्बन्धमा सर्वोच्चमा रिट दर्ता गराएका छन् ।युवराज सफलका नामले चिनिने युवराज पौडेलले बुधबार रविको सांसद पदको शपथ नगराउन र आपराधिक विश्वास घातमा कारबाही गर्न माग गर्दै रिट दर्ता गराएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्ट्रार विमल पौडेलका अनुसार पौडेलको रिट ०७९–धअ–००३६ मा दर्ता भएको छ । पौडेलको रिट पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा राखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामि
इटहरी : प्रदेश नम्बर १ सरकारले द्वन्द्वकाल, मधेस आन्दोलन, दोस्रो जनआन्दोलन र आदीवासी जनजाति आन्दोलनमा परि सहिद भएका व्यक्तिका परिवारलाई राहत दिने भएको छ ।प्रदेश १ का स्थायी बसोबास गर्ने यस्ता परिवारलाई सरकारले एक लाख रूपैयाँ दिन लागेको हो ।चालू आर्थिक वर्षको प्रदेश १ को बजेटमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाती आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने परिवारलाई रकम उपलब्ध गराउने उल्लेख छ ।सोही अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि समेत तयारी पारिसकेको छ । यसका लागि ३० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्न आह्वान गरिएको छ ।प्रदेश १ का सबै जिल्
इटहरी : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको छ ।आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ ।सोही बमोजिम यही मङ्सिर २९ गते बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले जनाएको हो ।यसैगरी आगामी पुस २ गते प्रदेशसभा
पाँचथर : पाँचथरमा आगलागी हुँदा ९१ वर्षीया वृद्धाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा लुङरुपा निवासी सुखरानी नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।घरमा एक्लै बसिरहेकी नेम्वाङको आज (बुधबार) निधन भएको बताइएको छ । अगेनाबाट सल्केको आगो शरीरमा सल्किँदा उनको ज्यान गएको स्थानीयले जनाएका छन् ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा ४ बस्ने ९ वर्षीय मिलन सरदार रहेका छन् ।दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ३०५४ नम्बरको ट्याक्टरले उत्तरबाट पश्चिमतर्फ बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिदाँ सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते भएका सरदारको उपचारको क्रममा विराट नर्सिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी : इटहरी उपमहानगरपालिकाले सूचना प्रकाशित गरेर खोला पैनी मिचेर बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । "भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखा" को समस्या समाधान समिति" को निर्णय अनुसार खोला पैनी तथा बाटोमा निर्माण भएका संरचना हटाउनुपर्ने बताएको हो । प्रमुख प्रशासकीय अधिकृत रामचरीत्र मेहताले सूचना प्रकाशित गर्दै टेङ्ग्रा खोला, खेती खोला लगायत नगर क्षेत्र भित्रका अनधिकृत रूपमा निर्मित भवन हटाउनुपर्ने जनाएका छन् । नगरको दिगो विकासको अवधारणालाई व्यवहारमा नै रूपान्तरण गर्ने गरी महत्त्वपूर्ण अभियान सञ्चालन गरिएको जारी सूचनामा उल्लेख छ ।साथै सूचनाको बेवास्ता गरी भवन संरचना
चतरा : धार्मिक पर्यटकीय नगरीको रूपमा रहेको वराहक्षेत्रको पर्यटन प्रवर्द्धनलाई योजना बनाएर विकास गरिने भएको छ । वराहक्षेत्र नगरपालिका धार्मिक, ऐतिहासिक एवम् पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण स्थलको रूपमा रहेको छ । वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित संसारको चारधाम मध्ये एक धामको रूपमा रहेको धर्तीको पहिलो तीर्थ वराहक्षेत्र धामको पर्यटन प्रवर्द्धनको लागि नगरपालिकाले योजना बनाए काम गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । मङ्गलवार सङ्घीय सरकार अन्तर्गत सहरी विकास र अन्तर्राष्ट्रिय सहयोगी संस्था एसियाली विकास बैकका प्रतिनिधि र नगरपालिकाका प्राविधिक सहित वराहक्षेत्र धाम पुगेका नगर प्रमुख का
इटहरी । इटहरी लेडी जेसिजको २१औं अधिवेशनले वर्ष २०२३का लागि सुमित्रा घिमीरे भट्टराई अध्यक्षमा चयन गरेको छ । सर्वसम्मत रुपमा सम्पन्न अधिवेशनले कार्यकारी उपाध्यक्षमा रिता राउत, रजिना तिम्सिना ,उपाध्यक्षमा सर्मिला थापा, लक्ष्मि ढुङ्गाना, कबिता खड्का , यमुना बुढाथोकीलाई चयन गरेको हो । त्यसै गरी सचिबमा निर्मला कट्टेल चयन भएकी छन । इटहरी लेडि जेसिजकी सस्थापक मिना भण्डारी पुर्व अध्यक्षहरु उर्मिला कटुवाल , मिनु न्यौपानेको सहभागिता रहेको अधिवेशनको निर्वाचन आयुक्त रोशना थापा रहेको वर्ष २०२२की अध्यक्ष दुर्गा खड्का आचार्यले जानकारी दिइन
धनकुटा / युवा समाजसेवी तथा पुर्व विद्यार्थी क्रान्ती राज पौडेल महालक्ष्मी -७ जितपुर धनकुटा स्थित जितपुर कलेजको संचालक समितिको अध्यक्षमा निर्विरोध चयन भएका छन। समाज परिवर्तनको पहिलो आधार शिक्षा हो र शिक्षित समाजको निम्ति आफ्नै गाउँ घरका शिक्षालय आधुनिक स्तरमा परिणत गर्नु र नगर भित्रका हरेक परिवर सम्म शिक्षा को पहुँच पुर्याउनु आफ्नो पहिलो प्रामिकता रहेको नव निर्वाचित अध्यक्षले जनाएका छन । वार्षिक साधारण सभा-२०७९ तथा नया संचालक समित गठन कार्यक्रमका क्रममा महालक्ष्मी नगरपाली
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.