इटहरी । एकसाता अघि आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको हत्या भएको खुलेपछि अवस्था तनावग्रस्त बनेको छ । गत आइतबारदेखि हराइरहेका शर्माको शव शनिवार विहान झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्ग नजिकको बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला परेपछि घटनामा संलग्न रहेको आङ्शका गरिएका ब्याक्तिहरुको घर तथा भौतिक सम्पत्तिमा तोडफोड गर्न थालेपछि तनाव सिर्जना भएको हो । शर्माले चलाउँदै आएको बा १३ च ३८६४ नम्बरको कार मेचीनगर–१३ चारआली–भद्रपुर सडक नजिक हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा फेला परेको केहिदिनपछि शव अर्कैतिर फेला परेको घटना सार्व
सुनसरी । ‘मानव अस्तित्व, स्वास्थ्य र विकासका लागि वातावरण, जैव मण्डल र जैव विविधताको संरक्षण’ भन्ने नारासहित सन् २०२५ अक्टोबर १९ को बायोइथिक्स दिवस नेपालभरका मेडिकल कलेजहरूले विभिन्न चेतनामूलक र प्रतियोगितात्मक कार्यक्रमसहित मनाएका छन्। नेपाल एकाईका तर्फबाट आयोजित कार्यक्रमहरूको समापन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छ। नेपाल एकाईका प्रमुख तथा नेपालका लागि संयोजक प्रा।डा। धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी संकायका अनिशा गिरी र क्रिष्टिना राईले सञ्चालन गरेका थिए। प्रमुख वक्ताका रूपमा प्रा।डा। शाक्यले बायोइथिक्सको १७ औं सिद्धान्त यस वर्षको विषयसँग
इटहरी | नेपाल विद्यार्थी संघ सुनसरी जिल्ला कार्यसमितिका उपसभापति सेराज हुसेनमाथि भएको आक्रमणप्रति नेपाल तरुण दल जिल्ला कार्यसमिति सुनसरीले कडा आपत्ति जनाएको छ।तरुण दलका अनुसार कात्तिक १३ गते भोक्राहा नरसिंह गाउँपालिकामा भएको उक्त आक्रमण गम्भीर र अमानवीय कार्य हो। दलले यस घटनामा संलग्न सबै व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त घटनाको दोषीलाई उम्किन नदिई प्रचलित कानुन बमोजिम कारबाही गर्नुपर्ने हाम्रो जोडदार माग छ।”तरुण दलले घटनाको छानबिन निष्पक्ष र पारदर्शी र
काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी निर्माणमा योगदान दिएका सबै नेताहरूलाई पुनः एमालेको आन्दोलनमा समाहित हुन आह्वान गर्नुभएको छ । उहाँले पार्टी अध्यक्ष केपी ओलीद्वारा गरिएको एकताको आह्वानलाई ‘स्वागतयोग्य र समय सान्दर्भिक’ बताउँदै वाम आन्दोलनको सशक्त एकतालाई आजको राष्ट्रिय आवश्यकता र ऐतिहासिक जिम्मेवारीका रूपमा चित्रण गर्नुभएको छ ।सचिव भट्टराईका अनुसार जनताको बहुदलीय जनवाद (जबज) को मार्ग निर्देशनमा आधारित नेकपा एमालेले सिङ्गो वाम आन्दोलनलाई एकताबद्ध बनाउन निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘शान्तिपूर्ण,
इटहरी । न्यूनचापीय प्रणाली मोन्था चक्रवातको प्रभावका कारण भइरहेको वर्षाले पहाडी जिल्ला पाँचथरलाई विभिन्न स्थानसँग जोड्ने मुख्य सडक अवरुद्ध भएका छन्। मध्य पहाडी, मेची र तमोर करिडोरसँगै फिदिम फालौट सडकखण्ड बाढी र पहिरोका कारण ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिष कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार मध्य पहाडी राजमार्गको याङ्वरक–३, फिदिम फालौटखण्डको फिदिम–११ र १ को मध्यभागमा रहेको फेमेखोला, तमोर करिडोरको धनकुटा पाँचथरलाई जोड्ने नावा खोलाखण्ड शुक्रबार बिहानैदेखि अवरुद्ध भएका हुन्।
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच देखिएको समस्या वार्ता र संवादबाट टुङ्ग्याउन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज प्रेस विज्ञप्ति जारी गर्दै उद्योगहरुमा विद्युत् लाइन काटिँदा उत्पादन र रोजगारीमा असर परेकाले वार्ता र संवादमार्फत विद्युत् कटौतीसम्बन्धी समस्या यथा सक्य छिटो समाधान गर्न अनुरोध गर्नुभएको हो । यसै गरी उहाँले आर्थिक क्षेत्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेको अवस्थामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मुलुकको निजी उद्योग व्यवसाय, सुपरमार्केट, सञ्चार क्षेत्रमा आगजनी तथा तोडफोड भएसँगै लगानी
इटहरी । हिजो बिहानदेखि सुरु भएको वर्षाका कारण अवरुद्ध भएको मेची राजमार्गको राजदुवाली माइखोलास्थित खण्डलाई तत्कालका लागि सुचारु गरिएको छ । भोलि लोकसेवा आयोगको परीक्षा दिन जाने परीक्षार्थीहरुलाई सहज गराउन अहिलेदेखि भरे साँझ साढे पाँच बजेसम्मका लागि सडक एकतर्फी सुचारु गराइएको हो । पहिरो गएको र दबिएको स्थानमा ग्राभेल भरेर तत्कालका लागि सडक सुुचारु गराइएको हो । जिल्ला प्रशासन कार्यालय इलामले एक सुूचना जारी गरि साना तथा जीप र एम्बुलेन्सलाई मात्र भरे साढे पाँच बजेसम्म सञ्चालनका लागि खुल्ला गरिएको र बाँकी सवारीमा रोक लगाइएको जनाएको छ । सडक डिभिजन कार्यालय इलामले आज बिहानैदेखि सडक खुलाउने प्रयास
इटहरी । कुपोषित बालबालिकाको स्वास्थ्य पुनः स्थापना गर्दै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउन सहयोग पुर्याउने उद्देश्यले विराटनगरस्थित कोशी अस्पतालमा सञ्चालित पोषण पुनः स्थापना केन्द्र बालबालिकाको जीवनमा नयाँ आशा बोकेको केन्द्र बनेको छ । दश शय्या क्षमताको यो केन्द्रबाट स्थापना भएको उक्त केन्द्रबाट सयौँ कुपोषित बालबालिकाले उपचार पाएर स्वस्थ जीवन फर्किएका छन् । यस केन्द्रले कोशी प्रदेशका विशेषगरी मोरङ, सुनसरी, झापा, सोलुखुम्बुलगायत जिल्लाबाट आएका कुपोषित बालबालिकालाई बर्सेनि सेवा दिँदै आएको छ । विसं २००४ मा सरकारले सञ्चालन गरेको यस कोशी अस्पताल पुनः स्थापना केन्द्रबाट एक हजार ८७२ कु
इटहरी । निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पुर्याएको छ । थन्काउनका लागि काटिएको धान खेतमा नै कुहिन थालेपछि किसान आर्थिक तथा मानसिक दुवै सङ्कटमा परेका हुन् । नकाटिएको धान पनि लडेका कारण किसान थप चिन्तामा परेका छन् । बर्सातले किसानलाई धेरै ठूलो क्षति पुर्याएको पौवादुङ(२ का किसान राजन ढकालले बताउनुभयो । धान थन्काउने मुख्य याममा भएको निरन्तरको बर्सातले किसान समस्यामा परेको उहाँको भनाइ छ । ढकालका अनुसार बर्सातले धान मात्र होइन, पशुचौपायाका लागि राखिने पराल पनि बिग्रँदै गएको छ । किसानको वर्षभरिको मेहनत बर्सातले सखाप पारिदिएको स्थानीय किसान रुपनारायण फुयाँलले बताउनुभयो
इटहरी । मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ । अभिलेख अनुसार सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ । मोन्था चक्रवातको असर अहिले मधेश प्रदेश र कोशी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभयो । यद्यपि बागमतीलगायत प्रदेशमा पनि असर रहँदा बदली र वर्षा भइरहेको छ । उहाँका अनुसार यो भारी वर्षा हो । दुई सय मिलिमिटर वर्षा नाघेमा अति धेरै भारी वर्षाको सूचीमा राखिन्छ । सूचना अधिकारी कायस्थका अनुसार पछिल्लो २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा भएको छ । झापा र उदयपुर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.