समाज

    Showing १०,८७१-१०,८८० of ११,३०१ items.
  • गछिया किनारै किनार बैकल्पिक सडक बनाउँदै सुन्दरहरैंचा नगरपालिका

    सुन्दरहरैंचा । सुन्दरहरैचा नगरपालिकाले स्थानीय गछियाखोला किनारमा तटबन्ध सहितको सडक निर्माण गर्ने भएको छ । गछिया बजारको किनारबाट उत्तर गछिया खोलाको पूर्वीतर्फको किनारमा तटबन्धसहितको सडक निर्माण गर्न लागिएको हो। आइतबार नगर प्रमुख केदार प्रसाद गुरागाईं, सुन्दरहरैंचा ७ का वडाध्यक्ष भुवनसिं आलेमगर, इञ्जिनियर विरेन्द्र नेयोहाङ, खड्ग बस्नेत, स्थानीयवासी लगायतको सहभागितामा खोला किनारमा पुगेर सडक निर्माणको फिजिविलिटी अध्ययन गरिएको हो ।सुरुवाति अध्ययनका क्रममा सडक निर्माण गर्न संभव देखिएकाले तत्काल काम अघि बढाइने नगर प्रमुख केदार प्रसाद गुरागाईंले जानकारी दिनुभयो । प्रारम्भिक अध्ययनका क्रममा तटबन्धनसहित

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • १८७ पटक पढिएको
  • जग्गा दिने कानुन वनाउदा बिपक्षमा मतदान गर्नेहरु अहिले सुकुम्वासीका अनुयायी बन्न खोज्दैछन : भानुभक्त ढकाल

    मोरंग क्षेत्र नम्बर ३ का २६ वडामा नेकपा एमालेले वडाभेला सकेर टोल भेलाहरु जारी राखेको छ । कानेपोखरी वडा नम्वर ८ को बिकट टोल सुन्टोलीमा भएको भेलामा युवाको प्रतिनिधित्व गर्दै स्थानीय युवा किरण सुन्दासले भन्नुभयो “अघि वढनुस भानुभक्त ढकाल हामी साथमा छौ ।” कानेपोखरी वडा नम्वर ६ को बिकट टोलहरुमा टोल भेला सम्पन्न भएका छन । यस्तै वडा नम्वर ४ मा चाडवाडको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।                        कानेपोखरी वडा नम्वर ४ मा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एमाले स्था

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • १३८ पटक पढिएको
  • के तपाईलाई थाहा छ खुट्टा छुनुका यी वैज्ञानिक कारणहरु ?

    काठमाडौं । प्राय: हामी आफूभन्दा ठूलो व्यक्तिको गोडा ढोग्छौँ । खुट्टा छुनु एक परम्परा मात्र होइन, आफैमा एक विज्ञान हो ।यस विज्ञानमा भौतिकशास्त्र, रसायनशास्त्र र जीवविज्ञान पर्दछ । आज हामी त्यसका बारेमा चर्चा गर्न गर्न गइरहेका छौँ । आउँनुहोस् जानौँ खुट्टा छुनुका वैज्ञानिक कारणहरु…खुट्टा छोए ऊर्जाको एक चक्र पूरा- खुट्टा छुनका लागि हामी अगाडि झुकेर दाहिने हातले बायाँ खुट्टा र देब्रे हातले दायाँ खुट्टा छुन्छौं । यस प्रक्रियामा हामी एक ऊर्जा चक्र पूरा गर्छौं । विज्ञानका अनुसार ऊर्जा हाम्रो शरीरमा टाउकोबाट प्रवेश गर्छ, त्यसपछि खुट्टातिर बग्छ ।शक्तिको केन्द्र खुट्टा- विज्ञानमा टाउकोलाई उत्तरी ध्रुव र

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • ५९ पटक पढिएको
  • भोलेश्वर शिवालय मन्दिरको दोश्रो वार्षिक साधारण सभा जग्गादाता काफ्ले सम्मानित

    सुन्दरहरैंचा | मोरङको सुन्दरहरैंचा ४ स्थित भोलेश्वर शिवालय मन्दिरको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त साधारण सभाको अवसरमा समाजसेवी प्रमुख जग्गादाता रामप्रसाद काफ्ले तथा गंगा देवी काफ्लेलाई दोसल्ला ओढाई ताम्रपत्र सहित सम्मान गरिएको थियो।मन्दिर परिसरमा भएको साधारण सभामा जिल्ला समन्वय समिति मोरङका सभापति अजम्बर राईको प्रमुख आतिथ्यता रहेको थियो भने भोलेश्वार शिवालय मन्दिरकी उपाध्यक्ष लोकमाया पोख्रेलको अध्यक्ष्यता रहेको थियो।आईतबार सम्पन्न गरिएको साधरण सभाको अवसरमा नयाँ कार्य समिति समेत चयन गरिएको थियो। अध्यक्ष भोला भट्टराईको देहान्त पछि रिप्त रहेको अध्यक्ष पदमा भिम प्रसाद घि

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • १२८ पटक पढिएको
  • बुवाको मृत्युपछि सरदारबाट पाउनुपर्ने साढे ५ लाख रुपैँया एमाले नेता भण्डारीले गरिदिए मिनाहा

    इटहरी । नेकपा एमाले सुनसरीका अध्यक्ष रेवती भण्डारीका बुवा उमानाथ भण्डारीको दुर्घटना पश्चात कानुनी रुपमा पाउनुपर्ने रकम मिनाहा गरिएको छ। अध्यक्ष भण्डारीले इटहरी ५ जनता बस्तीमा एक कार्यक्रम गरेर सो रकम मिनाहा गरिदिनुभएको हो।सुनसरी क्षेत्र नम्बर २ ‘क’का उम्मेद्वार समेत रहनुभएका भण्डारीले बुवाको दुर्घटना पश्चात कानुनी रुपमा पाउनुपर्ने क्षतिपुर्ति वापतको ५लाख ६०हजार रुपैँया मिनाहा गरिदिनुभएको हो।करिव एक महिना अगाडि इटहरी ८ मा नेकपा एमाले सुनसरीका अध्यक्ष रेवती भण्डारीका बुवा उमानाथ भण्डारीको सिटि सफारीको ठक्करबाट मृत्यु भएको थियो। सफारी चालक ५२बर्षीय छबिलाल सरदारको आर्थिक अवस्था दयनीय भएका कार

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • १५२ पटक पढिएको
  • ४० जिल्लाका तीनलाख वढि महिला आत्मनिर्भर बनाउने भगवती चौधरी

    सुनसरी, नेकपा एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार भगवती चौधरीको नेतृत्वमा तीनलाख वढि महिला आत्मनिर्भर बनेका छन । चौधरी अध्यक्ष रहेको फरवार्ड माइक्रोफाइनान्स मार्फत सुनसरीका मात्र होइन देशका ४० जिल्लाका तीनलाख वढि महिला आत्मनिर्भर बनेका हुन । उनीहरु बिभिन्न उद्यम मार्फत आत्मनिर्भर बनेका छन । चौधरीको नेतृत्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स अहिले मुलुकको अग्रणी माइक्रोफाइनान्सको रुपमा चिनिन्छ । फरवार्ड माइक्रोफाइनान्सको ४० जिल्लामा अहिले तीन लाख बढी सदस्य छन् । कुनै बेला एक सय नहुनेहरु अहिले फरवार्ड सँग जोडिएर करोडपति भएका छन । उद्यमी मात्र बनेका छैनन समूदायलाई सचेत बनाउने अभियानमा लाग

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • १३६ पटक पढिएको
  • तेह्रथुममा निर्माणाधिन खेल मैदानको लागि बाबुराम थापा द्वारा १ लाख ५१ हजार रुपैयाँ सहयोग घोषणा

    युवा समाजसेवी बाबुराम थापाले गृह जिल्ला तेह्रथुममा निर्माणाधिन खेल मैदानको लागि नगद १ लाख ५१ हजार रुपैयाँ सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।दशैं तथा दिपावलीको अवसरमा स्थानीय नव ज्योति स्पोर्टिङ क्लबद्वारा आयोजित खुला वडा स्तरीय पुरुष भलिबलको समापन कार्यक्रममा सहयोग घोषणा गरेका हुन् ।  नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल किसान महासंघका उपमहासचिव समेत रहेका थापाले सम्पन्न खेलको प्रथम पुरस्कार प्रायोजन गरेका थिए । सानैदेखि खेलकुदमा रुचि राख्ने थापाले यस अघि पनि विभिन्न खेल प्रतियोगिताहरुमा नगद पुरस्कार प्रायोजन गर्दै आएका छन् । 

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • १७४ पटक पढिएको
  • झापाको बिर्तामोडमा दुर्घटना, दुई जनाको मृत्यु

    इटहरी । झापाको बिर्तामोडमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड २ बेलडाँगीको भित्री सडकमा विपरित दिशा बाट आउँदै गरेका दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुईवटै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरुमा मे ५ प १६०४ नम्बरको मोटरसाइकलका चालक बाह्रदशी गाउँपालिका वडा नम्बर २ का २५ अनिश साउँदेन् र सोही गाउँपालिका वडा नं ६ का मे ३ प ५५८० नम्बरको मोटरसाइकलमा सवार ४३ बर्षिय भोलाराज भुजेलको मृत्यु भएको हो ।उनीहरुको बिएण्डसी अस्पतालमा उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएक

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • ५० पटक पढिएको
  • वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

    काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षीय जोशी २४ दिनदेखि ललितपुरको किष्ट मेडिकल कलेजमा उपचारमा थिए । उनको केहिबेर अघि निधन भएको हो ।अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यका अनुसार जोशीको मृत्युको घोषणा गर्न भने बाँकी छ । तर, जोशीको मृत्यु भइसकेको डा. बज्राचार्यले जानकारी दिए ।उनको छातीमा निमोनिया र पिसाबमा इन्फेक्सन देखिएको थियो । बिहीबारदेखि मुटुको चालमा घट्बढ भइरहेको थियो भने छातीमा संक्रमण बढेको थियो । गत बुधबार अवस्था केही सहज देखिएपछि जोशीलाई सघन कक्ष (आइसियू) बाट नर्मल बेडमा सारिएको थियो । तर, बिहीबार स्वास्थ्य थप जटिल बनेपछि पुनः सघन कक्षमा सारि

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • ४३ पटक पढिएको
  • शिवजट्टाकाे मुहानबाट पानी ल्याउने हर्ककाे याेजनालाइ उपभाेक्ताकाे अंकुस : बिराेधपछि रित्तै फर्किए हर्क

    इटहरी । आफूहरुले उपभोग गरिरहेको खानेपानीको मुहान क्षेत्र शिवजट्टाबाट मेयर हर्क साम्पाङले सहमति नगरि खानेपानी लैजान लागेको भन्दै स्थानीय उपभोक्ताहरुले विरोध जनाएका छन् ।स्थानीयको चर्को विरोध तथा दबाब पछि मेयर साम्पाङले मुहान क्षेत्र परिवर्तन गर्न सहमत भएका छन् ।मेयर साम्पाङले जनश्रमदानबाट बिहिबारदेखि वडा नं १५ लाई लक्षित गरेर शिवजट्टाबाट पानी ल्याउने काम शुरु गर्न लागेका थिए ।यो थाह पाएपछि स्थानीय उपभोक्ताहरु बिहानैदेखि कोशी राजमार्गसँग जोडिएको शिवजट्टा जाने बाटो शिवधारामा भेला भएका थिए ।शिवजट्टामा निर्माण सामग्रीहरु लैजान नदिन वडा नं ४ र १४ का उपभोक्ताहरु आएर बाटो छेकेपछि केही बेर तनावग्रस्त स

    • प्रकाशित मितिः असोज २९, २०७९
    • ४५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]