समाज

    Showing १,१४१-१,१५० of ९,३४० items.
  • झापाको गौरादह नगरपालिकाका मेयर सुबेदीमाथि हातपात गर्ने एक व्यक्ति पक्राउ

    इटहरी । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुबेदीमाथि घरमै कुटपिट भएको छ। स्थानीय भिष्म सिटौलाले मादक पदार्थ सेवनको अवस्थामा मेयर सुबेदीको घरमा पुगेर विवाद गर्दै हातपात गरेको जनाइएको छ।मेयर सुबेदीका अनुसार सिटौला मादक पदार्थ सेवन गरेर घरमा आएर विभिन्न आरोप लगाउँदै विवाद गर्न थालेका थिए। सम्झाउने प्रयास गर्दा उनले आफूमाथि हातपात गरेको सुबेदीले बताएका छन्।घटनापछि हातपात गर्ने सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • २१३ पटक पढिएको
  • नवनिर्वाचित राष्ट्रियसभा सदस्यद्वारा राष्ट्र र जनताको हितमा काम गर्ने प्रतिवद्धता

    इटहरी । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार सिंहदरबारमा पद तथा गोपनियताको सपथ लिएपछि सञ्चारकर्मीसंग कुरा गर्दै उनीहरुले आवश्यक ऐन, कानून, नीति निर्माणका साथै राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता जनाएका हुन् । राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले संविधानले दिएको जिम्मेवारी अनुसार काम गर्ने बताउनुभयो । उहाले आफुहरुको भूमिका कानून निर्माणमा भएपनि जनताले बिकासको अपेक्षा आफुहरुबाट पनि गरेकाले समस्या हुने गरेको गुनासो गर्नुभयो । त्यस्तै  राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देश

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • १७६ पटक पढिएको
  • मंगलबारसम्म समानुपातिक मतगणना सकिने आयोगको अनुमान

    इटहरी । निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरु चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैत्रको पहिलो साताभित्र समानुपातीकतर्फ निर्वाचित हुनेहरुलाई प्रमाणपत्र दिने लगाएतका सम्पूर्ण कामहरु सम्पन्न भइसक्ने जानकारी दिनुभएको हो । उहाले मंगलबार सम्म समानुपातिकतर्फको सबैतिर गणना भइसक्ने अनुमान आयोगले गरेको बताउनुभयो । प्रवक्ता भट्टराईले मतगणना सम्पन्न भइसकेपछि खसेको सदर मतको प्रतिशतका आधारमा सम्बन्धित दलले प्राप्त गरेको मतको प्रतिशतका आधारमा समानुपातिक बन्द सूचीबाट छनोट हुने उम्मेदवारको नामावली सम्बन्धीत दलहरुसंग माग

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • १६२ पटक पढिएको
  • सुनसरी स्टार बाल क्लवद्वारा एक दिवसीय “किशोरी अवस्था र स्वास्थ्य सचेतना सहजीकरण कार्यक्रम“भब्य रुपमा सम्पन्न

    इटहरी । बराहक्षेत्र ८ शुक्रबारे स्थिति सुनसरी स्टार एकेडेमीमा रहेको सुनसरी स्टार बाल क्लवले महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी“भन्ने मुल नारालाई आत्मासाथ गर्दै  ११६ औंँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक दिवसिय “किशोरी अवस्था र स्वास्थ्य सचेतना सहजीकरण कार्यक्रम“ सम्पन्न गरेको छ । कार्यक्रम क्लवकी अध्यक्ष शिक्षा ढकालको सभाध्यक्षता र बराहक्षेत्र वडा नं ८ कि वडा सदस्य तुलसा राईको प्रमुख आतिथ्यमा गरिएको थियोे । सकुन्ता राईको संयोजकत्वमा गरिएको सचेतना सहजीकरण कार्यक्रममा दुहबीकी शान्ति दनुवारले सहजिकरण गर्नुभएको थियोे । उहाँले नारी दिवस के हो किन मनाइन्छ देखि लिएर शिक्षा, स्वास्थ्य

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • ४४५ पटक पढिएको
  • सुनसरी–२ मा मतपेटिकाभित्र पाँचवटा परिचयपत्र फेला, सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न आग्रह

    इटहरी । सुनसरी निर्वाचन क्षेत्र नं। २ मा मतगणनाका क्रममा मतपेटिकाभित्र पाँच वटा परिचयपत्र फेला परेको छ।फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका दिन मतदान गर्ने क्रममा मतपत्रसँगै नागरिकता र मतदाता परिचयपत्र पनि मतपेटिकाभित्र खसालिएको पाइएको हो। सोमबार सुनसरी निर्वाचन क्षेत्र नं। २ को निर्वाचन कार्यालयले मतगणनाका क्रममा फेला परेका ती परिचयपत्र सार्वजनिक गरेको जनाएको छ।निर्वाचन कार्यालयका अनुसार इटहरी–२ की शुसिला कार्की र इटहरी–६ का इमलाल गौतमको नागरिकता मतपेटिकाभित्र भेटिएको छ। त्यसैगरी इनरुवा–१० का मो। जिबराईल अन्सारी, इटहरी–१ का डम्बरबहादुर कार्की तथा इनरुवा–१० की विविआसमान खातुनको मतदाता

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • २२६ पटक पढिएको
  • कुलमान घिसिङको गृहजिल्ला रामेछापमै उनेपाको जमानत जफत

    इटहरी ।  उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङको गृह(जिल्ला रामेछापमा पार्टीको जमानत जफत भएको छ।उनेपाले दिप बहादुर योन्जनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको थथियो। गत फागुन २१ गते भएको निर्वाचनमा रामेछापमा ९० हजार ७ सय १० जनाले मतदान गरेका थिए । मतदान भएको मध्ये रास्वपा उम्मेदवार डा । कृष्णहरि बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गर्नु भएको थियो । नेकपा एमाले उम्मेदवार माधव ढुङ्गेलले १७ हजार ६ सय ९ मत¸ नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत¸ नेपाली कम्युनिष्ट पार्टिका उम्मेदवार श्याम कुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत प्राप्त गर्दा उनेपाका उम्म

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • १५६ पटक पढिएको
  • बालेन्द्र शाहको चुनावी खर्च १४ लाख १४ हजार, विवरण निर्वाचन कार्यालयमा पेस

    इटहरी ।  झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय झापामा पेस गरिएको विवरण अनुसार शाहले निर्वाचन अभियानका क्रममा कुल १४ लाख १४ हजार ७२९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा गरिएको खर्च समेटिएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा सवारी साधन भाडामा १५ दिनका लागि दुई वटा सवारी प्रयोग गर्दा २ लाख ३३ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । त्यसै गरी पाँच पटकको हवाई भाडामा ३५ हजार रुपैयाँ तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • २०७ पटक पढिएको
  • हर्क साम्पाङको पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावना, आवश्यक मतको नजिक

    इटहरी । हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्ने दौडमा निकै नजिक पुगेको छ। देशभर समानुपातिकतर्फको मतगणना जारी रहँदा उक्त पार्टीले आवश्यक थ्रेसहोल्ड पार गर्ने सम्भावना बलियो बन्दै गएको हो। नेपालको निर्वाचन प्रणालीअनुसार राष्ट्रिय पार्टीको मान्यता पाउन समानुपातिकतर्फ खसेको कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान छ। यसपटकको प्रतिनिधिसभा निर्वाचनमा करिब १ करोड ९ लाखभन्दा बढी मत खसेको अनुमान गरिएको छ। सोही आधारमा राष्ट्रिय पार्टी बन्न झण्डै ३ लाख ३० हजार आसपास मत आवश्यक पर्ने देखिएको छ।हालसम्मको मतगणनाअनुसार श्रम संस्कृति पार्टीले ३ लाख १ हजार २ स

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • १९१ पटक पढिएको
  • ताप्लेजुङमा प्रतिनिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका नौ जना उम्मेदवारको जमानत जफत

    इटहरी । ताप्लेजुङमा प्रतिनिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका नौ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्यको एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिस्पर्धा गरेका १३ उम्मेदवारमध्ये नौ जनाको जमानत जफत भएको हो । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वीरेन्द्र श्रेष्ठको जमानत जफत भएको छ । श्रेष्ठले चार हजार १५५ मत अर्थात ९।६८ प्रतिशत मत ल्याउनुभएको छ । उहाँको जमानत जोगिनका लागि ०।३२ प्रतिशत अपुग देखिएको छ । यस्तै जमानत जफत हुनेमा उज्यालो नेपाल पार्टीका कीर्तिमान मादेन (२३२ मत), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १६९ पटक पढिएको
  • धनकुटामा समानुपातिकतर्फ एमालेको अग्रता

    इटहरी। धनकुटामा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा ९एमाले० को अग्रता लिएको छ । हालसम्मको परिणामअनुसार ९ हजार ८ सय २८ मतसहित एमालेले अग्र स्थानमा रहेको हो । एमालेलाई श्रम संस्कृति पार्टीले पछ्याइ रहेको छ । सो पार्टीले ९ हजार २०९ मत प्राप्त गरेको छ । यस्तै ६ हजार ९ सय ७४ मत सहित नेपाली रास्वपा तेस्रो स्थानमा रहेको छ । ४ हजार २ सय ६८ मतसहित कांग्रेस चौथो स्थानमा रहेको छ ।  पाँचौँ स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले १ हजार १ सय २८ मत प्राप्त गरेको छ । जनता समाजवादी नेपाल ९ सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सय ८६ मतसहित  क्रमशः छैटौँ र सातौँ स्थानमा रहेका छन् । स

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]