सुन्दरहरैंचा । नेपाल कम्युनिष्ट पार्टी एमाले सुन्दरहरैंचा १० नम्बर शाखा कमिटीले वडा भित्रका असाहय, अशक्त, अपाङ्ग तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । “टोलमा एमाले“ नियमित कार्यक्रम मार्फत पार्टीको समुह जनताको घर गाउँमा पुगेर उक्त सामाग्रीहरु वितरण गरेको हो । जाडो मौसममा असाहय, अभाव र गरिबीबाट गुज्रेका ५० परिवारलाई ब्लाङ्केट, कमल लगायतका सामाग्रीहरु वितरण गरिएको छ ।

मानवीय सेवाभावले पार्टीले यस किसिमको काम गर्दा स्थानीय जनता निकै खुशी बनेका बताउँछन् । राजनीतिक स्वार्थ र खिचातानीमा उच्च तहका नेताहरु व्यस्त भएको समयमा मानवीय हिसाबले पार्टीले काम गर्नु उल्लेखनिय विषय भएको स्थानिय विजय बस्नेतले बताए । उनले जनताको सुखदुःखमा मलमपट्टी स्वरुप एमालेले गरेको यस्तो मानवीय कार्यको सिको सबै पार्टीले गर्नुपर्ने बताए ।