सुन्दरहरैँचा ।  गोकर्ण रिसोर्टमा नेपाल जेसिज पूर्व राष्ट्रिय अध्यक्ष भोलेस्वोर दुलालको प्रमुख अतिथ्यतामा  भएको  कार्यक्रममा  जेसिज वर्ष २०२२ का अध्यक्ष मदन दाहालसहित पदाधिकारीको पदस्थापन भएको हो । जेसिज वर्ष २०२१ का अध्यक्ष रबिन सिटौलाले नयाँ अध्यक्षलाई पदस्थापन र सपथ ग्रहण गराएका थिए । आगामी कार्यकाल बर्ष २०२२ का लागि उपाध्यक्षमा पप्पु साह, सुमिना कटुवाल,संयोग ढकाल, निश्चल घिमिरे , निराजन धमला, अनिल सिग्देल, कानुनी सल्लाहाकार प्रदिप बिष्ट, कोषाध्यक्ष शान्तिराम श्रेष्ठ, महासचिब पुष्पा ढुंगेल, सचिब रोहित लिम्बू र जनसम्पर्क अधिकारीमा भूपेन्द्र चौलागाई चयन भएका छन्।

कार्यक्रममा कोरोनाको समयमा स्वास्थ्य क्षेत्रमा पुर्याएको  योगदान को कदर गर्दै स्वास्थ्यकर्मी बाबुराम आचार्य, र   संचार क्षेत्रमा पुर्याएको  योगदान को कदर गर्दै पत्रकार शिव भट्टराई लगायत सामाजिक काममा सक्रिय जेसिज सदस्य  हरुलाई  सम्मान गरेको   गछिया जेसिजका संस्थापक अध्यक्ष दुर्गा घिमिरेले बताउनु भयो  ।  

त्यस्तै कार्यक्रममा दुर्गा प्रसाद घिमिरे संस्थापक रहेको दयानिधि देवका नवप्रवेशी पुरस्कार निरज धमलालाई प्रदान गरियो। नेत्र प्रसाद दुलाल संस्थापक रहेको बिमला देबी दुलाल स्मृति पुरस्कार निश्चल घिमिरे, लक्ष्मी न्यापाने संस्थापक रहेको दुर्गा न्यौपाने स्मृति पुरस्कार मदन दाहाल, बोधराज रिजाल ससंस्थापक रहेको नारायण प्रसाद स्मृति पुरस्कार सुरेश अधिकारी र अमिस ढकाल संस्थापक रहेको कृष्ण आशा सम्मान पुरस्कार रबिन सिटौलालाई प्रदान गरीएको थियो।साथै उक्त पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय उपाध्यक्षहरु कुमार सिंह सावा, सुनिल तिमल्सिना, दिपेन्द्र निरौला, राजिब प्रसाई लगायतको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रममा बर्ष २०२१ का गछिया जेसिजका महासचिब रोशन खानालले कार्यक्रम संचालन गर्नुभयो।

capture (1)कार्यक्रममा नेपाल जेसिज कार्यकारिणी उपाध्यक्ष सुनिल तिम्सिना, इटहरी जेसिज, तरहरा जेसिज, दुहबी जेसिज, इन्द्रपुर जेसिज लगायत भिविन्न जेसिजका अध्यक्ष पदाधिकारी, समाजसेवी, जनप्रतिनिधि, व्यापारी लगायतका जेसिजका विभिन्न शाखाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।272873918_4812738945470208_226276887783774144_n 1272876425_4812739835470119_1078910069172646536_n