समाज

    Showing २,८८१-२,८९० of ९,३६० items.
  • सगरमाथाको पहिलो सफल आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको निधन

    काठमाण्डौ । सगरमाथाको शिखरमा पहिलो मानव पाइला पुर्‍याउने अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको निधन भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ३ नाम्चेका शेर्पाको गएराति निधन भएको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । ९२ वर्षका शेर्पा केही महिनादेखि काठमाण्डौमा उपचाररत हुनुहन्थ्यो । सङ्घले मृतक शेर्पाप्रति श्रदाञ्जली दिँदै उहाँको जीवन साहस, धैर्यता र इतिहास निर्माण गर्ने योगदानको प्रतीक रहिररहने उल्लेख गरेको छ । सन् १९५३ को मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी विश्वको सर्वोच्च शिखर सगरमाथामाको शिखरमा पुग्नुभएको थियो । त्यस बेला आधार शिविरभन्दा माथि बाटो पहिल्

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ३८१ पटक पढिएको
  • झापाको गौरादह नगरपालिका–९, सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर तीन बालिकाको मृत्यु

    इटहरी । झापाको गौरादह नगरपालिका–९, सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन्। उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ।

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • २३६ पटक पढिएको
  • काठमाडौंबाट हराएको गाडी पाँचथरमा दुर्घटना

    इटहरी । काठमाडौंबाट असोज २४ गते हराएको गाडी बुधबार साँझ पाँचथरको हिलिहाङमा दुर्घटनामा परेको छ । दुर्घटनामा एक जनाको ज्यानसमेत गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बा ७ च ५४४९ नम्बरको उक्त पिकअप असोज २४ गते काठमाडौंबाट हराइरहेको थियो । सिन्धुपालचोक निवासी सुरेश श्रेष्ठको नाममा दर्ता भएको उक्त गाडी हराएसँगै सवारी धनी श्रेष्ठसमेत २५ गते कीर्तिपुरमा मृत अवस्थामा भेटिनुभएको थियो । सवारी धनीको हत्या भए पनि उक्त गाडीको अत्तोपत्तो नलागेपछि प्रहरीले खोजीका लागि देशभर सर्कुलर गरेको थियो । यसैबिच असोज २९ गते साँझ फिदिम आइपुगेको उ

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ३८१ पटक पढिएको
  • भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीमाथि निर्माणाधीन चुहार पक्की पुल पाँच वर्ष बितिसक्दा पनि बनेन

    इटहरी। भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीमाथि निर्माणाधीन चुहार पक्की पुल पाँच वर्ष बितिसक्दा पनि अपूरो छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७७ निर्माण सुरु गरिएको उक्त पुल हालसम्म पनि रोकिएको छ । कोशी प्रदेश सरकारले रु २१ करोड २३ लाख १२ हजार लागतमा कालिका–प्यासेफिक जेभीलाई पुल निर्माणको जिम्मा दिएको थियो । सुरुमा दुवैतर्फ पिलर निर्माण सुरु भए पनि कामले निरन्तरता नपाएर अधुरै छाडिएको हो । लामो समयदेखि अलपत्र बनेको पुल निर्माणमा ढिलाइ भएपछि भोजपुरका तीन स्थानीय तह रामप्रसादराई, हतुवागढी र आमचोक गाउँपालिकाले संयुक्त बैठक बसेर प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् । रामप्

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ३६० पटक पढिएको
  • सुनसरीको बर्जु गाउँपालिकाबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद

    इटहरी । सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ। गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि तस्करहरू गाडी छाडेर फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार राति बर्जु गाउँपालिका(३ स्थित खरी टोलमा प्रहरी चौकी अमडुवाबाट खटिएको गस्ती टोलीले शंकास्पद रूपमा रहेको एक बोलेरो गाडीलाई जाँच गर्न खोजेको थियो। तर, प्रहरीलाई देख्नासाथ गाडीमा सवार अपरिचित व्यक्तिहरू गाडी छाडेर अँध्यारोको फाइदा उठाउँदै भागेका थिए। प्रहरीले उक्त नम्बर नखुलेको बोलेरो गाडीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा १० वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा करिब ३ सय किलोग्राम गाँज

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • २९३ पटक पढिएको
  • इटहरीमा ‘नेपाली जुत्ता घर' सञ्चालनमा , नेपाली उत्पादनलाई प्रोत्साहन

    इटहरी । इटहरी वडा नम्बर ४ स्थित आइतबारेस्थित दुर्गा पार्टी प्यालेस नजिकै ‘नेपाली जुत्ता घर’ नामक नयाँ जुत्ता पसल सञ्चालनमा आएको छ। यही असोज २९ गतेदेखि शुभारम्भ गरिएको उक्त पसलमा नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरू सुलभ मूल्यमा उपलब्ध गराइएका छन्।‘नेपाली जुत्ता घर’ का सञ्चालक मातृका प्रसाद नेपालकाअनुसार उद्घाटनको अवसरमा विशेष छुटको व्यवस्था गरिएको छ। शुभारम्भ अफर अन्तर्गत बजार मूल्यभन्दा आधा सस्तोमा जुत्ता र चप्पल खरिद गर्न सकिने बताइएको छ। साथै, विभिन्न मोडलका जुत्ता चप्पलहरूमा १५ देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको छ।पसलमा बालबालिका, गृहिणी, युवायुवतीदेखि वृद्धवृद्धासम्मका लागि उपयुक्त नेप

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ३५८ पटक पढिएको
  • झापामा बाढीले ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट

    इटहरी ।  यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ । कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको रु पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिनुभयो । वर्षाका कारण कनकाई र विरिङ नदीमा आएको बाढीले सबैभन्दा बढी धान खेत बगाएको छ । बाढीले गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकाको पाँच हजार १२ दशमलव ६३ हेक्टर जमिनमा लगाएको कृषिजन्य वस्तु बगाएको प्रमुख विष्टले बताउनुभयो । उहाँले अन्य पालिकाको तुलनामा झापा गाउँपालिकामा धेरै क्षति भएको

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • २४३ पटक पढिएको
  • मोरङमा सादा पोसाकका घुमुवा प्रहरीको जिम्मेवारी खोसियो

    इटहरी । मोरङका विभिन्न स्थानमा परिचालित सादा पोसाकका प्रहरी (घुमुवा) को जिम्मेवारी खोसिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी युनिटमा लामो समयदेखि परिचालित घुमुवा प्रहरीको जिम्मेवारी खोसिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार इलाका प्रहरी कार्यालय नेमुवा दरबन्दी भई लामो समयदेखि जिप्रकाका लागि घुमुवाका रूपमा काम गर्दै आएका प्रहरी नायब निरीक्षक (प्रनानि) भुवन श्रेष्ठको जिम्मेवारी खोसेर उहाँलाई वडा प्रहरी कार्यालय विराटनगर पठाइएको छ । सादा पोसाक लगाएर घुमुवाको काम गर्दै आउनुभएका प्रनानि श्रेष्ठले अब प्रहरी युनिफर्म लगाएर

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ४,७७७ पटक पढिएको
  • कुशल मल्लको १००० रन पूरा

    काठमाडाै‌ । नेपाली ब्याटर कुशल मल्लले टी-२०आई क्रिकेटमा १००० रन पूरा गरेका छन् । ५९ खेलमा एक हजार रन पूरा गरेका हुन् । उनी एक हजार रन पूरा गर्ने पाँचौ नेपाली खेलाडी हुन् ।

    • प्रकाशित मितिः असोज २९, २०८२
    • २७४ पटक पढिएको
  • प्रकाशपुरमा भेट्रान्स कपको तेश्रो खेलमा नेता चोक टाईगर भेट्रान्स फुटबल क्लबको जित सेमिफाईनलमा प्रबेश

    सुनसरी | सुनसरीको बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता मा तेश्रो दिन को खेल मा  नेता चोक टाईगर भेट्रान्स फुटबल क्लबले जित हासिल गरेकाे छ । खेल दुबै टिमले एक एक गोल गरि पछि खेल टाइब्रेकरमा पुगेको थियो भने टाइब्रेकरमा ४-२ गोल गर्दै नेता चोक भेट्रान्स फुटबल क्लब सेमिफाइनल फाइनलमा प्रवेश गरेको छ। जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिता को तेश्रो दिन को खेल मा सभापति को रुपमा क्लबको अध्यक्ष स्याम कट्वाल रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा स्थानिय समाज सेवि रबिन कुमार घिमि

    • प्रकाशित मितिः असोज २९, २०८२
    • ५५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]