समाज

    Showing ११,१११-११,१२० of ११,३०१ items.
  • जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा फेरि नयाँ आदेश जारी

    धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले भोलि देखि लागु हुने गरी फेरि नयाँ आदेश जारी गरेको छ ।सुनसरीमा कोभिड सङ्क्रमणको दर पचास प्रतिशत माथि रहेकोले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा आज नयाँ आदेश जारी गरेको प्रशासनले जनाएको छ ।माघ मसान्त सम्म सिनेमा हल, डान्स बार दोहोरी, नाच घर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार, स्पा सेन्टर, ब्युटी पार्लर र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरू, विद्यालय, विश्व विद्यालय, कलेज, टयूशन सेन्टरहरूबाट भौतिक उपस्थितिमा सञ्चालन हुने तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू तर जन

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १३५ पटक पढिएको
  • धरानमा तीनपाने रक्सी र धराने कालो बङ्गुरको प्रवर्द्धन गर्न अवधारणा पत्र तयार गरिने

    धरान : धरानमा तीन पाने रक्सी (कोदोको) र धराने कालो बङ्गुरको प्रवर्द्धन गर्नका लागि दुई वटा अवधारणा पत्र तयार गर्ने निर्णय भएको छ ।सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल सहितको टोलीले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका विज्ञहरूसँग बसेको छलफलमा नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका २०७८ माथि गरेको अध्ययनले निर्देशिका बमोजिम अवधारणा पत्र तयार गर्ने सहमति भएको हो ।अवधारणा पत्र तयारी गर्ने जिम्मेवारी केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारलाई दिइएको छ । उक्त अवधारणा पत्र यही माघ २८ गतेभित्र पेस गरिसक्नुपर्ने बताइएको छ । उपमहानगरपालिकाका वर

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १२९ पटक पढिएको
  • एमालेका २१ भ्रातृ संगठनद्वारा निर्वाचन मिति घोषणाको माग

     नेकपा एमाले निकट भ्रातृ संगठनहरूले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन सरकार समक्ष माग गरेका छन् । रुपन्देहीमा क्रियाशिल एमाले निकट २१ वटा भ्रातृ संगठनले लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् ।उनीहरुले सोमबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । सरकार निर्वाचनबाट पछाडि हटे लाखौं नेपाली जनतालाई लोकतन्त्र बचाउने लडाइँमा पुनः एकपटक सडकमा उतार्न बाध्य हुने र त्यसबाट उत

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ११२ पटक पढिएको
  • कानून नपढी काम गर्ने २२ वडासचिवलाई सोधियो स्पष्टीकरण

    बैतडी । बैतडीमा २२ जना वडासचिव जिल्ला प्रशासन कार्यालयको स्पष्टीकरणमा परेका छन् । व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको र २० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको भन्दै यहाँ २२ वडा सचिवलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।स्पष्टीकरण सोधिनेमा सुर्नया गाउँपालिका–६, दशरथचन्द नगरपालिका– २, पाटन नगरपालिका–५, दोगडाकेदार गाउँपालिका–२, डिलाशैनी गाउँपालिका–२, मेलौली नगरपालिका–२, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका एक/एक वडाका सचिव रहेका छन् ।राष्ट्रिय पञ्जीकरण विभागले व्यक्तिगत घटना अनलाइनमा दर्ता गर्नुपर्ने नीति बनाएको भए पनि बैत

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १२७ पटक पढिएको
  • उर्लाबारीमा युवा संघ र अनेरास्वबियुको विरोध प्रदर्शन

    उर्लाबारी, १७ माघ । स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै नेकपा एमालेका भातृ संगठनले सोमबार उर्लाबारीमा विरोध प्रदर्शन गरेका छन् । एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्वबियुले विरोध प्रदर्शन गरेका हुन् ।उर्लाबारीको स्कुलडाँडादेखी मुख्य चौकसम्म एमालेका नेता कार्यकर्ता, युवा संघ र अनेरास्वबियुका कार्यकर्ताले विरोध जनाएका थिए । सरकारले बैशाखभित्र हुने गरी स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने एमालेको माग छ ।संबिधान र लोकतन्त्रको रक्षा, मुल्यबृद्धि खारेज लगायतको माग गर्दै विरोध प्रदर्शन गरिएको राष्ट्रिय युवा संघ उर्लाबारीका अध्यक्ष योगेश बस्नेतले जानकारी दिनुभयो । कोणसभामा एमाले केन्द्रीय

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ११७ पटक पढिएको
  • अनलाइन जुवा खेल्ने, खेलाउने आरोपमा ७४ जना पक्राउ

    अनलाइन जुवा खेलाएको आरोप प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ । काठमाडौँको बौद्धस्थित एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश राज मैनालीले बताएका छन् । दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङद्वारा उक्त रेस्टुरेन्ट सञ्चालनमा रहेको छ । रेस्टुरेन्टमा कोभिड–१९ महामारीको विषम परिस्थितिमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको सूचना प्रहरीले पाएको थियो । उक्त सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटिएको प्रहरीले टोलीले छापा मारी

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ६६ पटक पढिएको
  • भोजपुरमा किशोरी माथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

    १६ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरको ओख्रे बस्ने २७ वर्षीय पदम दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पदमले ती किशोरीलाई भोजपुर नगरपालिका-७ नयाँ बसपार्कस्थित होटेलमा शुक्रवार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ६६ पटक पढिएको
  • कोशीमा गुन्डागर्दी बन्द गर भन्दै नेपाली कांग्रेसद्वारा बजार परिक्रमा

    सुनसरी । सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा गुन्डागर्दी बन्द गर्नुपर्ने र शान्ति सुरक्षा कायम गर भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नाराबाजी गरेका छन् । नेपाली कांग्रेस पार्टीले आज आयोजना गरेको विरोध सभा कार्यक्रमपछि लाैकही बजारको परिक्रमा गर्दै शान्ति सुरक्षा कायम गर र सुनसरीमा जनमत पार्टीको गुन्डागर्दी बन्द गर भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नाराबाजी गरेका हुन् ।   सोमबार लाैकही स्थितमा रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का पार्टी कार्यालयमा विरोध सभा सम्पन्न भए पश्चात् पालिकाको मुख्य बजार लाैकहीको परिक्रमा गर्दै विभिन्न नाराबाजी गरेका हुन् । नाराबा

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १५४ पटक पढिएको
  • प्रधानमन्त्री र प्रचण्डबीच एमसीसीबारे छलफल

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसीबारे छलफल भएको छ । अग्निप्रसाद सापकोटालाई सभामुखबाट हटाए एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमाले सहमत रहेको भन्दै समाचार आएपछि सोमबार बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री देउवासँग एमसीसीबारे छलफल गरेका हुन् । सो क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । ‘प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका हुन्,’ बालुवाटार स्रोतले भन्यो ।एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १२३ पटक पढिएको
  • ७ मन्त्रालय फुटाएर १२ वटा बनाउने प्रदेश १ सरकारको निर्णय

    प्रदेश नम्बर १ सरकारले हाल कायम रहेका मन्त्रालयहरु फुटाएर १२ वटा मन्त्रालय बनाउने भएको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढ्ने भएको हो।मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारले औपचारिक जानकारी भने दिएको छैन।मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले गरेका अन्य निर्णय मात्रै सार्वजनिक गरेका थिए।मन्त्रिपरिषद स्रोतकाअनुसार सरकारले सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वाताव

    • प्रकाशित मितिः माघ १७, २०७८
    • २७० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]