समाज

    Showing २,६७१-२,६८० of ९,३५९ items.
  • मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार

    इटहरी । सङ्खुवासभाको मकालु गाउँपालिका–२स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  प्रतिकूल मौसमका र हिमपातका कारण मकालु–२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको छ दिनपछि आइतबार बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए । उद्धार गरिएका नोभासलाई सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ दिङ्बोचेतर्फ लगिएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए । मकालु आधार शिविर क्षेत्रमा करिब ७० जना विदेशी पर्यटक र करिब ६० जना नेपाली प

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • २३० पटक पढिएको
  • भोजपुर नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट

    इटहरी । स्थानीय तह र मातहतका स्वास्थ्य संस्थाहरूबाट सम्पादित स्वास्थ्यका कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षामा प्रगति मूल्याङ्कन गर्दा जिल्लाका नौ वटा स्थानीय तहमध्ये भोजपुर नगरपालिका जिल्लाकै पहिलो भएको छ । नगरपालिकाले ७७ दशमलव २२ अङ्कसहित प्रथम स्थान हासिल गरेको छ । भोजपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गर्भवती तथा सुत्केरी स्याहार एवं पोषण कार्यक्रम, बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्ग, किशोर किशोरी लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाको सबै वडामा स्वास्थ्य उपचार केन्द्र, आवश्यक उपकरण, औषधि, स्वास्थ्यकर्मी, स्वास्थ्य शिविर, लक्षित समुदाय तथा व्यक्तिहरूला

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • १३५ पटक पढिएको
  • तीन दिनदेखि अवरुद्ध तमोर करिडोर खुल्यो

    इटहरी । कात्तिक १३ गतेदेखि अवरुद्ध तमोर करिडोर सञ्चालनमा आएको छ । यो सडक खण्ड अन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा आएको बाढीले सडक बिगारेपछि यो सडक कात्तिक १३ गतेदेखि अवरुद्ध थियो । निरन्तरको प्रयासपछि तमोर करिडोर आयोजनाले यो सडक दिउँसो १२ बजे खुलाएको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रमुख अनिष कर्णले जानकारी  दिनुभयो । आइतबार बिहानैदेखि यस सडक खण्डमा पर्ने धनकुटा र पाँचथरको सीमावर्ती नावा खोलामा स्कावेटर परिचालन गरिएको थियो । तमोर करिडोरको अवरोध हटाइएसँगै ताप्लेजुङ र पाँचथरतर्फ रोकिएका सवारी र इन्धनवाहक गाडी गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • ३०९ पटक पढिएको
  • पाँचथरका मुख्य तीन सडक अवरुद्ध

    इटहरी । कात्तिक १३ गतेदेखि भइरहेको वर्षाका कारण आएको बाढीपहिरोले पाँचथरका मुख्य तीनवटा सडक अवरोध भएको छ । निरन्तर पानी परिरहेकाले सडक अवरोध हटाउन कठिनाइ भइरहेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । जिल्लाका तमोर करिडोरसँगै फिदिम फालौट र राँके –रवि –भेडेटार खण्ड तीन दिनदेखि बन्द छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख ९डिएसपी० अनिषकुमार कर्णका अनुसार फिदिम फालौट खण्डको फिदिम ११ र १ को मध्यभागमा रहेको फेमेखोला, तमोर करिडोरको धनकुटा पाँचथरलाई जोड्ने नावा खोलासँगै र राके रवि भेडेटार खण्ड मिक्लाजुङ क्षेत्रमा अवरोध कायम छ । मिक्लाजुङमा गएको पहिरोले राँके रवि भेडेटार खण्ड शुक्रबार साँझदेख

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • ३१० पटक पढिएको
  • भोजपुरको देउराली उद्यान आकर्षकस्थल

    इटहरी । देउरालीमा निर्माण गरिएको उद्यान ९पार्क० अहिले जिल्लामा आउने आगन्तुकका लागि मन रमाउने सुन्दर स्थल बनेको छ । स्थानीय युवाको सक्रियता र सामूहिक प्रयासका कारण यो स्थान अहिले जिल्लाको नयाँ पहिचान बन्दै गएको छ । यस उद्यानको संरक्षण र सरसफाइमा बिहानी फुटबल क्लबका युवाहरूको निरन्तर योगदान रहेको सचिव रिपेश भुजेलले जानकारी दिनुभयो । युवाहरूले राष्ट्रिय झण्डा, फूलका गमला र बस्नका लागि फलैँचा निर्माण गरेर उद्यानलाई आकर्षक र व्यवस्थित बनाएका छन् । उद्यानको प्रवेश भागमा खुकुरीको प्रतिमा स्थापनाले यहाँ आउने आगन्तुकको ध्यान झन् बढी तान्ने गरेको छ । यहाँ भोजपुर नगरपालिकाले खुकुरीको प्रतिमा निर्माण गरेक

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • ३५८ पटक पढिएको
  • सिमान्तकृत आठपहरिया जातिको ठुलो चाड वडाङ्मेट सुरु

    इटहरी। धनकुटा नगरपालिका क्षेत्रमा मुख्य बसोबास रहेको सिमान्तकृत आठपहरिया जातिको मुख्य चाड वडाङ्मी ९मङ्सिरे० सुरु भएको छ । आठपहरिया जातिको मुख्य चाडको रूपमा रहेको वडाङ्मेट बिहीबार आठपहरियाको ठुलो घर अर्थात ५२ चुले घरमा माङ्लाङ् उठाएपछि चाड सुरु भएको आठपहरीयाका पुजारी उमेश राइले जानकारी दिनुभयो । जसअन्तर्गत उनीहरु आइतबार धनकुटाबाट बराह क्षेत्रतर्फ प्रस्थान गरेका छन् । पैदल यात्रामार्फत उनिहरु दुइ दिन लगाएर बराहक्षेत्र पुग्ने गरेका छन् । आज सिमालीवासमा बास बसी सोमबार बराहक्षेत्र पुगेर कोकाहा खोलामा कपाल दाह्री खौरिएर स्नान गरेर बराह भगवानको दर्शन गरेर सोही ठाउँमा बास बस्रे र मङ्गलबार देउता लिएर फ

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • ३१६ पटक पढिएको
  • जेनजी आन्दोलनका कारण रोकिएका सवारी–लाइसेन्स जरिवाना मिनाहा हुने

    इटहरी । कोशी प्रदेशमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण नवीकरण हुन नसकेका सवारी र चालक अनुमतिपत्र ९लाइसेन्स० सम्बन्धी जरिवाना मिनाहा गरिने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले आइतबारको मन्त्रिपरिषद्को बैठकका निर्णयका बारेमा जानकारी दिँदै सेवा पुनः सुचारु नहुनेसम्मको अवधिलाई ‘शून्य समय’ मानेर जरिवाना नलाग्ने व्यवस्था गरिएको बताउनुभएको हो । उहाँका अनुसार इटहरी सवारी तथा यातायात कार्यालय र बिर्तामोड कार्यालय बाहेकका प्रदेशका सबै यातायात कार्यालयहरूले सोमबार कात्तिक १७ गते देखि सवारीसाधनसम्बन्धी सेवा सञ्चालन गर्ने भएका छन् । इटहरी र बिर्तामोडमा भने आन्दोलनका क्

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • २४६ पटक पढिएको
  • तेह्रथुममा अविरल वर्षाले किसानको बाली नष्ट, स्थानीय अर्थतन्त्र सङ्कटमा

    इटहरी । चार दिनदेखि लगातार परिरहेको अविरल वर्षाले तेह्रथुम जिल्लाका किसानहरूलाई ठुलो मार परेको छ । निरन्तरको वर्षातका कारण खेतमा लगाइएका धान, कोदो, मकै, तरकारीदेखि फलफूलसम्मका अधिकांश बालीहरू ढलेर नष्ट भएका छन् । खेतबारी जलमग्न बनेका छन् र केही स्थानमा पहिरो र बाढीले समेत खेतीयोग्य जमिन बगाएको स्थानीयहरूले बताएका छन् । तेह्रथुमका किसानहरूले वर्षभरिको परिश्रम र आशामा लगाएको बाली अहिले वर्षाको कारण तहसनहस भएको छ । जिल्लाका अधिकांश गाउँहरू—म्याङलुङ, फेदाप, लालीगुराँस, छथर, मेन्छ्यायेम, आठराईलगायतका क्षेत्रमा निरन्तरको वर्षाका कारण किसानहरूको अनुहारमा निराशा र चिन्ता झल्किएको छ । गत असारमा रोपाइँक

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • १६४ पटक पढिएको
  • महाधिवेशनको मोडमा काँग्रेस : आत्मपरीक्षण कि पतन ?

    ✍️ विश्व प्रकाश तिम्सिना (शर्मा)नेपाली कांग्रेस युवा नेता१. काँग्रेसको आत्मा—विचार र आचरणमानेपाली कांग्रेस केवल एउटा पार्टी होइन—यो देशको राजनीतिक चेतनाको मेरुदण्ड हो। तर पछिल्ला दुई महाधिवेशनले देखाएको चित्रले काँग्रेसको आत्मा कमजोर हुँदै गएको संकेत गरेको छ।१३औं महाधिवेशनमा परिवर्तन र सुधारको उत्साह थियो, १४औं महाधिवेशनमा नयाँ पुस्ताको आगमन पनि भयो। तर आचरण र नियतमा सुधार ल्याउन नसक्दा त्यो उत्साह क्षणिक सावित भयो।विपीले भनेका थिए—> “लोकतन्त्र शासन प्रणाली होइन, जीवनशैली हो।”तर अहिलेको नेतृत्वले त्यो जीवनशैली बिर्सिएको छ—जहाँ पद स्वार्थका भरमा बाँडिन्छ, र विचार नारा बनेर हराउँछ।२. नेतृत्वक

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • ३०२ पटक पढिएको
  • धरानमा ‘द जेन् जी मोमेन्ट’ छलफल : स्वतन्त्रता र तर्कसंगत सोचको पक्षमा युवाहरूको आवाज

    धरान | धरानस्थित बगैँचा क्याफेमा शनिबार “द जेन् जी मोमेन्ट: द इकोनोमिक्स अफ पोलिटिक्स बुझ्दै” शीर्षकमा विशेष छलफल कार्यक्रम सम्पन्न भयो।दिउँसो १२ बजेदेखि साँझ ५:३० बजेसम्म चलेको कार्यक्रममा विद्यार्थी, युवाहरू र स्वतन्त्र सोच भएका सहभागीहरूले स्वतन्त्रता, शासन र अर्थतन्त्रबारे विचार आदान–प्रदान गरे। कार्यक्रम स्टुडेन्ट्स फर लिबर्टीको “द इकोनोमिक्स अफ पोलिटिक्स रिडर” पुस्तकबाट प्रेरित थियो।वक्ताहरूले “जेन् जी मोमेन्ट” लाई सोच्ने र बुझ्ने क्षणका रूपमा व्याख्या गर्दै मानिसले भावनाभन्दा तर्कका आधारमा निर्णय गर्न सक्ने अवस्थालाई यसको सार बताए। उनीहरूले राजनीतिक र आर्थिक निर्णयमा विवेकपूर्ण सोच र तथ

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • ३४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]