इटहरी । ताप्लेजुङमा भालुको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुकी ३५ वर्षीया उर्मिला खरेल जङ्गली भालुको आक्रमणबाट घाइते हुनुभएको हो । सामुदायिक वन उपभोक्ता महासङ्घका पालिका अध्यक्ष शिव अधिकारीका अनुसार मङ्गलबार दिउँसो करिब १ बजे खरेललाई भालुले घरमै आक्रमण गरेको हो । आक्रमणबाट घाइते हुनु भएका खरेलको दाहिने खुट्टा, दाहिने हात र अनुहारमा चोट लागेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । घर नजिकै जङ्गल रहेको र सोही जङ्गलबाट घरमा आएर आक्रमण गरेको स्थानीयको भनाइ छ । भालुलाई नियन्त्रणमा लिनका लागि डिभिजन वन कार्यालय ताप्लेजुङको टीम सम
इटहरी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा उपचार सेवा थप विस्तार गरी प्रभावकारी रुपमा सेवा सञ्चालन हुँदै आएपछि धनकुटामा आयुर्वेद उपचार पद्धती लोकप्रिय बन्दै गएको छ । आयुर्वेद उपचार प्रद्धती नयाँ नयाँ प्रविधिका कारण सेवाग्राहीले बिर्सदै गएको समयमा धनकुटामा भने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले थप सेवाहरु विस्तार गरी नयाँ नयाँ आयुर्वेदसम्बन्धी उपचार विधि अपनाउन थालेपछि जिल्लाका सेवाग्राहीहरुमा आयुर्वेद उपचार पद्धती झनै लोकप्रिय र प्रभावकारी बन्दै गएको हो । दिनप्रतिदिन आयुुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा विभिन्न प्रकारका थप उपचार सेवाहरु विस्तार गरेपछि उपचार गर्न आउनेहरुको
इटहरी । पाँचथर प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम २ का २७ वर्षीय धनराज तुम्बापोलगायत रहेको प्रहरी नायब उपरीक्षक अनिष कुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार तुम्बापोले लागुऔषध कारोबार गर्ने गरेको गोप्य सूचनाका आधारमा खटेको प्रहरी टोलीले उनीसहित खरिद गर्न आएका चार जनालाई एकैसाथ पक्राउ गरेको हो । तुम्बापोका साथबाट १० ग्राम ५२ मिलिग्राम लागुऔषध (खैरो हेरोइन) समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पाँचै जनालाई पाँचथर जिल्ला अदालतमा बुझाएर १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको पाँचथर प्रहरीले जनाएको छ । पछिल्लो समय पाँचथर प्र
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८२ आयोजना गर्ने भएको छ। प्रतियोगिता मंसिर १८ देखि २० गतेसम्म चल्ने भएको आयोजकले जनाएको छ। प्रतियोगिता शारदा माध्यमिक विद्यालय, प्याउलीको खेलमैदानमा हुनेछ।आयोजकका अनुसार प्रतियोगिताको टिम दर्ता निःशुल्क राखिएको छ। खेललाई ‘मञ्जुश्री अनलाइन’ मार्फत प्रत्यक्ष प्रसारण (Live On) गरिएको छ।पुरस्कार राशी प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई प्रथम पुरस्कार रु. २ लाख ६६ हजार ६ सय ६६ द्वितीय पुरस्कार र २ लाख ,तृतीय पुरस्कार रु. १ लाख र सान्त्वना पुरस्कार रु. ३३ हजार ३ सय ३१ साथै व्यक्
सुनसरी | शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण तथा समुदाय–केन्द्रित सामाजिक रुपान्तरणका कार्यक्रममार्फत २५ वर्षदेखि सक्रिय ग्रामिण महिला उत्सुकता विकास मञ्च नेपाल (फरवार्ड नेपाल) ले निर्माण गरेको १०० वटा सुरक्षित आवास आज एक विशेष समारोहका बीच औपचारिक रूपमा हस्तान्तरण गरेको छ।अन्तर्राष्ट्रिय दातृ संस्था चूजी बुद्धिष्ट फाउण्डेसन को आर्थिक सहयोगमा सुनसरीका दुहवी नगरपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका तथा इनरुवा नगरपालिका क्षेत्रमा रहेका गरिब, विपन्न, दलित तथा मुसहर समुदायका भूमिहिन परिवारहरुको लागि यी घरहरू निर्माण गरिएको हो।१०० सुरक्षित आवास निर्माण सम्पन्न २०७८ कार्तिक १६ गते शिलान्यास गरिएको
भोजपुर | पर्याप्त जनशक्ति अभावका कारण भोजपुर अस्पतालमा रहेको विभिन्न अत्याधुनिक उपकरण प्रयोगमा आउन नसकेको जनाइएको छ। सदरमुकाम स्थित जिल्लाको एक मात्र सरकारी अस्पतालमा संघीय सरकारको करिब दुई करोड रुपैयाँ लागतमा सघन उपचार कक्ष (आइसियू) निर्माण गरिए पनि अझै सञ्चालनमा आउन सकेको छैन।अस्पतालका प्रमुख डा. पवित्रा श्रेष्ठका अनुसार पाँच वर्षअघि नै आइसियू कक्ष तयार भए पनि आवश्यक जनशक्ति अभावका कारण सेवा सुरू गर्न नसकिएको हो। उहाँले भनिन्, “पाँच वर्ष अगाडि नै आइसियू तयार भए पनि जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको छैन, करारमै पनि कर्मचारी राख्न नसकिएको अवस्था छ।”नागरिक समाजका संयोजक पर्शुराम तिवारीले दुर्ग
सुनसरी । महिनौँसम्म मेहनत, पसिना र जोखिमपूर्ण वातावरणमा काम गर्दा पनि पारिश्रमिक नपाएपछि पशुपति आइरन एण्ड स्टिल कम्पनीका मजदुरहरू आक्रोशित बनेका छन्। कम्पनीले निरन्तर उत्पादन गरिरहँदा आफूहरूले पाउनुपर्ने ज्याला रोकेपछि करिब ९० जनाभन्दा बढी नेपाली तथा भारतीय मजदुरहरूले फ्याक्ट्री गेटअगाडि धर्ना तथा विरोध प्रदर्शन गरेका छन्।मजदुरहरूको भनाइअनुसार, तातो आगो र १७०० भन्दा माथि टेम्प्रेचरमा १८ घण्टासम्म खटेर काम गर्दा हात–खुट्टा डढ्ने, स्वास्थ्यमा समस्या पर्नेजस्ता जोखिम थेगिरहे पनि पाउने ज्याला महिनौँदेखि रोकिएको छ। “हामीले दिन रात केही नसोची काम गर्यौँ, तर महिनौँदेखि ज्याला नपाउँदा परिवार चलाउनै न
इटहरी | इटहरी स्थित ब्रहमपुर सामुदायिक वन उपभोक्ता समूहले गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत ९ घर परिवारलाई खाट तथा फाइबर सिरक वितरण गरेको छ । चिसो मौसमका कारण अत्यन्त प्रभावित गरिब परिवारलाई समूहले पहिलो चरणमा न्यानो बनाउन खाट तथा फाइबर सिरक वितरण गरेको हो । समूहका अध्यक्ष मनोज तामाङले गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत ९ परिवारलाई एक थान सिरक र खाट प्रदान गरिएको बताए । यस्तै एक अत्यन्त गरिब परिवारलाई २५ केजीको चामल समेत हस्तान्तरण गरिएको छ । पहिलो चरणमा ७० हजार रुपैयाँ बढी मूल्यको सामान वितरण गरिएको अध्यक्ष तामाङले जानकारी दिए ।कार्यक्रमका प्रमुख अतिथि इटहरी वडा नं. १९ का वडाध्यक्ष श्रीनाराय
इटहरी। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुरुवातसँगै विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरमा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरुसँग लैङ्गिक हिंसाका विषयमा छलफल भएको हो । ओरेक नेपाल र तरङ्गिनी फाउन्डेसनको संयुक्त आयोजनामा क्याम्पसका मानविकी संकाय अन्तर्गत सामाजिक कार्य ९सोशल वर्क० विषयका विद्यार्थीहरूसँग कार्यक्रम गरिएको हो। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म ‘१६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियान’ अभियान संचालन हुने गरेको छ । यसको शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा संस्थाले गरिरहेका गतिविधि, लैङ
इटहरी। राहदानीमा जन्म मिति हेरफेर गरी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाका सरकारी कर्मचारी तथा राहदानी वाहकसहित १० जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगले इलाका प्रशासन कार्यालय, गौरीगञ्ज, झापामा विभिन्न व्यक्तिका राहदानी जारी गर्दा उमेर घटाउन–बढाउन अनलाइन रकम असुल गर्ने, विरोध गर्ने व्यक्तिको राहदानी ब्लक गरिदिने धम्की दिनेलगायतका गम्भीर अनियमितता भएको उजुरीका आधारमा अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा २०७९ जेठ १ देखि २०७९ असोज ३० सम्म झापाको गौरीगञ्जबाट जारी भएका राहदानीहरू अध्ययन गर्दा नागरिकता प्रमाणपत्रमा उल्लिखित जन्म मितिभन्दा फर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.