इटहरी । डा. अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ कविता सङ्ग्रह शनिवार लोकार्पण गरिएको छ । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रमबीच कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा विष्टले सम्झनाको तोरनमा टाँगिएका बा शीर्षकको कविता वाचन गरेपछि पुस्तकको लोकार्पण भएको घोषणा गरियो । पुस्तकभित्रबाट कविहरू सुदीप पाख्रिन, चन्द्र गुरुङ, करुणा राई, सविता फागो लिम्बू, श्रेया खड्काले एक–एक वटा कविता वाचन गर्नुभएको थियो । कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्द्रबहादुर तुम्बाहाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कवि टीका आत्रेय र दीपक न्यौपानेले किताबमाथि टिप्पणी गर्नु
इटहरी । महाकुलुङ गाउँपालिकामा जेन्जी आन्दोलनपछि पर्यटन प्रवद्र्धनलाई नयाँ ऊर्जा दिने उद्देश्यले “मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ू सम्बन्धी छलफल गरिएको छ । महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य कुलुङ, ट्रेकिङ एजेन्सीज् एसोसिएशन अफ नेपालका कोषाध्यक्ष लाक्पा शेर्पा सहितका पर्यटन व्यवसायीहरूको उपस्थितिमा सो छलफल भएको हो । संस्थातर्फबाट सचिव युवराज नाछिरिङ राई र सदस्य वीरबहादुर राईले विस्तृत प्रस्तुति दिनुभएको थियो । छलफलमा यही डिसेम्बरको अन्तिमतिर महाकुलुङमा “मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५” को भव्य समापन गर्ने तयारीबारे विचार–विमर्श गरिनुका साथै सप्तकोशीदेखि सगरमाथाको फेदीसम्म फैलिने “ग्रेटर मुन्दुम ट्
इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं.–९ मा रहेको बाल सदन एकेडेमीले दसैँको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयका बालबालिकाहरूलाई विभिन्न देवी–देवताको रुपमा प्रस्तुत गरी सांस्कृतिक झलक देखाइएको थियो । यसै क्रममा शिक्षक तथा विद्यार्थीहरूले टीका र जमरा ग्रहण गर्दै बडादशैंको शुभकामना आदान–प्रदान गरेका थिए । विद्यालयका प्रबन्ध निर्देशक तथा प्याब्सन नगर सचिव सुर्य दंगालले दशैं पर्वको महत्वबारे प्रकाश पार्दै यसले आपसी सम्बन्ध मजबुत बनाउने र संस्कृतिको संरक्षणमा योगदान पु¥याउने बताउनुभएको थियो । साथै, विद्यार्थीलाई दशैंको ऐतिहासिक, धार्मिक र सामाजिक महत्वबारे जानकार
इटहरी । सुनसरीको कोशी गाउँपालिका–७, केराबारीमा प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्गको दक्षिणपट्टि सडक छेउमा बेवारिसे अवस्थामा १८ बोरा गाँजा फेला पारेको हो। बरामद गरिएको गाँजाको तौल ६३७ किलो ४५ ग्राम भएको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइ थप अनुसन्धान भइरहेको छ।
इटहरी । जेनजी आन्दोलनका क्रममा गत २४ गते केन्द्रीय कारागार जगनाथदेवल, काठमाडौँबाट भागेका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन् । प्रहरीका अनुसार ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ दोखु बस्ने २७ वर्षीय ज्ञानु वाङ्देल भन्ने आयुष पालुङ्वा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार फुङ्लिङ नगरपालिका–६ स्थित साथीको घरमा लुकिछिपी बसेको अवस्थामा पालुङ्वालाई शनिबार पक्राउ गरिएको हो । जबरजस्ती करणी मुद्दामा आठ वर्ष छ महिना कैद सजाय तोकिएका पालुङ्वा जेनजी आन्दोलनका क्रममा भागेका थिए । यता पक्राउ परेका पालुङ्वामाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले जान
इटहरी । झण्डै १२ किलो लागुऔषध गाँजासहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार जिल्लाको उदयपुरगढी गाउँपालिका–७ कमानबाट ती महिलाहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिराहा जिल्ला लहान नगरपालिका– बस्ने ४० वर्षीया अस्मिता राम र वडा नं १७ बस्ने ४५ वर्षीया लिलादेवि राम रहेका छन् । बराबद ११।८५२ केजि लागुऔषध बिक्री गर्न लैजाँदै गर्दा बरामद गरिएको र यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक चापागाईले बताउनुभयो ।
इटहरी । हालै जेन्जी आन्दोलनका क्रममा विभिन्न अराजक तत्वहरूले घुसपैठ गरी देशका महत्वपूर्ण संरचना र निजी सम्पत्तिमाथि आगजनी गरेका छन् । सोही सिलसिलामा सुनसरी जिल्लाका विभिन्न स्थानमा गरिएको तोडफोड र आगलागीबाट ठूलो मात्रामा भौतिक क्षति भएको छ । घटनापछि नेकपा (एमाले) पोलिटब्युरो सदस्य भीम आचार्य, केन्द्रीय सदस्य भगवती चौधरी, कोशी प्रदेशसभा सदस्य रामदेव यादव, गढी गाउँपालिका अध्यक्ष आस नारायण चौधरी, बर्जु गाउँपालिका अध्यक्ष जिवछ राय, नेकपा एमाले जिल्ला कमिटीका सदस्यहरू, गढी गाउँपालिका अध्यक्ष दिपक चौधरी, बर्जु गाउँपालिका अध्यक्ष भिम भट्टराई लगायतका स्थानीय नेता, वडा अध्यक्ष, वडा कमिटीका प्रतिनिधि तथ
इटहरी । जुम्ला जिल्लाको सिन्जा क्षेत्र अन्तर्गत कनकासुन्दरी गाउँपालिकाका विभिन्न वडाबाट संकलन गरिएको करिब २५ सय क्वीन्टल अर्गानिक स्याउ हाल इटहरीमा बिक्रीका लागि ल्याइएको छ । अबर काफ्ले, युवराज काफ्ले, रम हमाल लगायतको टिमले निरन्तर चार देखि पाँच दिन सम्म ट्रक मार्फत ढुवानी गरी स्याउ इटहरी ल्याएका हुन् । इटहरी–६ दुर्गा पार्टी प्यालेस नजिक काफ्ले अर्गानिक सेन्टर मार्फत रेड डेलिसियस, रोयल डेलिसियस र जोनाथन जातका स्याउ बिक्री भइरहेको छ । विशेष गरी जुम्लाको अर्गानिक स्याउ कुनै पनि रासायनिक मल वा कीटनाशक बिना उत्पादन हुने भएकाले पूर्णतया प्राकृतिक र स्वास्थ्यवद्र्धक मानिन्छ । यसको मीठो स्वाद, रसिलोप
इटहरी । नेपाल पत्रकार महासंघ संखुवासभा शाखाले बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार सदरमुकाम खाँदबारीस्थित उद्योग वाणिज्य संघको हलमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुमन शाक्यले सबै नेपालीहरुलाई शुभकामना दिदै. जेनजीको माग अनुसार सुशासन कायम गर्न र भष्टाचारको अन्त्य गर्न लाग्नुपर्ने बताउनुभयो । मुलुकका राजनैतिक दलका नेता मात्रै होइन, कर्मचारीहरुका कारण पनि भष्टाचार बढेको उहाँले बताउनुभयो । त्यसैगरि खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले जेनजीले मुलुकको आवश्यकता अनुसारको माग उठाए
इटहरी । लेटाङ नगरपालिका–६ गुवाबारीमा शुक्रबार श्रमदान कार्यक्रम सम्पन्न भएको छ । श्रमदान कार्यक्रम देउजेमा भेला भई सो स्थानबाट खोला सम्म बाटो पुर्ने र बाटोको साइडमा रहेका झाडीहरू फाड्ने काम गरिएको हो । कार्यक्रममा स्थानीय श्रमदाताहरूको उल्लेखनीय उपस्थिति रहेको स्वतन्त्र नागरिक समाजका संयोजक भवानी माखिमले जानकारी दिनुभयो । संयोजक माखिमका अनुसार यस प्रकारका श्रमदानले गाउँठाउँ उज्यालो बनाउन र पूर्वाधार सुधारमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.