समाज

    Showing २,७४१-२,७५० of ९,३५९ items.
  • डा. गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा

    इटहरी । डा. गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले नेपाल लिबरल पार्टी गठनको घोषणा गर्नुभएको हो । आमनागरिकको व्यक्तिगत स्वतन्त्रता र आर्थिक सुधार गर्ने पार्टीको मुख्य लक्ष्य रहेको उहाले बताउनुभयो । उहाले बेरोजगारीबाट मुक्त गर्न, तत्काल न्यायको प्रत्याभूति दिन, कानुनी शासन बहाल गर्न र आर्थिक उदारवादमार्फत आर्थिक समृद्धि हासिल पार्टी गठन गरिएको उल्लेख गर्नुभयो । उदारवादी अर्थव्यवस्था, पारस्परिक सम्मान, उत्तरदायी प्रशासन, बजार विनियमन, आधुनिकीकरण, नैतिक राजनीति र विश्वव्यापीकरणको व्यावहारिक प्रयोगको नीति पार्टीको

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ४३४ पटक पढिएको
  • हतुवागढी–९ हलेदेटारमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगित सुरु

    इटहरी । भोजपुरको हलेदेटारमा प्रथम पटक साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । यु ई वा युवा क्लबद्वारा आयोजित उक्त प्रतियोगिता आइतबार हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राईले जिल्लाकै होचो भुभागमा आयोजित प्रतियोगिताले गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्नुका साथै अन्तर जिल्लाका खेलाडीहरु बीच सामिप्यता कायम राख्ने बताउनु भयो । हतुवागढी गाउँपालिका वडा नम्बर  ९ स्थित हलेदेटार खेलमैदानमा हुने उक्त प्रतियोगितामा आयोजक सहित २६ समुहको सहभागिता रहेको छ । प्रतियोगिता कार्तिक १३ गते सम्म सञ्चालन

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • २३७ पटक पढिएको
  • एमालेमाथि लागेका भ्रष्टाचारका आरोप प्रमाणसहित सिद्ध गर्न चुनौती

    इटहरी । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका नेताहरु जोडिएको भए छानविन गर्न सरकारलाई चूनौति दिनुभएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमालेका नेताहरुमाथि लाग्ने गरेको आरोप गिरीबन्धुदेखि ओम्नीसम्म छानविन गर्न सरकारलाई चूनौति दिनुभएको हो । पोखरेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको टीओआर निर्वाचनमात्रै रहेको बताउनुभयो । सबैभन्दा बढी पपुलर मत पाएका नेता (केपी शर्मा ओली) लाई स्थान हद गरेर निष्पक्ष निर्वाचन हुन्छ भन्ने कुराको विश्वास गर्न नसकिने उहाले बताउनुभयो ।उहाले&nb

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • २१५ पटक पढिएको
  • जेन–जी आन्दोलनले ठोस उपलब्धी ल्याउन सकेन, माओवादी नेता हितबहादुर तामाङको भनाई

    इटहरी । नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिराखेको बताउनुभएको छ । मंगलबार रिपोटर्स क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा तामाङले जेनजी आन्दोलन पनि अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिराखेको बताउनुभएको हो । उहाले ६ महिनाभित्र निर्वाचन गर्ने भनेर मिति तोकिएर बनेको अन्तरिम सरकारले निर्वाचन हुन्छ या हुँदैन भन्ने अनिश्चयको स्थिति कायमै रहेको बताउनुभयो । जेन–जी आन्दोलन छोटो समयमा भए पनि यसको उपलब्धी खासै नरहेको उहाको भनाइ छ । उहाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको ठाउँमा अहिले सुशीला कार्की प्रधानमन्त्री बनेर आउनेभन्दा अर्को उपलब्धी

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • २०२ पटक पढिएको
  • झापामा बस दुर्घटना हुँदा चालकसहित १९ जना यात्रु घाइते

    इटहरी । झापामा मङ्गलबार बिहान बस दुर्घटना हुँदा चालकसहित १९ जना यात्रु घाइते भएका छन् । शिवसताक्षी नगरपालिका वडा नं। १० माईधार चौकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको रात्री बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार रामेछापको मन्थलीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको रात्री बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँएर दुर्घटना भएको हो । बसमा २५ यात्रु सवार रहेकोमा १९ जना घाइते भएका र उनिहरुलाई तत्काल उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको छ । खड्काका अनुसार बस चालक ३९ वर्षीय राजु भुजेलसहित घाइतेहरुको बिर्तासि

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ३०५ पटक पढिएको
  • उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न

     इटहरी । सुनसरीको इनरुवासहितका विभिन्न स्थानमा हर्षोल्लासका साथ उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न भएको छ । शनिबार नुहाएर खाएपछि सुरु भएको आस्थाको पर्व मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै हर्षोल्लासका साथ छठपर्व सम्पन्न भएको हो । यस छठ पर्वको चौथो दिन मङ्गलबार बिहान इनरुवाका विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न भएको जनाएको छ । सुनसरीको इनरुवा नगरपालिका १ र ५ बलाहा नहर घाट, इनरुवा २ राजाजी घाट, ३ र ६ मधेशा, इनरुवा ९ बबिया, १० जल्पापुरसहितको शङ्करपुर शाखा नहर घाटसहितको २०० बढी स्थानका घाटमा दुई लाखभन्दा बढीले हर्षोल्लासका साथ छठपर्व सम्पन्न गरेका छ

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ३१९ पटक पढिएको
  • आधारभूत सेवा ठप्प हुँदा सर्वसाधारणलाई सास्ती

    इटहरी । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा स्वास्थ्य उपचारलगायतका आधारभूत सेवा ठप्प हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । वडा नम्बर २ र ५ का ४ वटा स्वास्थ्य संस्था हप्तौंदेखि बन्द हुँदा सर्वसाधारणले उपचार र सिटामोलसमेत खान नपाएको स्थानीय कमला लिम्बूले बताउनुभयो । स्वास्थ्य चौकीमा रगत दिसापिसाब जाँच्ने प्रयोगशाला र बर्थिङ सेन्टरमा २४ घण्टे अनमीको अभाव छ । यसैगरी, पालिकामा सूचना प्रविधि, पञ्जीकरण, रोजगार, राजस्व, फोहोरमैला व्यवस्थापनलगायतका काम सुचारू हुन सकेको छैन । उल्लेखित वडाहरूमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सरकारले सामुदायिक विद्यालयहरूका करार र ज्यालादारी, अस्थायी

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • २६९ पटक पढिएको
  • ताप्लेजुङमा मौसमी जोखिमबाट सुरक्षित रहन सबै नागरिकलाई आग्रह

    इटहरी । स्थानीय प्रशासनले हिमाली जिल्ला ताप्लेजुङमा मौसमी जोखिमबाट सुरक्षित रहन सबै नागरिकलाई आग्रह गरेको छ । वर्षा र हिमपातजन्य विपदमा परी ज्यानसमेत जान सक्ने भएकाले स्थानीय प्रशासनले उक्त जोखिमबाट सुरक्षित रहन सबैलाई आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले मङ्गलबार बिहान सूचना प्रकाशित गर्नुहुँदै हिमपातजन्य मौसमी जोखिमबाट सुरक्षित रहन सबै नागरिकलाई आग्रह गर्नुभएको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनअनुसार बुधबारसम्म विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख गरेकाले जोखिमबाट सतर्कता अपनाउनुपर्ने प्रजिअ सेढाइँले सूचनामा जनाउनुभएको छ । कञ्चनजङ्घा हिम

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • १९७ पटक पढिएको
  • मुलुकको व्यवस्था र आफ्नो अस्तित्व जोगाउन तरुण दल अब सडकमा उत्रने : अध्यक्ष विद्वान गुरुङ

    काठमाडौं । नेपाली कांग्रेससँग आबद्ध युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ।सोमबार स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा तरुण दलका अध्यक्ष विद्वान गुरुङले मुलुकको वर्तमान व्यवस्था जोगाउन र संगठनको अस्तित्व रक्षा गर्न अब चुप लागेर बस्न नसक्ने बताए।उनले हालका राजनीतिक गतिविधिहरूले तरुण दलको अस्तित्वमाथि नै चुनौती उत्पन्न गरेको आरोप लगाउँदै आफ्ना नेता तथा कार्यकर्तालाई सडक संघर्षका लागि तयारी अवस्थामा रहन निर्देशन दिए।“हामी चुप लागेर बसेर मात्र मुलुकमा शान्ति हुँदैन। यदि यो मुलुकको व्यवस्था र हाम्रो अस्तित्व जोगाउने हो भने अब सडकमा भिड्नुपर्छ। अर्को विक

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ७२८ पटक पढिएको
  • पार्टी एकताबद्ध रूपमा अघि बढ्ने,कार्यवाहक सभापति खड्का

    इटहरी । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधानको रक्षा, परिवर्तनको रक्षा र जनताको अधिकारको रक्षाको लागि पार्टी एकताबद्ध भएर अघि बढ्ने बताउनुभएको छ । सोमबार तरुण दलको स्थापना दिवसको अवसरमा कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा खड्काले विगतमा भएका कमि कमजोरीहरुलाई स्वीकार गर्दै अव पार्टी एकताबद्ध भएर अघि बढ्ने बताउनुभएको हो । अहिले मुलुक अप्ठेरो अवस्थामा रहेकाले विगतको इतिहासको कालखण्ड जस्तै अहिले पनि देश र जनताले काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको उहाले बताउनुभयो । खड्काले पार्टीमा प्रस्तुत भएको विशेष महाधिवेशनको प्रस्तावलाई नियमित महाधिवेशनको सीमाभि

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • २६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]