समाज

    Showing १०,८५१-१०,८६० of ११,३०१ items.
  • कानेपोखरीका चन्द्र बस्नेत इराकमा अलपत्र : उद्धार गरिदिन परिवारकाे याचना

    इटहरी । मोरङ्गको कानेपोखरी गाउँपालिकाका एक युवक चन्द्र बस्नेतले आफु हाल इराकको कुर्तिस्तान अर्बिल शहरमा विमारी परेर अलपत्र परेको बताएका छन्।हालै उनले आफु वैदेशिक रोजगारीको सिलसिलामा इराक आएको र केही दिन देखि बिमारी भई अचेत अवस्थामा रहेको जनाएका हुन्। उनले पत्रमार्फत यो खबर आफ्नो परिवारसम्म पुर्याइदिन पनि सबैसित अनुरोध गरेका छन्।उपचार खर्च नभएका कारण उपचार गर्न नसकेपछि एक याचना पत्र प्रकाशित गर्दै उनले अगाडि थपेका छन् – ‘मेरो घर मोरङ जिल्ला हाल वैदेशिक रोजगारीको सिलसिलामा इराक कुर्दिस्तान अर्बिल शहरमा छु ।म केही दिन देखि बिरामी भइ अचेत अवस्थामा छु । मेरो काम यहाँको अकम पनि छैन, आर्थिक अवस्था ना

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • ४४ पटक पढिएको
  • को हुन् : परशुराम बस्नेत

    इटहरी । जसपा सुनसरी क्षेत्र नं. ४ (क) का प्रदेशसभा उम्मेदवार परशुराम बस्नेत बराहा नगरपालिका  वडा नं.-१०,भुटाखाल र ईटहरी उपमहानगरपालिका १७ पकली सुनसरी मा बसेर आफ्नो जीबनयापन चलाइरहेका छन् ।  नेपाल सरकारको सरकारी सेवामा  सामान्य प्रशासन, आर्थिक प्रशासन, योजना, आर्थिक व्यवस्थापन, लेखा र लेखापरिक्षणको क्षेत्रमा २५ वर्ष बिताएका बस्नेतले  त्रिभुवन विश्वविद्यालयबाट  स्नातक (अर्थशास्त्र)  शिक्षा हासिल गरेका छन् ।         बस्नेत ले आफ्नो जिबनकाल मा विभिन्न राजनीतिक तथा सामाजिक  क्षेत्रमा काम गरेर आफ्नो कुसलता प्रस्तुत  गरिसकेका छन् खस समा

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • ८९४ पटक पढिएको
  • इटहरीमा एक्सेल डेभलपमेन्ट बैंकद्वारा आयोजित रक्तदानमा ६४ पिन्ट रगत संकलन

    इटहरी : इटहरीमा एक्सेल डेभलपमेन्ट बैंकले गरेको रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको छ ।बुधबार इटहरीमा गरिएको रक्तदानमा ६४ पिन्ट रगत संकलन भएको हो ।पछिल्लो समय रगतको चरम अभाव भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको बैंकका इटहरी शाखा प्रबन्धक कमल घिमिरेले बताए ।अहिले बैंकले डिजिटल बैंकिङ, रेमिट्यान्स सेवा, लकर सेवा लगायतका सुविधा उपलब्ध गराउँदै आएको बैंकका बिजनेस विभाग प्रमुख शिवकुमार गिरीले जानकारी दिए ।प्रदेश १ कै पहिलो विकास बैंकका रूपमा रहेको उक्त बैंकको केन्द्रीय कार्यालय झापाको बिर्तामोडमा रहेको छ । बैंकले ४४ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • १७८ पटक पढिएको
  • 'अहिलेसम्म निर्वाचित भएको क्षेत्रमा अपेक्षाभन्दा बढी नै काम गरेको छु': भीम आचार्य

    इटहरी । सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नेकपा९एमाले० का भीम आचार्यले आफूले जनताको अपेक्षाभन्दा बढी नै विकास निर्माणका कामहरु गरेको बताएका छन् । उनले आफूले जितेर गएको निर्वाचन क्षेत्रमा विकासका विभिन्न पूर्वाधारहरु बनाउन र स्थानीय सरकारमार्फत् विकास गतिविधि अघि बढाउन सहयोग गरेको फेहरिस्त पेश गरेका छन् । उनले आफू छोटो समय पर्यटन मन्त्री हुँदा विजयपुर, विष्णुपादुका, बराहक्षेत्र, रामधनी, बर्जु ताल, तालतलैया सबैमा पहिलो केन्द्रिय सरकारको बजेट पारेको बताए । ‘मैले नेपालमा दुई वटा इन्टरनेशनल एयरपोर्ट सुरु गराएँ,’ उनले भने, ‘छोटो समयलाई पनि उपयोग गरेर काम गरेँ ।’ द

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • ११४ पटक पढिएको
  • को हुन् लालबाबु र शेखरलाई टक्कर दिने स्वतन्त्र उमेदवार ?

    मोरङ । मोरङ क्षेत्र नं ६ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार सरोज नेपालले अन्य दललाई कडा टक्कर दिने देखिएको छ । लामो समय नेतृत्वमा रहेका दलका प्रतिनिधिले ६ नं. क्षेत्रमा निर्वाचनको मुखमा मात्र अनुहार देखाउने गरेको र विकास निर्माणमा सोचे अनुरूप काम गर्न नसकेको भन्दै यति बेला मतदाताहरू स्वतन्त्र उम्मेदवार प्रति सहानुभुती देखाउन थालेका छन् । यसको फाइदा उठाउँदै सरोज नेपाल अहिले आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय पूर्वक घरदैलो अभियान र मतदाताहरूसँग अन्तरकृया गरिरहेका छन् ।२०७४ को निर्वाचनमा मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधि सभा सदस्यमा एमाले नेता लालबाबु पण्डित विजयी भएका थिए । यस पटक

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • १२२ पटक पढिएको
  • प्रदेश–१ का ५५२ जना प्रहरी योग शिविरमा सहभागि

    १ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र रानी, बिराटनगरमा संचालित योग शिविर सम्पन्न भएको छ ।पतन्जली योग समिति नेपालका युवा केन्द्रिय संयोजक लोकनाथ खनालसहित चार जना योग प्रशिक्षक टोलीद्वारा प्रहरी कर्मचारीहरुलाई योगाभ्यास गराइएको हो ।कार्तिक १८ गतेबाट संचालन भएको पाँच दिन अवधिको योग शिविरमा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलासहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै बिभिन्न उन्नत तालिम तथा प्रहरी जवान आधारभुत तालिममा तालिमरत प्रशिक्षार्थीहरु समेत गरी पाँच सय ५२ जनाको सहभागिता रहेको थियो ।प्रहरी कर्मचारीहरूले योगको माध्यमबाट थप उर्जा प्राप्त गरी सक्रियताका साथ सेवा प्रवा

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • ४६ पटक पढिएको
  • ओखलढुंगामा बाबुले गरे दुई वर्षीया छोरीको हत्या

    ओखलढुंगा । सिद्धिचरण नगरपालिका–३ अधेरीमा दुई वर्षीया बालिकाको हत्या भएको छ। बुबा ३७ वर्षीय राजेन्द्र राईले सोमबार राती घाँटी थिचेर छोरी रितिका राईको हत्या गरेका हुन्। राति मदिरा सेवन गरी घर आएका राईले वाद विवादपछि श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमतीलाई समेत घाइते बनाएका थिए। यसक्रममा उनले नाबालिका छोरीलाई पनि खुकुरी प्रहार गरेका हुन्।राईले आफैँलाई समेत काटेर टाउकोमा घाउ बनाएको जिल्ला प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए। घाइते दुवैको सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ।मृतक बालिकाको शव पोष्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • ७३ पटक पढिएको
  • सुनसरीमा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक (सूचनासहित)

    इटहरी : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अवधिभर सुनसरी जिल्लामा मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।           निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभएसम्मका लागि जिल्लाभर मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाइएको हो ।सोमबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी सूचना अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २०७९ कार्तिक २० देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभ

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • ५५ पटक पढिएको
  • इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

    इटहरी : इटहरीमा सरकारी कर्मचारीलाई कार्यालय पोसाकमा कडाई गरिएको छ ।इटहरी उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरूलाई कार्यालयको पोसाकमा कडाई गर्न थालिएको हो ।सोमबार  कार्यालय प्रवेश गर्ने समयमा उपमहानगरपाल्किाका नगर प्रहरीले गेटबाटै सरकारले तोकेको पोसाक नलगाउँनेलाई कडाई गरेको हो ।कर्मचारीहरूलाई कार्यालयको पोसाकमा कार्यालय आउन लामो समयदेखि बारम्बार अनुरोध गरेपनि अटेर गरेको र कार्यालय समयमा समेत कर्मचारी उपस्थित नहुने इटहरी उपमहानगरपालिका नगर प्रहरी शाखा प्रमुख जेबी राईले जानकारी दिए ।कार्यालयको समय अवधि नसकिदै कर्मचारी ब्यक्तिगत काममा बाहिरिने र फेरि कार्यालय उपस्थित नहुने भएकाले पोसाकमा

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • ६९ पटक पढिएको
  • गच्छदारलाई मतदाताको प्रश्न : जितेर पनि सांसद हुन नपाउनेलाई किन दिनु भोट ?

    इटहरी : आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी ३ बाट भगवती चौधरी र विजय गच्च्दार मैदानमा छन् । ०७० साल र ०७४ सालको निर्वाचनमा ‘लफडा’ गरेर भगवतीसँग चुनाव जितेका गच्छदार यो पटकपनि मैदानमा छन् ।गच्छदार मैदानमा उमेदवार भएपनि जितेको खण्डमा सांसद भएन हुन पाउदैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा उनीलगायत विरुद्ध दर्ता गरेको भ्रष्टाचारको आरोप विशेष अदालतमा विचाराधीन छ । विशेष अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको हो ।जितेर पनि सांसद हुन नपाउने थाहापाए पछी अहिले स्थानीय मतदाताहरुले गच्छदार विरुद्द बोल्न थालेका छन् । कांग्रेसकै धेरै क्रियाशीलहरु पनि गच्छदा

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • २४२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]