सुनसरी । सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा गुन्डागर्दी बन्द गर्नुपर्ने र शान्ति सुरक्षा कायम गर भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नाराबाजी गरेका छन् । नेपाली कांग्रेस पार्टीले आज आयोजना गरेको विरोध सभा कार्यक्रमपछि लाैकही बजारको परिक्रमा गर्दै शान्ति सुरक्षा कायम गर र सुनसरीमा जनमत पार्टीको गुन्डागर्दी बन्द गर भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नाराबाजी गरेका हुन् ।
सोमबार लाैकही स्थितमा रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का पार्टी कार्यालयमा विरोध सभा सम्पन्न भए पश्चात् पालिकाको मुख्य बजार लाैकहीको परिक्रमा गर्दै विभिन्न नाराबाजी गरेका हुन् । नाराबाजीमा "गुन्डागर्दी बन्द गर, शान्ति सुरक्षा कायम गर, नेपाली कांग्रेस जिन्दावाद, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी जिन्दावाद, दोषीलाई कार्वाही गर, जनमत पार्टी मुर्दावाद, राजनीतिक हस्तक्षेप बन्द गर, हिम्मत छ भने कोशी क्षेत्रमा जनमतले बन्द गरेर देखा" लगायतका विभिन्न नाराबाजी गरेका थिए ।
आइतबार कोशी गाउँपालिकाका अध्यक्ष तथा सुनसरीको क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति समेत रहेका ऐयुब अन्सारीलाई जनमत तथा जसपा पार्टी नेपालका कार्यकर्ताले दुर्ववहार गरेको, अध्यक्ष अन्सारी चढ्ने को १ झ ५३९ नम्बरको सरकारी गाडी तोडफोड गरि आगजनी समेत गर्ने प्रयास गरेको विरुद्ध नेपाली कांग्रेसले आज विरोध सभा र बजार परिक्रमा गरेका थिए । बिरोध सभामा नेपाली कांग्रेसका सहभागी नेता तथा कार्यकर्ताले मन्तव्य राख्दै जनमत पार्टीका कार्यकर्तालाई अगामी दिनमा यस्तो दुर्ववहारको प्रयास नगर्न कडा चेतावनी दिएका छन् । अगामी दिनमा जनमतका कार्यकर्ताले यस्तो कार्य गरेको नेपाली कांग्रेसले उनीहरुलाई नछाड्ने चेतावनी दिएका छन् ।
जनमतले कुनैपनि नाराबाजी गरे नेपाली कांग्रेस ठाँउको ठाँउ हिसाब किताब गर्ने चेतावनी दिएका छन् । नेपाली कांग्रेसलाई पुरानो जिन्दगी तिर उन्मुख नगर्न आग्रह गर्दै जनमतले गुन्डागर्दी बन्द नगरे हाथहतियार समेत उठ्ने चेतावनी दिएका छन् । सभामा संघीय सांसद सिताराम मेहता, नेपाली काङ्ग्रेस सुनसरीका सभापति केदार भण्डारी, जिल्ला उपसभापति पंकज महतो, सचिब बिरेन्द्र शाह, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी लगायत नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरु र स्थानीय कोशी गाउँबासीको उपस्थिति रहेको थियोे ।


