इटहरी। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १९ वर्षीय युवक पक्राउ परेका छन् ।उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ डाँडावारी बस्ने १९ वर्षीय अनिल विश्वकर्मालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।