समाज

    Showing ११,१३१-११,१४० of ११,३०१ items.
  • बैशाखमा स्थानीय निर्वाचन गर्ने सत्तारुढ गठबन्धनको निर्णय

    काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनमा २०७९ साल असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने सहमति जुटेको छ । बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले संविधानसँग बाझिएका कानून संशोधन गरी असोज उप्रान्त स्थानीय निर्वाचन गर्ने सहमति गरेको हो ।जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा‍ बाबुराम भट्टराईले २०७४ सालमा तीनै चरणको निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल पूरा भएपछि मात्रै स्थानीय निर्वाचन गर्ने सहमति भएको पुष्टी गरेका छन् ।

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १२२ पटक पढिएको
  • गछिया जेसिजको पदस्थापन सम्पन्न, अध्यक्षमा दाहाल

    सुन्दरहरैँचा ।  गोकर्ण रिसोर्टमा नेपाल जेसिज पूर्व राष्ट्रिय अध्यक्ष भोलेस्वोर दुलालको प्रमुख अतिथ्यतामा  भएको  कार्यक्रममा  जेसिज वर्ष २०२२ का अध्यक्ष मदन दाहालसहित पदाधिकारीको पदस्थापन भएको हो । जेसिज वर्ष २०२१ का अध्यक्ष रबिन सिटौलाले नयाँ अध्यक्षलाई पदस्थापन र सपथ ग्रहण गराएका थिए । आगामी कार्यकाल बर्ष २०२२ का लागि उपाध्यक्षमा पप्पु साह, सुमिना कटुवाल,संयोग ढकाल, निश्चल घिमिरे , निराजन धमला, अनिल सिग्देल, कानुनी सल्लाहाकार प्रदिप बिष्ट, कोषाध्यक्ष शान्तिराम श्रेष्ठ, महासचिब पुष्पा ढुंगेल, सचिब रोहित लिम्बू र जनसम्पर्क अधिकारीमा भूपेन्द्र चौलागाई

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १९६ पटक पढिएको
  • बुबाले चलाएको ट्र्याक्टरले किचेर दुई वर्षीया बालिकाको मृत्यु

    झापा / झापाकाे कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेकी छिन् । बुबा बालकृष्णले चलाएको मे १ त ७५९ नम्बरको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् । घरअगाडि पार्किङ गरेर राखिएको ट्रयाक्टर स्टाट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

    • प्रकाशित मितिः माघ १५, २०७८
    • ७३ पटक पढिएको
  • महिला भगाउँदै गरेका एक व्यक्ति पक्राउ

    बैतडी ।  महिलालाई भगाएर लैजाँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका-१ का ३२ वर्षीय मनोज धामी रहेका छन् । बिहीबार महिलासहित पक्राउ परेका उनलाई आज आफन्तको जिम्मा लगाइएको छ । मुद्दा दर्ता गर्ने सहमतिपछि आज धामीलाई आफन्तको जिम्मा लगाएको सिमार प्रहरी चौकीले जनाएको छ । आइतबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिने प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बताए। आरोपित धामीलाई २७ वर्षीय एक महिलालाई भगाएर लैजाँदै गरेको अवस्थामा बिहीबार राती साढे ११ बजे सेला भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको थियो । धामीले भगाएर लैजाँदै गरेको महिलाका आफन्तले प्रहरीलाई

    • प्रकाशित मितिः माघ १४, २०७८
    • ७९ पटक पढिएको
  • एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने ; रात्रिकालीन व्यवसायीको चेतावनी

    काठमाडौं । रात्रिकालीन व्यवसायीहरुले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी दिएका छन् ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदूरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।पत्रकार सम्मेलनमा रात्रिकालीन मनोरन्जन व्यवसायी संघको अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रन बाध्य हुने चेतावनी दिए । जिम्मेवार निकायमा पुग्दा आफूहरुले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनेमा ढुक्क नभएको खड्काले बताए ।उनले अन्य पेशा व्यवसायल

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १५४ पटक पढिएको
  • नेवि सङ्घले कीर्तिपुर स्थित त्रिवि व्यवस्थापन सङ्कायमा गर्‍यो तालाबन्दी

    नेपाल विद्यार्थी सङ्घले कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा तालाबन्दी गरेको छ । विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सहमति कार्यान्वयन नगरे पछि बाध्य भएर तालाबन्दी गरेको ने.वि.सङ्घ नेता दीपक ओझाले बताएका छन् ।आर्थिक अभावका कारण विद्यार्थीहरूमा गरिएको विभेद अन्त्य गर्न र महँगो कोर्स पढ्न नसक्ने विद्यार्थीहरूको लागि प्रत्यक्ष लाभान्वित गर्न सम्पूर्ण विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्न ने.वि.सङ्घ र त्रिवि बिच भएको सहमति कार्यान्वयन नभएको आरोप ने.वि.सङ्घ ले लगाएको छ ।नेविसंघ र त्रिविबिच २०७६ साल साउन २४ गते

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १६८ पटक पढिएको
  • भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

    भोजपुर / जिल्ला प्रहरी कार्यालय भोजपुरले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुईवटा मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो । भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को. १ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए ।              उनीहरूको साथबाट करिब दुई ग्राम एक मिलिग्राम ब्राउन सुगर र रु.८३ हजार ६ सय नगद बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटा

    • प्रकाशित मितिः माघ १४, २०७८
    • ८२ पटक पढिएको
  • उदयपुरमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

    उदयपुर / नाला खन्ने क्रममा माटोको ढिस्काेले पुरिएर उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्सेस्थितमा नाला खन्ने क्रममा ५६ वर्षीय झर्कबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनकाे शरीरका विभिन्न भागमा चोट लागेकाे थियाे । गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारकाे क्रममा मृत्यु प्रहरीले जनाएकाे छ।

    • प्रकाशित मितिः माघ १४, २०७८
    • ७५ पटक पढिएको
  • खोटाङमा वडा कार्यालय र विद्यालयमा तोडफोड

    खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ वडा कार्यालय र त्रिभुवन माबिको कार्यालय तोडफोड भएको छ । बिहीबार राति वडा कार्यालय ऐसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो । वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन । वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ । ढोका फाेडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको छ । क्षतिको बारेमा अनुसन्धान भइरहेको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताए । वडा कार्यालयले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएको छ ।विद्यालयको मूल ढोका र तीनवटा दरा

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १३७ पटक पढिएको
  • उदयपुरगढीले गाउँगाउँमा माटो परीक्षण

    उदयपुर / उदयपुरको उदयपुरगढी गाउँपालिकाले कृषिलाई व्यवसायिकरूप अघि बढाउन गाउँगाउँमा माटो परीक्षण अभियान थालेको छ । शिविरमा आलु खेतीका लागि किासनले खेतबारीको माटोको परीक्षण गर्न पाएका हुन् ।गाउँपालिकाले प्रदेश १ को माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राबिधिक सहयोगमा माटो परीक्षण शिविर सम्पन्न गरिसकेकाे छ । उदयपुरगढी गाउँपालिका-४ ढुग्रेका ६४ किसानको माटो परीक्षण गरिएकाे हाे । परीक्षणबाट त्यस क्षेत्रमा आलु खेतीका लागि उपयुक्त रहेको पाइएपछि किसान खुसी भएका छन् ।चिसो मौसम, मलिलो माटो भएको त्यस क्षेत्रमा आलु खेती गर्न सकिने भएकाले ढुग्रेका कृषक समूहको माग अनुसार पालिका कृषि विकास शाखाले

    • प्रकाशित मितिः माघ १३, २०७८
    • २६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]