इटहरी । मोरङको रंगेली नगरपालिका–७ बसपार्कस्थित हुलाकी सडक खण्डमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
दिउँसो करिब १३स्०२ बजे मे ४ प ९०१२ नम्बरको मोटरसाइकल र बीआर ३८ टी ०२८० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मे ४ प ९०१२ नम्बरका चालक गम्भीर घाइते भएका थिए। दुर्घटनापछि तत्काल इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी नायब निरीक्षक राज कुमार भुजेलको कमाण्डमा खटिएको टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि रंगेली अस्पताल पुर्याएको थियो।
अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नामथर र ठेगाना हालसम्म खुल्न सकेको छैन। उनको उमेर अन्दाजी २५ देखि ३० वर्ष रहेको बताइएको छ। दुर्घटनामा संलग्न दुवै मोटरसाइकल तथा बीआर ३८ टी ०२८० नम्बरका चालक रंगेली नगरपालिका–५ बस्ने २६ वर्षीय शनि शर्मा प्रहरी नियन्त्रणमा रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


