इटहरी । सुनसरीको इटहरीमा रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी ११ औं साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका सहकारी शाखाका सुमन पौडेलको प्रमुख आतिथ्यतामा ११ औं साधारण सभाको खुला सत्र सम्पन्न गरेको हो ।

३ सय ३५ जना शेयर सदस्य रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८ ।०७९ मा एक करोड ८९ लाख २० हजार २६ रुपैया ऋण लगानी गरेको उपाध्यक्ष भुवनाथ दाहालद्धारा प्रस्तुत बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

306326123_780754059913021_9097915692593246253_n

सो अवसरमा आगामी नीति तथा कार्यक्रममा शेयर सदस्यता वृद्धि गर्ने , बाल बचतलाई प्रोत्साहन गर्न खुत्रुके बचत कार्यक्रम सञ्चालन गर्ने ,ऋण असुलीलाई संस्थाको नियम अनुसार मासिक व्याज र किस्ता असुलीमा कडाई गरिने लगायतका विषयहरु समेत प्रतिवेदन उल्लेख गरिएको छ ।

306107210_815412599814375_914247841147330074_n

305877791_762280481667838_2466419758841524573_n