सुनसरीको १२ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या इटहरी उपमहानगरपालिकाको देखिएको छ ।राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार इटहरीको जनसंख्या १ लाख ९८ हजार ९८ भएको छ । तीमध्ये ९४ हजार ३०८ पुरुष छन् भने महिलाको संख्या १ लाख ३ हजार ७०९ रहेको छ ।दोस्रो धेरै जनसंख्या भएको तह धरान उपमहानगरपालिका छ । धरानको जनसंख्या १ लाख ७३ हजार ९६ जना पुगेको छ । त्यसमध्ये ८२ हजार ६८३ जना पुरुष र ९० हजार ४१३ महिला छन् । धरानमा जनगणना भएको घरसंख्या ३४ हजार ८३४ रहेको छ भने परिवार संख्या ४३ हजार ८१५ रहेको प्रारम्भिक नतिजाले देखाएको छ ।यस्तै, तेस्रो धेरै जनसंख्या बराहक्षेत्र नगरपालिकाको ९१ हजार ८९१ रहेको छ । त्
सुन्दरहरैँचा । मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैचा नगरपालिका ४ बलिया स्थितमा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा जवरजस्ती करणी गरेको अभियोगमा सोही होटल संचालक सहित ३ जनालाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलिया चौकका होटल संचालक ३५ बर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ बर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका ३ का २५ बर्षीय राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् ।उनिहरुले गत ७ गते बेलुका साढे ५ बजे महिला ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याई दिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा पुर्याई जबरजस्ती करणी गरेको
सुन्दरहरैँचा / इलामको रोङ गाउँपालिका-४ मा आज बिहान भएको पिकअप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।बिहान पौने ६ बजेको समयमा झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा पिकअपमा सवार रहेका मेचीनगर नगरपालिका-४ झापा ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्य बहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।घटनास्थलमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटी गई घाइते भएका पिकअप चालकलाई उपचारको लागी वि.एण्ड सी.अस्पताल झापा पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्
धरान : मोरङको धनपालथान गाउँपालिका-७ स्थित उखुबारीमा खाल्डो खनेर पुरिएकामध्ये एउटा शवको पहिचान भएको छ ।१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईका अनुसार आज उत्खनन गरी निकालिएको शव धरान उपमहानगरपालिका-३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको बताए । श्रेष्ठ भक्तपुरमा बस्दै आएको बताइएको छ ।प्रहरीले उनको शवबाट नेपाल टेलिकमको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला पारेको छ । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ। उनीसँग फेला परेको कागजातका आधारमा उनको परिवारसँग सम्पर्क गर्दा ३०-४० दिन देखि उनी सम्पर्कमा नभएको बताइएको छ। उनको परिवारलाई बोलाइएको प्रहरी
इटहरी : इटहरीमा नेपालकै दोस्रो कार्जस्पा सञ्चालनमा आएको छ। कार तथा मोटरसाइकलको डिटेलीङ गरिने कार्जस्पा इटहरीमै पहिलो पटक धरान लाइन हलगडामा उद्घाटन भएको हो । इटहरीका बहत्तर लिम्बुले सञ्चालनमा ल्याएको कार्जस्पा बिहीबार पुर्वमन्त्री रामकुमार सुब्बाले उद्घाटन गरेका हुन्।इटहरी पूर्वकै उदयमान सहर भएकाले विराटनगर, धरान र बिर्तामोडका सेवाग्राहीलाई लक्षित गरिएको कार्जस्पाका नेपाल प्रमुख तरुण अहुजाले जानकारी दिए । उद्घाटन अगाडी पत्रकारहरू सँग कुरा गर्दै उनले विराटनगर भन्दा इटहरी सम्भावना बोकेको व्यापारिक केन्द्र भएको बताए । कार्जस्पा कार वासमात्र नभएर कारको होलबढी उपचार भएको प्रष्ट पारे ।'बाहिरका कारवास
कोरोनाको संक्रमण बढ्दै गएपछि बन्द रहेको विद्यालय खोल्नका लागि निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) ले सरकारलाई दबाव दिएको छ । प्याब्सनले माग २३ गतेदेखि विद्यालय खोल्नु पर्ने भन्दै शिक्षा मन्त्रालयसँग माग राखेको छ ।बुधबार प्याब्सनका अध्यक्ष टीकाराम पुरीसहित केन्द्रीय कार्य समितिले शिक्षा, विज्ञान तथा प्रविधिा मन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग राखेको हो । उनीहरुले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न भनेका छन् ।आउने सप्ताह १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप दिनुपर्ने
झापा/ युवाहरुलाई आत्मानिर्भर र सक्षम बनाउने उदेश्यले झापा कमल गाउँपालिकामा युवा रोजगारका विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याइएको छ । युवाहरु रोजगार भएमा मात्र गाउँपालिकाको विकास हुनेछ भन्ने उदेश्यका साथ २ महिने फ्रिज, एसी मर्मत तालिम सञ्चालनमा ल्याएको हो । स्वदेशमै युवाहरुलाई आत्मानिर्भर गराउन प्रत्यक वडाका तिन तिन जना युवाहरुको सहभागितामा तालिम सञ्चालनमा ल्याएको हो । सुनसरीमा रहेको स्वरोजगार ट्रेनिङ सेन्टरले तालिम सञ्चालन गरिरहेको छ भने यसको व्यबस्थापन गाउँपालिकाले नै गरेको छ । प्रत्यक वडामा रहेका युवाहरु बेरोजगारी भएर समय विताई रहेकाहरुलाई एसी फ्रिज मर्मत तालिममा सञ्चालनमा ल्याएको हो । स्वदे
पछिल्लो समय प्रदेश १ का स्थानिय सरकारहरुले पाठ्यपुस्तक र पाठ्यक्रम निमाणर्लाई तिब्रता दिन थालेका छन् । स्थानीय आवश्यकता स्थानीय तहबाट नै पहिचान गरी यहाँका धार्मिक, ऐतिहासिक, सांस्कृतिक,प्राकृतिक तथा पर्यटकीय महत्त्व बोकेका स्थलहरुको संरक्षण र संवद्धन गर्ने उदेश्यका साथ पालिकाहरुले पाठ्यक्रमको ढाचाँ समेत सम्पन्न गरिसकेका छन् । यसलाई बहुआयामिक, समयानुकूल, व्यावहारिक र प्रयोगात्मक रुपमा प्रस्तुत गरेर विद्यार्थीहरुका लागि अझ उपयोगी बनाउने तयारी गरिएको पाठ्यक्रम तथा लेखन समिति सदस्य डा. इस्वर राइले बताउनु भयो । भोलिको समाजको सचित्र छवि बिजारोपण गर्न सकियोस् , देशका संवाहकका रुपमा
सुन्दरहरैंचा । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन् ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विजयी भएका छन् ।निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का उर्मिला अर्याल, भुवन सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की पनि निर्वा
सुन्दरहरैंचा । नेपाल कम्युनिष्ट पार्टी एमाले सुन्दरहरैंचा १० नम्बर शाखा कमिटीले वडा भित्रका असाहय, अशक्त, अपाङ्ग तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । “टोलमा एमाले“ नियमित कार्यक्रम मार्फत पार्टीको समुह जनताको घर गाउँमा पुगेर उक्त सामाग्रीहरु वितरण गरेको हो । जाडो मौसममा असाहय, अभाव र गरिबीबाट गुज्रेका ५० परिवारलाई ब्लाङ्केट, कमल लगायतका सामाग्रीहरु वितरण गरिएको छ ।मानवीय सेवाभावले पार्टीले यस किसिमको काम गर्दा स्थानीय जनता निकै खुशी बनेका बताउँछन् । राजनीतिक स्वार्थ र खिचातानीमा उच्च तहका नेताहरु व्यस्त भएको समयमा मानवीय हिसाबले पार्टीले काम गर्नु उल्लेखनिय विषय भएको स्थानिय विजय ब
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.