इटहरी । मोरङको बूढीगङ्गामा मङ्गलबार साँझ दुर्घटना हुँदा वृद्ध पुरुषको मृत्यु भएको छ । कोसी लोकमार्गअन्तर्गत बूढीगङ्गा गाउँपालिका–३ शान्ति चोकमा साँझ ७ बजेतिर दुर्घटना भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार पिकअप भ्यानको ठक्करबाट स्याङजा घर भएका ७० वर्षीय पदमबहादुर बस्नेतको मृत्यु भएको छ । सडक क्रस गर्दै गरेको अवस्थामा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४६९८ नम्बरको पिकअपले वृद्धलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बूढीगङ्गाकै विराट शिक्षण अस्पतालमा ७ः५० बजेतिर मृत्यु भएको हो । प्रहरीका अन
इटहरी । इटहरी लेडी जेसीजको विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह सम्पन्न भएको छ । जेसीजको सचिवालयमा सम्पन्न कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता सहित जेसीज सप्ताह सम्पन्न भएको हो । उक्त वक्तृत्वकला प्रतियोगितामा ग्रिनपिस एकेडेमीका सिदार्थ कट्वाल प्रथम भएका छन ।तेस्तै कस्तुरी कलेजका आयुष कट्वाल दोस्रो र ग्रिनपिस एकेडेमीबाटै सुजित सापकोटा तेस्रो भए भने कोशी कलेजकी सरस्वती ढकालले सान्तोना भएकी थिन ।प्रतियोगिताका प्रथम, दोस्रो,तेस्रो हुने लाईे नगद सहित प्रमाण पत्र, शिल्ड र मेडल वितरण गरेका थिए ।प्रतियोगिताको निर्णायकहरुमा वरिष्ठ पत्रकार किष्ण विनोद लम्साल, गंगा घिमिरे, रामचन्द्र भटराइ, पद्म
इटहरी । बैंकिङ कसुरमा सम्लग्न तत्कालीन कामना बैकका प्रदेश १ प्रमुख सुजन छाराहाङ राईसहित ३ जना पक्राउ परेका छन् ।गत शुक्रबार पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। तत्कालीन प्रमुख राईसँग पक्राउ पर्ने दुईजना ऋणी भएको स्रोतले बतायो। तर, प्रहरीले त्यस विषयमा कुनै सूचना चुहाएको छैन। उनीहरूलाई कहाँबाट पक्राउ गरिएको हो, त्यो समेत गोप्य राखिएको छ। स्रोतले उनीहरू दमकबाट पक्राउ परेको दाबी गरेको छ। पक्राउ परेको ५ दिन भइसक्दा पनि प्रहरी कुनै सूचना नचुहाउनु र सार्वजनिक नगर्नुले घटनालाई रहस्यमय बनाएको छ। उनीहरू पक्राउ परेको विषय गुपचुप बनाउने सेटिङमा प्रहरी लागेको हुनसक्ने
पाचँथर । निरन्तरको वर्षापछी पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका-२ काबेली भन्ने स्थानमा पहिरो खसेर मेची राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ । केही घण्टा अघिदेखि पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेपनि सम्भव नभएको पाँचथर प्रशासनले जनाएको छ।हिले सडकमा ताप्लेजुङ जाने क्रममा रहेका र ताप्लेजुङबाट फर्किएका यात्रुबाहकर मालबाहक सवारी साधन रोकिएका छन् । यात्रु अलपत्र परेका छन् ।
इटहरी । धरानका मेयर हर्क साम्पाङले चुनावमा गरेको प्रतिवद्धता पुरा गर्न सफल भएका छन् । खानेपानीको अभाव रहेको धरानमा बजारमा अब अभाव हट्ने भएको छ । धरानका मेयर साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्वजनिक गर्दै श्रमदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।मेयर साम्पाङले भने, ‘हाम्रो सानो प्रयासले पानी ल्याउन सफल भएका छौँ, यसलाई ठूलो काम गरेको रुपमा प्रचार गर्न आवश्यक छैन ।’ उनले अहिले ‘खर्दु र निशानेलाई मात्रै जोडेको र सर्दु जोड्न बाँकी रहेको भन्दै सर्दुपछि झन् ठूलो पानीको फोहोरा आउने बताए । धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले मेयर साम्पाङलाई बधाई दिएका छन् ।
झापा । झापाबाट सुत्केरी बस्न माइतीगाउँ चितवन खैरेहनी गएकी थिइन्, ऋचा उप्रेती । उपन्यासकार मिलन संग्रौलासँग प्रेमविवाहको तीन वर्षपछि १७ असारमा उनले छोरी जन्माइन् । शल्यक्रियाको घाउ निको भएपछि पति मिलनले २३ साउनमा ऋचालाई माइतीघर लगेर छाडेका थिए । तर, ७ भदौको अपत्यारिलो घटनाले उनले ऋचालाई सकुशल घर फर्काउन भने पाएनन् ।त्यो दिन बिहान साढे ११ बजेतिर छोरीलाई दूध खुवाएर ऋचा घरबाट निस्केकी थिइन् । नयाँ कपडा लगाएर निस्किँदा उनले टिकटक बनाउन नजिकै हजुरबुवा–आमाकहाँ जान लागेको भनेकी थिइन् । तर, हजुरबुवा–आमाकहाँ नगएर उनी १८ किलोमिटर पश्चिम नारायणी नदीको पुलमा पुगिन् । त्यो दिन नेत्रविक्रम चन्द्र विप्लव
सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।पूर्व पश्चिम राजमार्गमा प्रदेश २ ०१ ००२ प ३९९३ नम्बरको मोटरसाइकल सडकमा रहेको कुकुरलाई बचाउने क्रममा आज बिहान साढे ८ बजे दुर्घटनामा परेको थियो ।दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सप्तरीकै बोदेवर्साइन नगरपालिका–२ की ४५ वर्षीया अञ्जना देवी यादवलाई अस्पताल र्पुयाउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक तथा अञ्जनाका श्रीमान भने सकुशल रहेको सप्तरी प्रहरीले जनाएको छ ।
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले पूर्वतयारीको लागि भूउपयोग सम्बन्धी योजना तर्जुमाकाे काम शुरू गरेको छ । सरकारले भूउपयोग नीति लागू गरी जमिनको वर्गीकरण गर्न लागेको हुनाले यसकाे पूर्व तयारीका लागि काम शुरू गरिएको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवत्ता राेशनप्रसाद ढकालले जानकारी दिए । उनले नगरपालिकाले पिकासो कन्सल्टेन्सी इटहरीकाे प्राविधिक मार्फत जमिनको वर्गीकरणको काम सहज बनाउन वडास्तरमा अन्तरक्रिया कार्यक्रम शुरु गरेको बताए ।नगरकाे वडा न. १० र १२ मा प्रारम्भिक चरणको काम शुरू भएको छ । विद्यमान भूउपयोग अवस्था, भूमिको उर्वरता, जनसंख्या प्रक्षेपण, जग्गाको मूल्य, जग्गाको
इटहरी । सुनसरीको इटहरीमा रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी ११ औं साधारण सभा सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका सहकारी शाखाका सुमन पौडेलको प्रमुख आतिथ्यतामा ११ औं साधारण सभाको खुला सत्र सम्पन्न गरेको हो ।३ सय ३५ जना शेयर सदस्य रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८ ।०७९ मा एक करोड ८९ लाख २० हजार २६ रुपैया ऋण लगानी गरेको उपाध्यक्ष भुवनाथ दाहालद्धारा प्रस्तुत बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सो अवसरमा आगामी नीति तथा कार्यक्रममा शेयर सदस्यता वृद्धि गर्ने , बाल बचतलाई प्रोत्साहन गर
विराटनगर । विराटनगर महानगरपालिका–६ लालीगुराँस टोलस्थित अवैध घरेलु मदिरा उत्पादनस्थलमा आज (आइतबार) बिहान प्रहरीले छापा मारेको छ । वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी दीपेन्द्र पञ्जियार थारु नेतृत्वको टोलीले घरेलु मदिरा उत्पादन र बिक्री गर्दै आएका शुक्रराज राईको घरमा छापा हानेको हो । राईको घरबाट तयारी मदिरा एक सय २५ लिटर र घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ एक हजार छ सय लिटर बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार मदिरा बनाउन प्रयोग गरिने २५ वटा भाँडा पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध मदिरा र कच्चा पदार्थसहित घरधनी राईलाई
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.