समाज

    Showing २,३७१-२,३८० of ९,३५२ items.
  • विराटनगर महानगरपालिका–८ मा रहेको मोरङ कारागारभित्र राखिएका कैदीबन्दीमा छालाको समस्या अत्यधिक

    इटहरी । विराटनगर महानगरपालिका–८ मा रहेको मोरङ कारागारभित्र राखिएका कैदीबन्दी तथा थुनुवामा छाला रोगको समस्या अत्यधिक देखिएको छ। मोरङ सहकारी अस्पतालको प्राविधिक तथा चिकित्सकीय सहयोगमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराएका अधिकांश कैदीबन्दी छालासम्बन्धी रोगले पीडित रहेको तथ्य बाहिरिएको हो। चिकित्सकका अनुसार छाला चिलाउने, खस्रो हुने, फुट्ने, फोका देखिने, डाबर बन्ने जस्ता समस्या धेरै कैदीबन्दीमा एकसाथ देखिनु कारागारभित्र सरसफाइ, पानी तथा स्वास्थ्य सुरक्षाको अपर्याप्ततासँग जोडिएको हुनसक्छ। छालाको समस्या एक व्यक्तिबाट अर्को व्यक्तिमा चाँडो सर्ने पनि उनीहरुले बताए। मोरङ कार

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २४६ पटक पढिएको
  • विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात

    इटहरी । नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विराटनगरमा एमाले नेता पर्शुराम बस्नेतमाथि हातपात भएको छ ।  शनिबार एमाले पार्टी कार्यालय पाञ्चालीमा मतदानस्थल बाहिर संस्थापन पक्षका नेता बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेका हुन् । विवाद भएपछि केही समय रोकिएको मतदान पुन सुरु भएको छ । एमाले स्रोतका अनुसार वडा नम्बर १२ का एमाले वडाध्यक्ष भानुभक्त पाठकले एकजना व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा विवाद भएको थियो । सोही क्रममा संस्थापन पक्षले पटक पटक एकै व्यक्ति किन जाने भन्दै विवाद भएको थियो । विवादका क्रममा विनोद ढकाल समूहका कार्यकर्ताले संस्थापन पक्षका नेता बस्नेतमाथि

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २८७ पटक पढिएको
  • युनाइटेड डान्स एकेडेमी द्वारा एक लाख राशिको नृत्य प्रतियोगिता धरानमा

    धरान । विजेतालाई एकलाख पुरस्कार सहित ट्रफिको ‘स्कूल डान्स आइडल २०८२’ नृत्य प्रतियोगिता आगामी पुस १४ गते धरानमा हुने भएको छ। युनाइटेड डान्स एकेडेमी धरानको नवौं संस्करण अन्तर्गत स्कूल डान्स आइडल प्रतिस्पर्धामा धरानका ४४ वटा विद्यालयका ५ हजार ३ सय ३५ विद्यार्थीहरू सहभागी भएका थिए । जेठ २६ गतेबाट सुरू प्रतियोगितामा हाल उत्कृष्ट १० जना विद्यार्थी छनौट भएकाछन् । उनिहरूबीच आउने पुस १४ गते अन्तिम प्रतिस्पर्धा हुनेछ।प्रतियोगिताका विजेताले रु. एक लाख रुपैयाँ नगद सहित ट्रफी र प्प्प्तप्रमाणपत्र प्राप्त गर्ने युनाइटेड डान्स एकेडेमी धरान ९ का अध्यक्ष सन्तोष तामाङले जानकारी दिनुभयो ।अन्तिम प्रतिष

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • ३८६ पटक पढिएको
  • लोमसले उत्पादन गरेको सिटामोल र क्युरेक्सको रेक्सामोल बजारबाट फिर्ता गर्न निर्देशन

    काठमाण्डौ । औषधी व्यवस्था विभागले दुई औषधी कम्पनीले उत्पादन गरेका औषधीको गुणस्तर नपुगेको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले सूचनामार्फत् लोमस फर्मास्युटिकल्स प्रालि र क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाबाट उत्पादन गरिएको औषधी बजारबाट फिर्ता गर्न निर्देशन गरेको हो । लोमसको पारासिटामोल ट्याबलेट सेटोफेन ९ब्याच नं। सिटी २७२३० बजारबाट फिर्ता अर्थात् ९रिकल० गर्न भनिएको छ । त्यस्तै विभागले क्युरेक्सले उत्पादन गरेको रेक्सामोल औषधी न्यून गुणस्तरको पाइएपछि तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो । क्युरेक्सले उत्पादन गरेको रेक्सामोल ९पारासिटामोल ट्याब्लेट० को ब्याच नम्बर टिआरए

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • १६४ पटक पढिएको
  • युनीकम नेपाल सुनसरी द्वारा ‘Training on Collective Bargaining & Negotiation Skill’ कार्यक्रम सम्पन्न

    इटहरी । नेपाल व्यापार कर्मचारी सङ्घ (युनीकम नेपाल) सुनसरी जिल्ला कार्यसमितिद्वारा आयोजित ‘Training on Collective Bargaining & Negotiation Skill’ कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रमका सभापति युनीकम नेपाल सुनसरी जिल्ला अध्यक्ष कल्याण विक्रम दंगाल रहनुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष भीम पौडेल रहेका थिए।त्यसैगरी विशेष अतिथि तथा कोशी प्रदेश सामाजिक सुरक्षा कोष कार्यालय प्रमुख दीपकराज भट्ट, झापा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे, युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेल, युनिकम नेपाल मोरङ–सुनसरी–झापा नगर इ

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • ६२० पटक पढिएको
  • ताप्लेजुङको भन्ज्याङ बजारमा आगलागी, ५० लाख बढीको क्षति

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ भन्ज्याङ बजारमा आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको छ । शुक्रबार करिब साढे ४ बजेको समयमा लक्ष्मी तामाङको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । विद्युत सर्ट भएर तामाङको पाँच तले टिनले छाएको पक्की घरमा आगलागी भएको प्रहरी निरीक्षक जट्टा शंखर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट घरको टिनको छाना, काठपात, मेसिनरी सामग्री, ल्यापटप, कम्प्युटर, प्रिन्टर, ब्याट्री र सोलार जडानका उपकरण जलेर नष्ट भएका भएको छ । उक्त घरमा सिदिङ्वा गाउँपालिकाको क्वाटर समेत रहेको थियो । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । आगो प्रह

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २१३ पटक पढिएको
  • पुर्खौली पेसालाई निरन्तरता,आचुङ्मा भोटेको १६ वर्षको जडीबुटी यात्रा

    इटहरी ।  सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किनुभएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आउनुभएको छ । इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोला नजिकै हटियालाइनमा खुला आकाश मुनि विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै उहाँले राम्रो आम्दानी गर्दै आउनुभएको छ । भोटेका अनुसार जडीबुटी व्यवसाय उहाँहरूको पुर्खौली पेसा नै हो । जिजुबाजेदेखि बुबाआमासम्मकै पुस्ताले जडीबुटी सङ्कलन तथा बिक्री गर्दै आएको परम्परालाई उहाँले निरन्तरता दिइरहनुभएको बताउनुभयो । पहिला हिउँद सुरु भएपछि लेकाली क्षेत्रमा पाइने जडीबुटी बोकेर बुबाआमाले कुम्लोमै बोकेर महिनौ दि

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २२८ पटक पढिएको
  • बोराबाँधको रौनक, सूर्यास्तसँगै बढ्दो पर्यटन

    इटहरी । पूर्वसन्ध्याको दृश्यावलोकनका लागि पछिल्लो समय सप्तकोशी किनारमा मानिसको भिड लाग्न थालेको छ । किनार क्षेत्रबाट देखिने सूर्यास्तको दृश्य, बालुवाका कण र पानीमा पर्ने सूर्यका सुनौलो किरणका निकै मनमोहक हुने भएकाले बोराबाँधमा मानिसको भिड लाग्ने गरेको हो । सुनसरीको वराहक्षेत्र–२ र ६ को सिमानामा पर्ने बोराबाँध क्षेत्रले अहिने छुट्टै पहिचान बनाउन थालेको छ । स्थानीय युवाको पिकनिक स्पट, टिकटक र फोटो खिच्नेको आकर्षक क्षेत्रका रूपमा रहेको बोराबाँधले परिचय बनाउन थालेको छ । उदाउँदो सूर्यको झुल्को हेर्न इलामको श्रीअन्तु पुग्ने पर्यटक सूर्यास्तको मनोरम दृश्य हेर्न कोशी किनारको बोराबाँध आउने गरेको स्थानी

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २१८ पटक पढिएको
  • वराहक्षेत्र नगर अस्पतालमा आधुनिक भिडियो एक्स-रे उपकरण

    वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले नया आधुनिक भिडियो एक्स-रे उपकरण खरिद गरेर सञ्चालनमा ल्याएको छ । नगर अस्पतालको आन्तरिक स्रोतबाट खरिद गरिएको उक्त आधुनिक भिडियो एक्स-रे मेसिनको शुक्रवार उद्घाटन गरिएको छ । अस्पतालले ३८ लाखमा खरिद गरेको भिडियो एक्स-रे उपकरणको उद्घाटन नगर प्रमुख तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष रमेश कार्कीले गरेका थिए । उद्घाटन कार्यक्रममा नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , इलका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दिवस कुबँर , नगर अस्पतालका निमित्त

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • ४०८ पटक पढिएको
  • राष्ट्रिय मावि आइडलको उपाधि अस्मिता, शिक्षा र कृजलले जिते

    इटहरी । बालबालिकामा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउन इटहरी वडा नं. १ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको ‘राष्ट्रिय मावि आइडल’ को उपाधि नृत्यतर्फ कक्षा १२ की अस्मिता पराजुलीले जितेकी छन् । यस्तै, गायन तर्फ कृजल रिजाल र साहित्यतर्फ शिक्षा भट्टराईले उपाधि जितेकी छन् । विद्यालयले यस वर्षदेखि अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘प्रतिभा प्रोत्साहन र अवसरका लागि राष्ट्रिय मावि आइडल’ प्रतियोगिता सञ्चालन गरेकोमा शुक्रबार भएको अन्तिम फाइनलमा दर्शकको भोटका आधारमा नृत्यतर्फ पाँच जनालाई पछि पार्दै अस्मिताले उपाधि जितेकी हुन् । उनले ट्रफि र नगद पाँच हजार रुपैयाँ प्राप्त गरिन् । नृत्यतर्फ

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • ४५७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]