इटहरी : आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी ३ बाट भगवती चौधरी र विजय गच्च्दार मैदानमा छन् । ०७० साल र ०७४ सालको निर्वाचनमा ‘लफडा’ गरेर भगवतीसँग चुनाव जितेका गच्छदार यो पटकपनि मैदानमा छन् ।

गच्छदार मैदानमा उमेदवार भएपनि जितेको खण्डमा सांसद भएन हुन पाउदैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा उनीलगायत विरुद्ध दर्ता गरेको भ्रष्टाचारको आरोप विशेष अदालतमा विचाराधीन छ । विशेष अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको हो ।

जितेर पनि सांसद हुन नपाउने थाहापाए पछी अहिले स्थानीय मतदाताहरुले गच्छदार विरुद्द बोल्न थालेका छन् । कांग्रेसकै धेरै क्रियाशीलहरु पनि गच्छदारको कार्यक्रममा त्यति पुग्दैनन । एमालेकि उमेदवार भगवती चौधरीको घरदैलो कार्यक्रममा समेत कांग्रेस कार्यकर्ताहरुको उपस्थिति बाक्लिन थालेको छ ।

चौधरीको घरदैलोको क्रममा भेटिएका अमनलाल चौधरीले भने 'जितेपनि सांसद हुन नपाउने लाई किन भोट दिनु ? त्यसैले भगवती जिताउन आएको छ।'