धनकुटा / युवा समाजसेवी तथा पुर्व विद्यार्थी क्रान्ती राज पौडेल महालक्ष्मी -७ जितपुर धनकुटा स्थित जितपुर कलेजको संचालक समितिको अध्यक्षमा निर्विरोध चयन भएका छन।
समाज परिवर्तनको पहिलो आधार शिक्षा हो र शिक्षित समाजको निम्ति आफ्नै गाउँ घरका शिक्षालय आधुनिक स्तरमा परिणत गर्नु र नगर भित्रका हरेक परिवर सम्म शिक्षा को पहुँच पुर्याउनु आफ्नो पहिलो प्रामिकता रहेको नव निर्वाचित अध्यक्षले जनाएका छन । वार्षिक साधारण सभा-२०७९ तथा नया संचालक समित गठन कार्यक्रमका क्रममा महालक्ष्मी नगरपालीका का मेयर धुर्व राज रायले जितपुर कलेजलाइ देसकै नमुना कलेजको रुपमा स्थापित गर्न नगरले जुन सुकै सहयोग गर्ने प्रतिवद्दता जनाउनु भएको थियो ।

उक्त कार्यक्रममा कलेज प्रध्यानध्यापक नगेन्द्र भट्टराई , नगर उपमेयर मन्जु कुमारी कार्की अधिकारी, निवर्तमान मेयर पर्शुराम नेपाल, साविक अर्खौले जितपुर गा वि स अध्यक्ष अग्नि प्रसाद पौडेल ,महालक्ष्मी नगरपालिका क्रमस २,५,६,७,८ का वडा अध्यक्ष पदम राखेल,शान्त ब. कुवर, शिव राज विस्वकर्मा,नेत्र अधिकारी ,राम खड्का पुर्व वडा अध्यक्ष रुद्र तुम्बा समाज सेवि गजेन्द्र प्रसाद पौडेल, डन्ड प्रसाद पोख्रेल ,रामचन्द्र पौडेल ,किरण बाबू गिरि, सिजन बुढाथोकी,नरेन तुम्बा,गोकर्ण तुम्बा लागयत शिक्षाकर्मी अभिभावक को उपस्थिति रहेको थियो।


