झापा । सिटी सफारी दुर्घटनामा परेर दमक–५ का ४८ वर्षीय रणबहादुर खड्काको मृत्यु भएको छ ।आइतबार बेलुकी ७ बजे शिवसताक्षी– १ धरमपुरका कुशल लिम्बूको घरमा मे१ह ७२६० नम्बरको सिटी सफारीमा दमकबाट फर्निचरको सामान लिएर पुगेका सफारी चालक खड्काले पुगेका थिए ।सामान झार्ने क्रममा एक्कासि सिटी सफारी गुडेर सफारी चालक खड्कालाई किचेको थियो ।सिटीले किचेर बेहोस भएका उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
सुनसरी। एक समय सुनसरी क्षेत्र नं ३ मा विजयकुमार गच्छदारको दवदवा थियो । तर, २०७० सालयता गच्छदार सत्तामा रहँदा पनि आफ्नै गढमा निरिह भइरहेका छन् । २०४८ सालयताका सबै संसदीय निर्वाचनमा जित हासिल गरेका गच्छदारले आफ्नै क्षेत्रका जनतालाई अँध्यारोमा राखेकैले मतदाता उनीप्रति नरम छैनन् । २०६४ सालको संविधानसभा सदस्य हुँदै कम्युनिस्ट राजनीतिमा आर्थिक सवलीकरणका नाराहरु अघि सार्दै निरन्तर उदाइरहेकी भगबती चौधरीले आफ्नो क्षेत्रमा मात्र नभएर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै चर्चा कमाएसँगै गच्छदारको राजनीति धरासायी बन्दै गएको हो । झन ०७० र ०७४ सालको निर्वाचनमा धाँधलीको आरोप लागेपछि गच्छदार मतदाता माझ पनि राम्
इटहरी । सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार भगवती चौधरीले जालझेलको चुनाव सह्य नहुने बताएकी छिन् । इटहरीमा प्रेस चौतारीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा काँग्रेस नेता विजयकुमार गच्छदारलै सधैं जालझेल गतिविधि गरेर जित्ने गरेको बताउँदै यो पटक आफूहरु सबै घेराबन्दीहरुलाई तोड्ने गरी चुनावमा उत्रिएको बताएकी छिन् । ‘पहिलो कुरा त मतदाताहरु आफै सचेत हुनुहुन्छ,’ उनले भनिन्, ‘त्यसमाथि हामीले पनि अलि कडा भएरै रणनीति अपनाएका छौं ।’ उनले अघिल्ला दुई वटा चुनावहरु गच्छदारले जालझेल गरेर जितेको र सो विषयमा मुद्धा पनि आफूले हालेको बताउँदै भनिन्, ‘अ
सुन्दरहरैचा : मोरंगको सुन्दरहरैचा नगरपालिका वार्ड नं १ स्थित हरैचामा नगरप्रमुख केदार प्रसाद गुरागाईले फार्मेसी उद्घाटन गरेपछी नगर अस्पतालमा फार्मेसी सेवा सुरु भएको छ।आइतबार बिहान विधिवत रुपमा फार्मेसी सञ्चालनमा आएको छ । सो अवसरमा नगरप्रमुख गुरागाईले अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार गर्ने र चाडै विशेषज्ञ सेवा सुरु गर्ने बताएका छन् । सोही क्रममा नगर अस्पतालमा रहेको शिव मन्दिरको नगरप्रमुख केदार प्रसाद गुरागाई र उपप्रमुख अकली चौधरीले शिलान्यास गरेका छन्।अस्पतालमा २४ घण्टे इमरजेंसी सेवा , सुरक्षित गर्भपतन सेवा, सुरक्षित प्रसूति सेवा, इन्डोर (२४ घण्टे) सेवाको व्यवस्था रहेको अस्पताल इन्
इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले तिहारमा राति नौ बजे पछि देउसी भैलो खेल्न नपाइने निर्णय गरेको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा राति अबेर सम्म देउसी भैलो लगायतको सांस्कृतिक कार्यक्रमको आयोजना गर्दा झैँ झगडा हुन सक्ने र भड्किलो चाड पर्व नबनाउनका लागि जिल्ला स्तरीय चाडबाड लक्षित विशेष सुरक्षा योजना तयार गरेर लागु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । सुरक्षा योजना अनुसार प्रदेश १ ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर जिल्लाभर मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई विशेष निगरानी गरिने र प्रहरी, सशस्त्र प्रहरी र सादा
काठमाडौँ । होटलमा बास बस्न पुगेका ग्राहकको गोपनीयता कायम राख्नु र उनीहरुको सुरक्षाको प्रबन्ध गर्नु प्रत्येक होटल तथा लजको दायित्व हो । होटलमा कार्यरत कर्मचारी र म्यानेजरले ग्राहकको गोपनीयता र सुरक्षाका लागि व्यवस्था गर्नैपर्ने हुन्छ ।तर, लजमा बस्न गएका युवती र जोडीको अन्तरङ्ग तथा नग्न भिडियो रेकर्ड गर्न म्यानेजर आफै संलग्न भएको खुलासा भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–३ स्थित बाँसबारीमा रहेको ‘बासबारी रेष्ट्रो क्याफे एण्ड लज’मा बस्न आउने ग्राहकहरुको अन्तरङ्ग तथा अ श्लील भिडियो गोप्यरुपमा रेकर्ड गरेको अभियोगमा प्रहरी वृत्त महाराजगञ्जले लजका म्यानेजरलाई पक्राउ गरेपछि यो खुलासा भएको हो ।जि
इटहरी । एसियाली स्तरको एक्सेस ब्रोञ्ज प्राप्त सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं स्थापना दिवसको अवसरमा इटहरीमा प्रभातफेरी गरिएको छ । सुनसरी र मोरगंमा गरी ६ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर ४बाट प्रभातफेरी निकालिएको हो । प्रभातफेरीले इटहरीको मुख्य चोक क्षेत्र परिक्रमा गरी पुन संस्थाकै कार्यालयमा पुगेर समापन गरिएको थियो । प्रभातफेरीमा संस्थाकी अध्यक्ष अमृत सुब्बा सहित पदाधिकारीहरु , शेयर सदस्य , कर्मचारी लगायतको सहभागिता रहेको थियो ।महिला
इटहरी : काठमाण्डौको किंस लाउन्ज एण्ड बारले नक्कली प्रितम आचार्य देखाएर साङ्गीतिक कार्यक्रम गरेको भन्दै इटहरी उपमहानगरपालिकाले आपत्ति जनाएको छ । सम्बन्धित कलाकारको मन्जुरी सहभागिता बिना नै कृत्रिम प्रितम नामको कलाकारबाट साङ्गीतिक कार्यक्रम प्रदर्शन गरिनु गम्भीर बौद्धिक अपराध भएको बताएको हो । इटहरी उपमहानगरपालिकाले सद्भावना दूत नियुक्त गरेका आचार्यलाई खबरै नगरी किंसले साङ्गीतिक कार्यक्रम आयोजना गरेको हो । आचार्य इटहरीमै रहेको अवस्थामा काठमाण्डौमा कार्यक्रम भएको प्रति उनका अभिभावकले समेत आपत्ति जनाएका छन् । इटहरी ५ का आचार्य भारतीय प्रसिद्ध च्यानल जी टिभी बाट सन् २०१९ मा सञ्चालन भएको एक
इटहरी । सुनसरीकाे इटहरीलाइ सडक मानव मुक्त बनाउने अभियानलाइ सफल बनाउन इटहरी उपमहानगरले एकै दिन १३ जनाकाे उद्धार गरेकाे छ ।साेमबार मध्यरातकाे १२ बजे सम्म उपमहानगरले १२ जना पुरूष र एक महिला गरी १३ जना सडक मानवहरूकाे उद्धार गरेकाे हाे ।इटहरी क्षेत्रमा रहेका बिभिन्न सामाजिक संस्था, प्रहरी प्रसाशन , नागरिक समाज र उपमहानगर संयन्त्रकाे उपस्थितीमा सडकमानवहरूकाे उद्धार गरिएकाे हाे ।उद्धारका क्रममा उपमहानगरका मेयर हेमकर्ण पाैडेल स्वयमले सडक मानवहरूसंग भेट गरी उनिहरूकाे चालचलन , लगायत अन्य बिवरणहरू साेध्नुकासाथै उचित परामर्स पनि दिएका थिए ।लामाे समयदेखि सडकमा पैदलयात्रिहरूसंग भिक्षा माग्
लेटाङ । नेकपा एमाले प्रदेश नम्बर १ कमिटीका सचिवालय सदस्य तथा मोरङ क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र ख का उम्मेदवार खड्गबहादुर बस्नेत २०१२ सालमा जन्मनुभएको हो । धनकुटाको राजारानीमा बुवा कृष्णबहादुर बस्नेत र आमा स्वर्गीय पदममाया बस्नेतका जेष्ठ सन्तानको रुपमा जन्मनुभएका बस्नेतको बाल्यकाल धनकुटामा नै बित्यो । प्रारम्भिक शिक्षा बुवा–आमा र घरबाट नै प्रारम्भ गर्नुभएका बस्नेतले कक्षा–५ सम्मको प्राथमिक शिक्षा पुण्य प्रा.वि.राजारानी धनकुटाबाट लिनुभयो । श्री भानु जनप्रिय मा.वि. डाँडाबजार धनकुटाबाट कक्षा ८ सम्मको अध्ययन पूरा गर्नुभएका उहाँले कक्षा १० सम्मको अध्ययन भने
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.