इटहरी। ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोसी खाँदबारी नगरपालिका –८ का २७ वर्षीय विशाल विश्वकर्मा ९बिबेक० लाई संखुवासभामा प्रहरीले पक्राउ गरेको छ । उनी गत भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए । फरारपछि विश्वकर्मा लामो समयदेखि लुकीछिपी बस्दैआएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको विशेष टोलीले आइतबार उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीका अनुसार विश्वकर्मालाई खाँदबारी बजार क्षेत्रबाट करिब डेढ किलोमिटर टाढा पक्राउ गरिएको हो । फरार कैदीला
सुनसरी | सुनसरीको बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप २०८२ को उपाधी आयोजक प्रकासपुर भेट्रान्स फुटबल क्लबले हात पार्न सफल भएको छ । फाइनल खेल " जनता भेट्रान्स फुटबल भर्सेस प्रकासपुर भेट्रान्स फुटबल क्लब बिच भएको थियो । फाईनल खेल मा आयोजक प्रकासपुर भेट्रान्स फुटबल क्लब को २ गोल र र जनता भेट्रान्स फुटबल क्लब को शुन्यका बिच प्रकासपुर भेट्रान्स फुटबल क्लब ले जित हासिल गरेकाे हो । खेलमा दुबै टिम जितको अभिलाषा लिएर उत्रेको खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । प्रतिस्पर्धात्मक रहेको खेलमा जनता भेट्रान्स फुटबल क्लब ले पटक पटक पाएको अवसर गुमाउन पुगेपछि उपबिजेता बनेकाे हो।जसले गर्छ, उसको आयुस
भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नं ८, गोगनेमा आयोजित खुल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको समापन भएको छ ।असोज ३० गते दखि सुरू भएको प्रतियोगिता कात्तिक १ गते समापन भएको थियो । प्रतियोगितामा रामप्रसाद राई गाउँपालिका वडा नं ५ मानेभञ्ज्याङले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ । मानेभञ्ज्याङले उपाधिसँगै ४१ हजार १११ रुपैयाँ पुरस्कार राशी प्राप्त गरेको हो ।त्यसैगरी, रामप्रसाद राई गाउँपालिका वडा नं ७ वसिखोराले दोस्रो स्थान प्राप्त गर्दै २५ हजार ५५५ रुपैयाँ, र वडा नं ४ दलगाउँले तेस्रो स्थान प्राप्त गर्दै १५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।कार्यक्रमको उद्घाटन
इटहरी । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन गर्नुपर्ने अडान कायमै राखेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनलाई ढकेल्न खोजेको आशंका समेत गरेका छन् । वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नतर्फ उद्धत देखिएको उनीहरुको आरोप छ । कांग्रेस नेता गुरु घिमिरेले विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरूमा निहित रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने छुट कसैलाई नभएको बताउनुभयो । प्रतिनिधि
इटहरी । विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खोरेजीको माग गरेको छ । नेकपाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनपछि बनेको सरकार आन्दोलन, बिद्रोह र निकासको आवश्यकतासंग मेल नखाने र यसका कारण आगामी दिनमा अर्को संघर्ष र विद्रोह सृजना हुने देखिएकाले अन्तरिम सरकार खोरेज हुनुपर्ने माग राखेको हो । पत्रकार सम्मेलनमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले वर्तमान सरकारलाई खारेज गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने बताउनुभयो । उहाले नयाँ बन्ने अन्तरिम सरकारले बिशेष परिस्थितिमा कार्यकारी अधिकारको प्रयोग गर्दै संविधान संशोधन गर्नुपर्नेम
इटहरी । सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले शान्तिसुरक्षा कायम गर्दै निर्वाचन गर्ने वातावरण बनाउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङलाई अघि बढाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत सुरक्षाको योजना कार्यान्वयन गराइने भन्दै उहाले प्रमुख जिल्ला अधिकारीको पहिलो प्राथमिकता नै निर्वाचन हुने जिकिर गर्नुभयो । जेनजी आन्दोलनपछि अझैपनि चार सय हतियार रिकभर हुन बाँकी रहेको अवस्थामा हतियार रिकभर गर्न बिशेष कार्यक्रम चलाउने उहाले बताउन
इटहरी । विद्रोही समूह हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा गरिएको छ । इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा जोशीलाई श्रद्धाञ्जली दिन नेपालीहरू भेला भेला भएका हुन् । इजरायली विदेश मन्त्रालयको घोषणाअनुरुप जोशीको शव नेपाल पठाउनुअघि विमानस्थलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको थियो । श्रद्धाञ्जली दिन विमानस्थल पुगेका इजरायलमा रहेका नेपालीहरूले भावविह्वल हुँदै पुष्पगुच्छा र खादा अर्पण गरेर जोशीलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । श्रद्धाञ्जली सभामा इजरायली
इटहरी । काग तिहारका अवसरमा कलाकार रमेश दुलालले काठमाडौंको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि काग सम्मेलन गर्नुभएको छ । आइतबार बिहानै दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गर्दै कागलाई आवाज दिनुभएको थियो । उहाँले कागको आवाज निकाल्नासाथ कागहरु वरिपरि जम्मा भएका थिए । दुलालले काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भएको जानकारी दिनुभयो । यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले काग सम्मेलन गरेको उहाले बताउनुभयो । काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन आगामी दिनमा निरन्तर रुपमा काग सम्मेलन गर्ने उहाको भनाइ छ ।
इटहरी । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइएको छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्र अनुसार आइतबार काग तिहार मनाइएको हो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको व
इटहरी । मोरङको सुन्दरहरैंचा – ३ गछियामा रहेको साथी कम्प्युटर लर्निङ सेन्टरले आफ्नै संस्थामा अध्ययनरत विद्यार्थीहरूबीच रोचक क्विज प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरण समूहगत र दोस्रो चरण व्यक्तिगत प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिएको थियो। समूहगत प्रतियोगितामा ६ वटा समूह सहभागी थिए, जसमा प्रत्येक समूहमा ३ जना विद्यार्थी रहेका थिए । पहिलो चरणमा समूहगत रूपमा प्रतिस्पर्धा हुँदा समूह सी प्रथम, समूह ई दोस्रो तथा समूह ए ले तेस्रो स्थान हासिल गर्न सफल भएको साथी कम्प्युटर लर्निङ सेन्टरका प्रमुख निरन्जन प्रसाद आचार्यले जानकारी दिनुभयो । विजेता समूह सी बाट प्रथ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.